Friday 10th July 2026
नाममा मात्र होइन काममै नयाँ नेपालको पहल
सम्वृद्ध नयाँ नेपालद्वारा दोलखामा विद्यालय नयाँ भवन बनेपछि विद्यार्थी र शिक्षक नाचे
बलराम प्यासी
दोलखा । ‘शिक्षा अभियान’ नारासहित स्थापित सम्वृद्ध नयाँ नेपाल (प्रोस्परस नेपाल)ले सान अन्टोनियो नेपाली एशोसियसन अमेरीका (साना) को आर्थिक सहयोगमा दोलखाको जिरी नगरपालिका वडा नं ९ होसिङ्गा, ठुलोपातालमा श्री देउराली निमाविको १० कोठे नयाँ पक्की भवन बनाईदिएको छ ।
२०४६ सालमा स्थापित सो विद्यालय गत बैशाख १२ को महाभूकम्पमा परि पुर्णरुपमा क्षति भएपछि सम्वृद्ध नयाँ नेपालले भूकम्प प्रतिरोधी प्रविधि अपनाएर १५ लाख रुपैयाँको लागतमा १० कोठे पक्की भवन बनाईदिएको हो ।
‘विद्यार्थीहरुले पढ्न नपाएको खबर आएपछि हामीले अमेरीकामा बस्ने साथीहरुको सहयोग लिएर नयाँ भवन बनाईदिएका हौं’—सम्वृद्ध नयाँ नेपालका संस्थापक अध्यक्ष एवम युवा समाजसेवी इन्जिनियर राजीव पौडेलले भने—‘भूकम्पपछि अहिलेसम्म त्यसभेगमा बनेको त्यो नै पहिलो विद्यालय भवन हो ।’ सो विद्यालयमा त्यस भेगका १५० विद्यार्थी अध्ययनरत छन् ।
संस्थाले नवनिर्मित विद्यालय भवनमा कम्प्युटर समेत दिएर नयाँ पुस्तकालय पनि बनाइदिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
पुस्तकालयमा विभिन्न विषयका सन्दर्भ पुस्तक संग्रहित छ ।
नेपाल मानव धर्म सेवा समितिका आध्यात्मिक गुरु श्री विभूजी महाराजले नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै भूकम्पपछि बनाईएको सो नयाँ पक्की भवनमा बसेर विद्यार्थीहरुले अब आरामसंग पढ्न पाउनेमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभुजी महाराज तथा सम्वृद्ध नयाँ नेपालका संस्थापक अध्यक्ष एवम युवा समाजसेवी इन्जिनियर पौडेलले सो विद्यालयमा पढ्ने विद्यार्थीहरुको साथै आसपासका थप २४० गरि करीव ४०० विद्यार्थीलाई शैक्षिक सामाग्री पनि वितरण गर्नुभएको थियो ।
ती सामाग्रीहरु मानव धर्मसेवा समिति गौशाला तथा पाठशाला नेपाल फाउण्डेशन नयाँबानेश्वरले उपलब्ध गराएको थियो ।
विद्यालयका प्रधानाध्यापक शम्भू दाहालले विद्यालयको नयाँ पक्की भवन बनाउन पहल गर्ने सम्वृद्ध नयाँ नेपाल तथा आर्थिक सहयोगउपलब्ध गराउने सान अन्टोनियो नेपाली एशोसियसन अमेरीका (साना)लाई धन्यवाद दिँदै भविष्यमा पनि शैक्षिक सहयोगको अपेक्षा गर्नुभयो ।
नयाँ विद्यालय भवन बनपछि भवन उद्घाटनको अवसरमा प्रमुख अतिथिमात्रै हैन, अतिथि, गुरुवर्ग र विद्यार्थीहरु मज्जासंग नाचेका थिए । विद्यालय भवन उदघाटन समारोहमा सम्वृद्ध नयाँ नेपालका उपाध्यक्ष सुर्य राणा र कोषाध्यक्ष सन्जिता पाण्डे पनि सहभागी थिए ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...