Saturday 18th July 2026
राष्ट्रव्यापी खुल्ला व्याडमिन्टन, लनटेनिस तथा महिला भलिबल प्रतियोगिता हुने
काठमाडौं ,
सशस्त्र प्रहरी बल केन्द्रिय खेलकुद समितिको आयोजनामा यही चैत्र महिनामा ‘बाह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७२’, ‘आठौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७२’ तथा ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७२’ संचालन हुने भएको छ ।

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बिहीबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताहरुको विविध विषयमा खेलकूद पत्रकारहरुलाई जानकारी गराउनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले त्यसअवसरमा राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले देश भरि छरिएर रहेका प्रतिभावान खेलाडीहरुलाई सशस्त्र प्रहरी बलमा आवद्ध गराईरहको र कम उमेर भएका खेलाडीहरुको हकमा क्लबमा करारमा आवद्ध गराई मासिक पारिश्रमिक दिनुको साथै सशस्त्र प्रहरी कर्मचारी सरह विमा र अस्पतालको सेवा सुविधा समेत उपलब्ध गराईएको बताउनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बलले नियमित रुपमा संचालन गर्दै आएको कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिताको कूल पुरस्कार राशी सात लाख ४० हजार रुपैयाँ, सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको कुल पुरस्कार राशी छ लाख ७८ हजार रुपैयाँ र सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको कुल पुरस्कार राशी चार लाख ५५ हजार रुपैयाँ रहेको जानकारी गराउनुभयो ।
राष्ट्रिय स्तरको प्रतियोगिता ब्याडमिन्टनमा भागलिनको लागि खेलाडीले एकल इभेन्ट्समा पाँच सय रुपैयाँ तथा युगल इभेन्ट्समा एक हजार रुपैयाँ तिरेर आवेदन फर्म भर्नुपर्ने हुन्छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले भेन्ट्रान्स इभेन्ट्स तथा मास्टर इभेन्ट्समा भाग लिने खेलाडीहरुले पुरुष एकल तथा पुरुष युगल इभेन्ट्सहरुमा भाग लिन नपाउने व्यावस्था गरिएको बताउनुहुँदै प्रतियोगितामा बढि भन्दा बढि प्रतियोगिहरु सहभागी हुने भएको हुँदा यस पटक देखि प्रतियोगिताको मुख्य खेल तालिकामा प्रवेश गर्न पूर्व रेङ्किङ्ग खेलाडीहरु बाहेक अन्य खेलाडीहरुले क्वालीफाईङ्ग राउन्ड खेल्नुपर्ने जानकारी दिनुभयो । चैत्र २१ गते बाट २६ गते सम्म संचालन हुने यस प्रतियोगितामा कूल ११ इभेन्ट्स समावेश गरिएको छ । प्रतियोगिताका खेलहरु बीडब्लुएफ र बीएसीको नियमअनुसार संचालन गरिने कुरा उहाँले बताउनुभयो ।
यस्तै चैत्र २१ गते बाट नै संचालन हुने आठौ सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगितामा कुल १४ इभेन्ट्स समावेश गरिएको छ । उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल प्रधान कार्यालय परिसर भित्र रहेको नेपाल एपीएफ क्लवको लनटेनिस कोर्ट र सातदोवाटो स्थित अखिल नेपाल लनटेनिस कोर्टमा संचालन गरिने छ ।
कुनैपनि एकल इभेन्ट्समा एक हजार रुपैयाँ तथा युगल इभेन्ट्समा एक हजार पाँच सय रुपैयाँ तिरेर आवेदन फर्म भर्नुपर्ने हुन्छ । प्रतियोगिताका खेलहरु आइटीएफ र एएनएलटिएको नियमअनुसार संचालन हुनेछ ।
यस्तै चैत्र १५ गतेबाट संचालन हुने सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगितामा उपत्यका बाहिरबाट सहभागी हुन आउने टिमको हकमा प्रतिव्यक्ति प्रतिदिन रु एक हजारको दरले प्रतियोगिता सुरु हुन भन्दा एक दिन अगाडी सम्म र खेल समाप्त भएको एकदिन पछिको भत्ता तथा आते÷जाते बस भाडा उपलब्ध गराइने कुरा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले जानकारी गराउनुभयो । सो प्रतियोगिताका सम्पूर्ण खेलहरु अन्तराष्ट्रिय भलिबल महासंघको नियममा रहि नेपाल भलिबल संघको प्राविधिक सहयोगमा राष्ट्रिय तथा अन्तरष्ट्रिय रेफ्रीद्धारा संचालन गरिने तथा खेल लिगकम नकआउट प्रणालीमा वेष्टअफ फाइबमा खेलाइने छ ।
“प्रतियोगिता अविधिमा खेल सम्बन्धि कुनै विवाद आएमा निर्णायक समितिले दिएको निर्णय अन्तिम हुनेछ”– सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले भन्नुभयो ।
ब्याडमिन्टन प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले आवेदन फर्म नेपाल एपीएफ क्लब हल्चोक काठमाडौं, सशस्त्र प्रहरी बलका वाहिनीहरु, गणहरु र सीमा सुरक्षा कार्यालय तथा गुल्महरुबाट प्राप्त गर्न सकिने र चैत्र १५ गते कार्यालय समयभित्र एपीएफ क्लबमा बुझाउनु पर्नेछ ।
यसैगरी लनटेनिस प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले आवेदन फारम नेपाल एपीएफ क्लब हल्चोक काठमाडौं, सशस्त्र प्रहरी बलका वाहिनीहरु, अखिल नेपाल लन टेनिस संघ सातदोबाटो र त्रिपुरेश्वर लन टेनिस क्लब दशरथ रंगशालाबाट प्राप्त गर्न सकिने र चैत्र १५ गते कार्यालय समयभित्र एपीएफ क्लबमा बुझाउनु पर्नेछ । प्रतियोगिता सम्बन्धि कुनै थप जानकारी लिनु परेमा सशस्त्र प्रहरी बल केन्द्रिय खेलकुद समितिको फोन नं. ०१–४२७८७७३ मा सम्पर्क गर्न सकिने छ ।
सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता संचालनको लागि नेपाल भलिबल संघबाट केहि खेल सामाग्री सोहि अवसरमा सशस्त्र प्रहरी बल केन्द्रिय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठ समक्ष नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर राईले हस्तान्तरण समेत गर्नुभयो ।
कार्यक्रममा प्रतियोगिताका विविध विषयमा संचारकर्मीहरुले राखेको जिज्ञासालाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले समाधान गर्नुभएको थियो । त्यसअवसरमा विभिन्न खेलकुदसंघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...