...

Friday 10th July 2026

सामाजिक सन्जाल किन असामाजिक बनेका?

मुक्ति ढकाल ,
नेपाली राजनीति का सदगी ब्यक्तित्व नेपाली काङ्ग्रेसका सभापति एबम पुर्ब प्रधानमन्त्री सुशील कोइरालाको राती १२:५० मा भएको असमायिक निधनको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ।

10393791_711473068961931_5585660622587063445_n-1?
नेपाली काङ्ग्रेस माहाअधिबेशनको सरगर्मी बढिरहेको बेला सभापति कोइरालाको निधनले सिङ्गो पार्टी र कार्यकर्तालाई निराश बनाएको छ।
संविधान निर्माण मा महत्त्वपूर्ण भुमिका खेलेका कोइराला को निधन पश्चात् नेपाल सरकार मन्त्रीपरिषद को आकस्मिक बैठक बसि कोइरालालाई राजकीय सम्मान सहित अन्त्यस्टि गरिनेछ भन्ने निर्णय स्वायगतयोग्य छ।
तर केही अनलाइन मिडिया हरुले पार्थिब शरीर सानेपा पुर्याइसकेपछी कोइराला टाउकोमा गम्भीर चोट, सिरकमा रगतको टाटा भेटियो, कोइराला को रहस्यमय मृत्यु भन्ने जस्ता भ्रमपुर्ण समाचार सम्प्रेषण गरेको देख्दा केही कुराहरू लेख्न मन लाग्यो।
एउटा सामान्य ब्यक्ति को रहस्यमय निधन भयो भने त अपराधीलाई उम्कन नदिने नेपाल प्रहरी संगठनले पुर्बप्रधानमन्त्री को रहस्यमय निधन भएको भए आफ्नो कार्यसम्पादन सम्पन्न नगरी लाशको अन्त्यस्ति गर्ने अनुमती दिदैन भन्ने मेरो बिश्वास छ।
विभिन्न रोगबाट ग्रसित कोइराला ले हिजो काठमाडौं काङ्ग्रेस को जिल्ला अधिबेशन को उत्घाटन कार्यक्रममा प्रमुख अथितिको रूपमा आमन्त्रण गरिएता पनि आफू अस्वस्थ रहेको भनी अस्वीकार गरेका थिए ।
यो कुराबाट पनि कोइराला को निधन रहस्यमय होईन भन्ने स्पष्ट आधार मान्न सकिन्छ।।
त्यसैले आजको यश दुखद घडीमा सामाजिक संजाल मा विभिन्न किसिमको तथ्यहिन कुराहरू लाई लिएर गालिगलैजा नगर्न, सस्तो लोकप्रियता कमाउने आशामा झुठो समाचार सम्प्रेषण नगर्न र अहिलेसम्म बाहिर आएका तथ्यहिन समाचार share गरेर भ्रम एबम बिकृती नफैलादिनहुन सम्पुर्ण तपाईंहरु प्रती हार्दिक आग्रह गर्दछु।
यो नै एउटा रास्ट्र नायक को निम्ति हामी सबैले दिने सच्चा श्रद्धाञ्जली हुनेछ।
काभ्रे

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...