...

Saturday 11th July 2026

विश्व फूटबलका उदेकलाग्दा तथ्य वीच नेपाली फूटबल

फूटबल अवसर कि चुनौति

हरिशरण जमकटेल

हरिशरण जमकटेल

गोल अवसर र चुनौती दुवै हो । ९० मिनेटको खेलमा एउटा धेरै राम्रो खेलाडीको खुट्टाले बढीमा ४ मिनेट फुटबललाई छुन सकेको हुन्छ । त्यही ४ मिनेटको विचमा आउने अवसरलाई गोल गर्न खेलाडीलाई चुनौती हुन्छ । तर, गोल त्यस्तो विषय हो जहाँ अवसरभन्दा कैयौँ चुनौती हुन्छ र त्यही चुनौतीको सामना गर्दै अवसरलाई सदुपयोग गर्नु नै गोल हो ।

नेपालले साग अन्तर्गत फुटवलमा स्वर्ण जित्न २३ वर्ष लगायो । त्यस बिचमा नेपालले अवसर र चुनौती दुवैलाई चिन्न सकेन । फुटबलमा गोल गर्न आउने चुनौती मैदान भित्र मात्र होइन मैदान बाहिर पनि हुन्छ तर अवसर मैदानभित्र मात्र समित हुन्छ । सन् २००६ को विश्वकप फुटबलमा फ्रान्सका स्टार जिनेदिन जिदानलाई हेरे पुग्छ । जिदानले फाइनलसम्म फ्रान्सलाई जसरी चुनौतीको सामान गर्दै पुर्याए फाइनलमा इटलीका मार्को माटेराजीको चुनौतीलाई सामना गर्न नसक्दा मैदानै छोडेर जान पर्यो र फ्रान्सले खेल हार्न पुग्यो । त्यतिबेला जिदानले माटेराजीको मुखबाट निस्केको शब्दलाई चुनौती ठाने वा ठानेनन् तर अपमान ठानी त्यसको प्रतिकार यसरी गरे जुन रेसलिङमा रेसलरले गर्छ र फुटबलमा रेसलिङ निषेधित छ ।

धेरैले जिदानको सो कार्यलाई हिम्मत वा राष्ट्रप्रेमको उपमा समेत दिए तर मैदानभित्र पसेपछि कुनै पनि खेलाडीको गोल भनेको गोल गरी देशलाई वा टिमलाई जिताउनु हो त्यस बिचमा आउने कुनै पनि प्रकारको सेन्टीमेन्टलमा परेर गोल गर्ने गोल नै विर्सेर टाउकोले अर्काको छातीमा हान्ने कार्य त उही बिहे गर्न भनेर घरबाट निस्केको छोरोले छिमेकीको स्वास्नीले छिमेकीलाई कुटेको सम्झेर जग्गेबाट भाग्ने कला मात्र हो ।
Nepal national football team players and officials after their farewell programme in Lalitpur on Thursday. Photo: Naresh ShresthaTHTप्रसंग नेपालले साग गेममा २३ वर्षपछि फुटबलमा चिर परिचित भारतलाई भारतकै भुमिका हराएर स्वर्ण जितेर नेपालमा हामीले उत्सब मनाइरहँदा २३ वर्ष अगाडीको जित र अहिलेको जितको नालेबेली के हो त भन्ने हो । सन १९९३ मा बंगलादेशमा भएको साग खेलमा फुटबलमा नेपालले भारतलाइ हराएर स्वर्ण जितेको थियो ।

ओलम्पीक कमिटिको मान्यता पाएको दक्षिण एसियाली राष्ट्रहरु मात्र सम्मिलित हुने गर्छ साग खेलमा । जसअन्तर्गत ओलम्पीकले मान्यता दिने २३ वर्ष मुनिका खेलाडीहरुको रहेको टिमलाई ओलम्पीक टीम समेत भनिन्छ । जसमा २३ वर्ष माथीको थप ३ जना खेलाडी टीममा आवद्ध समेत गरि विभिन्न देशहरुमा छुट्टै ओलम्पीक टीम हुन्छ भने फुटबलको सर्वोच्च निकाय फिफाले मान्यता दिने राष्ट्रिय टिम पनि हुन्छ ।

सन १९९३ मा भएको साग खेलमा नेपालले कुनै पनि खेलमा स्वर्ण जित्न सकेको थिएन र सबै नेपालीहरुले फुटबलबाट धेरै आश गरेका थिए । राजु काजी शाक्यको कप्तानीमा नेपाली टोली फाइनलमा भारत विरुद्ध उत्रियो । खेलको पहिलो हाफमा भारतले नेपाली मिड तथा रक्षा पंक्तिको चुनौती पार गर्दै खेलको पहिलो हाफमा भारतले अवसरलाई सदुपयोग गरि अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफमा नेपालको लागि विशेष रह्यो । नेपालले पाएको कर्णरको सदुपयोग गर्दै कर्णरबाट हानेको बल भारतका डिफेन्डरले क्लियर गर्न नसक्दा गोल लाइन अगाडी पाएको बललाई नेपालका स्ट्राइकरले सदुपयोग गरि खेल १–१ को स्थितिमा पुर्याए । फेरी नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै भारतले अर्को गोल थप्यो र खेल २–१ को स्थितिमा पुग्यो । नेपाली खेलाडीलाई भारतका खेलाडीले फउल गरेपछी पाएको फ्री किकमा नेपालका खेलाडीले आर्कषक गोल गरे र खेल २–२ को स्थितिमा पुर्याए ।

९० मिनेटको समयमा बराबरी भएपछि थप ३० मिनेट खेलाइएको थियो । सो ३० मिनेटको अवधीमा दुवै पक्षले आक्रमण गरे त्यस विचमा भारतले एउटा यस्तो आक्रमण बुन्यो की त्यो निश्चित गोल जस्तै थियो । अफ साइड ट्रायप बिट गर्दै भारतको खेलाडीले अगाडी बढाएको बललाई गोलकीपर उपेन्द्रमान सिंहले गोललाइनको निकै बाहिर आएर भारतको खेलाडीलाई रोक्न खोजेपनि भारतका खेलाडीले छलाएर खाली पोष्टमा गोलको दिशा मात्र दिए पुग्थ्यो तर नेपाली डिफेन्डर बालगोपाल महर्जन यसरी कुुदेर सो बललाई बाहिर क्लिएर गरिदिएकी अहिले पनि त्यो क्षण हेर्दा साहसिक र प्रशंशनिय लाग्छ ।

थप ३० मिनेटमा पनि कुनै पनि टोलीले गोल गर्न नसकेपछि पेनाल्टी सुट आउटमा नेपालले जम्मा ५ प्रहारमा ४ गोल गर्न सक्यो भने भारतले ३ गोल मात्र गर्न सक्यो र समग्रमा नेपालले भारतलाई ५ को विरुद्ध ६ गोलले जिती फुटबलमाट मात्र एउटा स्वर्णपदक जित्यो । फुटबलमा टार्गेट भनेकै गोल गर्नु हो । गोल बाहेक अरु कुनै विषयको लागि फुटबल खेलिदैन केबल गोल गर्न भनेरै खेलिन्छ । जब गोल गर्न सकिदैन तब उपाधी दिलाउन सकिदैन भन्ने उदाहरण २३ वर्षसम्म नेपाली फुटबल उपाधि विहिन हुन पुगेको यर्थाथले पुष्टि गर्छ ।

सन २०१० सम्म ५ पटक सम्म आयोजना भएको साग गेममा नेपालले फुटबलमा स्वर्ण जित्न सकेन । सन १९९९ मा काठमाडौमा भएको साग गेम प्रतियोगितामा नेपाल फाइनलमा पुगेर पनि बंगलादेशको चुनौती पार गर्न नसक्दा स्वर्णबाट चुकेको थियो । सन १९९९ को फाइनल बंगालादेश विरुद्ध नेपालले खेल्दा बंगलादेशले १ गोल गरिसकेपछि बंगलादेशको पुरै टिमनै डिफेन्स लाइनमा आएर डिफेन्सीफ खेल खेल्योकी नेपालको गोलकीपरले समेत मिडफिल्डमा आएर मात्र बल छुने स्थिति सृजना भयो ।

बंगलादेशले नेपालको गोलकीपरलाई समेत गोल गर्न सक्छस भने आइज भनेर बोलाएको जस्तो आभास हुन्थ्यो । तर नेपालले बंगलादेशका ११ जना रक्षापंत्तिको चुनौतीलाई पार गर्न सकेन । त्यसपछि नेपाल फाइनलमा समेत पुग्न सकेन । सन २०१६ मा भर्खरै मात्र भारतको गुहाटी र सिलोङमा सम्पन्न भएको सागमा नेपालले फेरी फुटबलमा भारतलाई हराएर स्वर्ण कब्जा गरेको छ । कसरी जीत सम्भव भयो भन्दा पनि कसरी भारतको चुनौतीलाई पार गरि अवसरको सदुपयोग गरियो भनेर समिक्षा वा विश्लेषण गरियो भने नजिकबाट नेपाली फुटबलको यर्थाथ बुझ्न सकिन्छ ।

Nepal-Foootballनेपाली टोली भारत विरुद्ध भारतकै भुमी गुहाटीको इन्धिरा गान्धी रंगशालामा उत्रिदाँ बल जहाँ दौडिन्छ त्यसको अघि वा पछि दौडेर बल छुन र हिर्काउन भनेर उत्रेन बललाई गोल सम्म पुराउन बललाई सहि दिशा दिन उत्रियो । किनभने बल आफैमा दिशा बिहिन हुन्छ र बलको आँखा खेलाडीको खुट्टा हुन्छ । भारतले पहिलो हाफमा १ गोल गरीसकेपछि दोस्रो हाफ नेपालको विशेष रह्यो । नेपालको दोस्रो हाफमा २ गोल गर्न सफल भयो ।

पहिलो गोल खेलको ६४ औँ मिनेटमा प्रकाश बुढाथोकीको फ्रीकिक मार्फत भयो । जुन भारतको गोल लाइनको दायाँ कर्नर च्यापेर क्रिष्टीयानो रोनाल्डोका फ्यान समेत रहेका बुढाथोकीले त्यही सैलीमा गोल गरे । जुन फ्री किक प्रहार कुनै पनि उत्कृष्ट गोलकिपरले समेत गोल हुन बाट बचाउन सक्दैन । विश्व फुटबलमा समेत फ्री किकको अध्ययन गर्ने हो भने फ्री किक बाट गोल हुन पोष्टको दायाँ वा वायाँ कर्नर च्यापेर बललाई दिशा दिन सकेको प्रहार बढी गोलमा परिणत भएको उदाहरण छ । यस्तो गोल गर्न माहिर रोनाल्डो पनि हुन ।

९० मिनेटको खेल सकिन जम्मा ६ मिनेट मात्र बाँकी रहेको समयमा नेपालका खेलाडीको उत्कृष्ट तालमेल रहन पुग्यो जसमा भारतका खेलाडीले नेपालको डीफेन्स एरिया सम्म पुर्याएका बललाई ट्याकल गरि खोसेपछि बललाई दायाँ वाट अगाडी बढाउँदै वायाँ तिर लगि वायाँ साइडको कर्णरमा रहेका प्रकाश बुढाथोकीले बल पाएपछि सोही कर्नर बाटै भारतको डिबक्समा माइनस चार्ज गरि माथी बाट आएको बललाई नवयुग श्रेष्ठले आफ्नो खुट्टालाई माथी उचाली बलले मैदानमा छुनु अघिनै भारतको गोल लाइन तर्फ बललाई दिशा दिई उत्कृष्ट गोल गरे । नेपालले भारत विरुद्ध २–१ को अग्रता लियो र सो अग्रता खेल सकिएको अन्तिम सिठी बजेसम्म कायमै रह्यो । र नेपालले २३ वर्षपछि स्वर्ण जित्यो ।

गोल गर्न जानेर गोल हुने होइन किनभने गोल गर्न कसैलाइ पनि आउँदैन यदि आउँथ्यो भने कुनै पनि खेलाडीले प्रत्येक खेलमा गोल हानेको हुनेथियो । संसारमा यस्तो उदाहरण कतै भेटिदैन । गोल गर्न माहिर भनिएका खेलाडीले पछिल्लो खेलमा गोल नहानेको उदाहरण पनि हामी सँग थुप्रै छ । जर्मनमा मारियो गोमेजले सन २०१२ ताका खुबै गोल हान्थे त्यसपछि उनको नामै आउन छाड्यो । नेदरल्याण्डका रोबिन भान पर्सि, फ्रान्सका फ्रयाँक रिबेरी पछिल्ला उदाहरण हुन ।

अहिलेका विश्व फुटबलमा नाम कमाएका मेस्सी र रोनाल्डोले पनि सधैँ गोल हान्न सकेका छैनन् । गोल जहिले पनि चुनौतीको विचमा हुन्छ , अवसर मात्र कुरेर बस्ने र चुनौतीको सामना गर्न नसके अवसर कहिले पनि प्राप्त हुँदैन । नेपालले २३ वर्ष पछि चुनौतीको सामना गरि यो उपलब्धी हाँसिल गरेको हो । अफगानिस्तानमा तालीबानको शासन कालमा फुटबल खेल्ने मैदानमा मान्छे झुण्डाएर मारिन्थ्यो सन २००८ पछि त्यहाँ खेलकुदको विकासको शुरुवात भएको हो । तालिवान शासनको अन्त्य सँगै अफगानिस्तानले फुटबल, क्रिकेट लगायतका खेलमा अन्तराष्ट्रिय स्तरमा भाग लिन थालेको हो ।

अहिले ८ वर्षको अवधिमा अफगानिस्तानले क्रिकेटमा सिनियर लेबलमा २ वटा विश्वकप खेली सकेको छ भने फुटबलमा दक्षिण एसिया (साफ) च्यायपियन समेत भइसकेको छ । नेपाल भने हाल सम्म एक पटक पनि साफ च्यायपियन बन्न सकेको छैन । अफगानिस्तानले देशको आन्तरिक चुनौतीलाई सामान गर्दै वाह्य चुनौती समेत पार गरि सफल भएको हो । अफगानिस्तानले अवसर आउलाकी भनेर कुरेर बसेन चुनौती सामान गर्न तिर लाग्यो । नेपाली खेलकुदले जहिले पनि अवसरको प्रतिक्षा मात्र गरेर बस्ने संस्कृति बस्यो ।

अहिले पनि २३ वर्ष पछिको अवसर पारेर नेपाली फुटबलले स्वर्ण जित्यो भनेर कुरा गर्ने प्रबृतीको कुनै कमी छैन । अवसर भनेको आफैँले सृजना गर्ने हो त्यो पनि चुनौती सामना गरेर । अवसर पाइएन भनेर कराएर हातमा त अवसर पाइन्न झन फुटबलमा त झन खुट्टामा कसरी पाइन्छ । प्रकाश बुढाथोकीले फ्रि किकको अवसर पाएर, नवयुग श्रेष्ठले डी बक्स अगाडी बल पाएको अवसर पाएर नेपालले भारतलाई हरायो भनेर अवसरको गुनगान गाइएको छ । दक्षिण एसियाली लेबलतमा त हामी २३ वर्ष पछि कुरेर अवसर पाएर खेल जित्यौँ भन्ने हो भने विश्वकपमा खेल्न हामीले यहि अवसर कति कुरेर बस्नु पर्ने हो कस्ले भन्न सक्ला ? harijamakatel@gmail.com

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...