Friday 10th July 2026
छोरा नभएर के भयो ?
छोरीद्धारा बाबुको दागवत्ति र काजकिरीया
ललितपुर ।
छोरा छोरा भनेर मरिमेट्ने नेपाली समाजमा ललितपुर उपमहानगरपालिका वडा नं ४ धोविघाटकी छोरी ज्योति बस्नेतले बाँचुन्ेजल आफ्ना ८० वर्षिय बाबुको स्याहारसुसार मात्रै गरीनन उनको मृत्युपश्चात उनलाई बिहीबार छोराले झैं दागवत्ति (मुखाग्नी) दिइन् ।
त्यतिमात्रै होइन हिन्दुपरम्परा अनुसार बाबुको काजकिरीयामा समेत उनी आफ्नो श्रीमानको घर त्रिदेवीनगर, कोटेश्वरमा आफैं बसेकी छिन् ।

ज्योतिका ८० वर्षिय बाबु भिमबहादुर बस्नेतको बुधबार राती ११ बजे मिनभवनस्थित निजामति कर्मचारी अस्पतालमा उपचाररत निमोनिया र पार्किन्सन रोगको कारण निधन भएको थियो उनी १२ दिनदेखि सो अस्पतालमाउपचाररत थिए ।
आफ्ना बुबाको करोडौं रुपैयाको सम्पत्ति आफ्ना सहोदर ठुलोबाबुले जालसाजी गरि हड्पिए्र बाबुलाई बेघर गरिदिएपछि उनले विगत लामो समयदेखि आफ्नो बाबुको हेरचाह, रेखदेख र स्याहार सुसार आफैंले गर्दै आएकी थिइन् ।

तस्वीरहरु : बलराम प्यासी
पशुपतिनाथस्थित बागमती किनारमा रहेको विद्युत्तिय शवदाह गृहमा ज्योतिले मृतक बुबालाई मुखाग्नी दिनुअघि हिन्दुधर्म परम्परा अनुसार एउटा छोराले गर्नुपर्ने सम्पूर्ण पक्रिया आफैं पुरा गरेकी थिइन् । उनले आफ्ना बाबुको सम्पत्ति हडपेर आजीवन दुख दिने सहोदर ठुलोबुबाका सन्तानलाई बुबाको मृत शरीरमा श्रद्धाञ्जली व्यक्त गर्न पनि दिइनन् ।
छोरा छोरा भनेर दौडिने नेपाली समाजलाई चुनौति दिन र बाँचुन्जेल चासो नदिने अनि मरेपछि किरीया गर्न मात्र जम्मा हुने नेपाली समाजलाई चुनौति दिन आफ्ना स्वर्गीय बुबाको अन्तेष्टि लगायतका सम्पूर्ण क्रियाकर्म आफैंले गरेको बताइन् ।
आफ्नो मृतक बुबाको काजकिरीयाको लागि ज्योति बस्नेतका पति, छोरा सजिवजङ्ग वन र तिम्ल्याहा छोरीहरु श्रद्धा, श्रेया र सृष्टिले पनि सहयोग गरेका थिए ।
अन्तिम संस्कारमा सहभागी भएका नेपाली राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाले समाजमा छोराकै पछि लाग्नेहरुका लागि यो गतिलो जवाफ भएको उल्लेख गर्दै छोरीहरु पनि छोरा बराबरनै हुन भन्ने सन्देश दिएको बताए ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...