...

Saturday 18th July 2026

‘महादेव हैन, उन्मत्त भैरवको खोजी’

शालिनदीको जात्रा…
12400538_1676888629254714_1188674051890251520_nबलराम प्यासी, ५ फागुन २०७२ । नेपालीमा एउटा उखान छ, पशुपतिको जात्रा सिद्राको व्यापार भन्ने । अर्थात पुण्य कमाउन पशुपतिनाथको दर्शन पनि गर्ने साथसाथै सिद्राको पनि व्यापार गर्ने । एक पन्थ दो काज हिन्दीको अर्काे उखानजस्तै । स्वस्थानी व्रतकथा सकिनु अघिको अन्तिम शनिबार साँखुको शालिनदीमा देखिएको दृष्य हो । माथिको उखान सार्थक पार्ने कुराजस्तै । शालिनदीको जात्रा, अंङ्ग प्रर्दशन गर्ने थलो भन्ने नयाँ उखान बन्लाजस्तो भयो त्यहाँको दृष्य देखेपछि । महाशिवरात्रीमा नागा बाबा देखिए जस्तै । हुनत नागाबाबा पुरै नांगा हुन्छन, तर शालिनदीमा महिलाहरु अर्धनग्न, तर पुरै नांगाजस्ता देखिन्थे ।
स्वस्थानी पुर्णिमा सकिनु अघिको अन्तिम शनिबार भएकोले एकाविहानैदेखि त्यहाँ जानेको संख्या सयौं हैन, हजारौं थियो भन्दा फरक पर्दैनथ्यो । उत्तरबाट दक्षिणतरि बग्दै गरेको शालीनदीमा बनाइएको चारकुने चौडा पोखरीमा डुबुल्की मार्नेहरुमध्ये आधाजसोको उदेश्य विशुद्ध धार्मिक आस्थासंग जोडिएको देखिन्थ्यो त आधाजसोको भने अंग प्रदर्शन गर्ने ।
नेपाली चलचित्रमा नायीकाले कथाले मागेजति देखाउने प्रण गरेजस्तै त्यहाँ डुबुल्की मार्ने अविवाहिता युवती देखि विवाहित महिलाहरु बढी थिए । हुन त त्यसै पोखरीमा संगैजसो नुहाउने पुरुषहरुको संख्या पनि थियो । तैपनि सयमा गन्ने हो भने पोखरीमा डुवुल्की मार्ने महिलाको संख्या ७५ र पुरुषको २५ थियो होला । हुन त श्रीस्वस्थानी व्रतकथा नै अविवाहिता युवतीहरुसंग सम्वन्धित छ, महादेवजस्तो याग्य वर पाऊँ भन्ने । तर त्यहाँ नुहाएर पुरुष दर्शनार्थीहरुतिर हेर्ने धेरैजसो विवाहित युवती र अधवैंशे महिलाहरुको शारीरिक हाउभाउ हेर्दा उनले महादेव वर पाइसकेको तर अझ उग्ररुपको भैरवजस्ता महादेवको खोजी गरेझैं लाग्थ्यो । लजालुहरु भने पोखरीमा ओर्लनेवित्तिकै लुगा फेर्न पालले बेरेको शिवीरतिर आफ्ना भिजेका कपडा च्याप्दै कुदिरहेका भेटिन्थे ।
पत्रकारभन्दा पनि स्वयमसेवकको भूमिका निभाउँदै गर्दा त्यस्ता दृष्यबाट म टाढा रहन सकेको थिइन, न त मसंगै भीड नियन्त्रण गर्न खटिएका ३० भन्दा बढी पुरुष प्रहरी, जो अधिकाँश विवाहित र अधवैंशे देखिन्थे । उनीहरु डुयटी पनि गर्दै नयन रस्वासदन गरिरहेका थिए ।
त्यतिमात्र नभई चलचित्रमा मात्रै नायीकाहरु जिउ टप्पै हुने गरि नुहाएका दृष्य हेर्दै आएका पुरुषहरु शालिनदीमा प्रत्यक्ष युवती र महिलाहरुले नुहाएको हेर्न लालायीत देखिन्थे । सबैको हातहातमा भएको मोवाइलले उनीहरु त्यो प्रत्यक्ष दृष्य खिचिरहेका थिए । भीडले आफ्नो गोडा अर्काेले किचोस कि थिचोस, उनीहरुलाई वाल मतलव थिएन । बरु उनीहरुको छड्के र कर्के आँखा १० मिटर पर बनाएको पोखरीको वीचमा पुगिसकेको देखिन्थ्यो । यही दृष्य हेर्न उनीहरु ३० किलोमिटरसम्मको दुरी तय गर्दै पुगेका थिए ।
मध्यान्हतिरको एउटा दृष्य देख्दा लाग्थ्यो यो चपली हाइटजस्तै अर्काे चलचित्रको लागि खिच्न लागिएको बाथ सिन थियो । करीव ३० वर्षकी जस्तो देखिने एउटी विवाहिता तर अतृप्तजस्ती देखिने महिला प्याजी रंगको पेटीकोट लगाएर पोखरीमा छिरेर निस्किँदा उनको शरीरमा कुनै कपडा थियो या थिएन, अन्दाज गर्ने गाहे भईरहेको थियो । लाग्थ्यो उनी त्यहाँँ साँच्चै महादेव हैन उन्मत्त भैरवको खोजी गर्दै थिइन् । पानीले भिजेर शरीरमा लपक्कै टाँसिएको मोटो शरीरमा छ्यांग छ्यांगती देखिने पेटीकोटले उनले (छोप्न खोजेको हैन) देखाउन खोजेको कुरा तलदेखि माथिसम्म प्रष्टै देखिन्थ्यो । पटकपटक पानीमा डुबुल्की लगाउँदै उनी पोखरीको पश्चिमतिर लामवद्ध भएका दर्शनार्थीहरुतिर हेर्दै एकछिन पानीमाथि आफ्नो त्यो भड्किलो र अतृप्तझैं लाग्ने शरीर देखाएर फेरी पानीभित्र छिर्थिन । उनको यो क्रम करीव १५ मिनेटसम्म चल्दा धेरै दर्शनार्थी पुरुषहरुले आफुहरुलाई सम्हाल्न निकै गाह्रो भएको देखिन्थ्यो ।
आफ्ना संवेशदनशील अंग छोप्न भित्रपटी अरु कुनै कपडा पनि नलगाईकन त्यहाँ नुहाउने धेरै युवती र महिलाको भित्री अंगका आकार, प्रकार र उमेर उनीहरको अनुहार नै नहेरी त्यहीँबाटै अनुमान लगाउन सक्ने अवस्था थियो । यस्ता कामुक र प्रायजसो नग्न जस्तैे दृष्य कहिल्यै कतै नदेखेका किशोरी र अन्य केहीलाई भने यस्ता दृष्य पचाउननिकै कठिन भईरहेको थियो । हुन त बुढाखाडाको बीचमा आफ्ना सुडौल शरीर देखाउँदै नुहाउने पुरुषहरु पनि पानीबाट नुहाएर निस्किँदा कतै उनीहरु पनि अश्लिल चलचित्रका लागि नायकको भूमिका खोजिरहेको जस्ता देखिन्थे । शिवरात्रीको बेलामा पशुपतिमा भारतबाट आएका नागाबाबाहरुको करामत झैं ।
मसंगै भीड नियन्त्रण गरिरहेकाकी अधवैंशे महिला प्रहरी यस्ता दृष्य हेर्दै पचाउन कठि भएछ कि क्या हो, भन्दै थिइन् ‘यी आइमाईहरुलाई पनि जहाँ जे गर्न हँदैन, त्यहाँ त्यही गर्छन । लोग्नेले पनि केही भन्दैन कि क्या हो ? यहाँ नुहाउँदैमा सबैले महादेवजस्तो योग्य वर पाउने भए किन राम्रो स्कुल र कलेजपढ्न पथ्र्याे ? सबैको माग ती योग्य महादेवले नै पुरा गरिहाल्थे नि । ’
ती महिला प्रहरीले भनेजस्तो कुन महिलाले पो मान्थे र ? प्रहरीको ड्युटीमा नभएको भए न तिनीपनि त्यसै पो गर्थिन कि ? मैले अनुमान गर्न भ्याँए । अनुमान गर्दैमा के विग्रिन्थ्यो ? जवकि लाइभ न्याकेट सिन देखिराखेको बेलामा । तैपनि परम्परादेखि चल्दै आएको धार्मिक आस्थाको कुरा, शालीनादीमा नुहाएपछि राम्र्रै हुन्छ भनेर नै त होलान नि तिनीहरुले यसरी नुहाएका । यो कथाको धार्मिक आस्थासंग जोडिएको शालीनदीमा करीव करीव नाँगैंजस्तो भएर नुहाउनेहरुको मनले चिताएको कुरा पाउने नपाउने आफ्नो ठाउँमा छ, तैपनि नुहाउने नाउँमा कमले देखाउँछन तर धेरैले निःशुल्क हेरेर मनोरञ्जन गर्दै आफ्नो मन शान्त पार्छन, यसरी नै महिना दिन लामो शालिनदीको जात्रा सकिन्छ । journalistpyasi@hotmail.com

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...