Saturday 11th July 2026
एसओएस बालग्राममा हुर्केकी छोरीको बिहे
बलराम प्यासी
मंगलबार एसओएस बालग्राम सानोठिमीको सामुदायीक हल विशेष रमझमले भरिएको थियो । कारण थियो, वालग्रामभित्र ७ वर्ष अघि हुर्किबढी पढेर आफ्नो खुट्टामा उभिएकी स्टाफनर्स छोरी गोमा दाहालको विहे हुँदै थियो डा.मनिश श्रेष्ठसंग ।

वालग्रामको ११ नं घर ‘कोपिला’ मा हुर्केकी छोरी गोमाको कन्यादान गर्दै थिए वालग्राम पिता खगेन्द्रकुमार नेपाल र उनकी धर्मपत्नि प्रभाज्योति उप्रेती नेपाल । साथमा सहयोग गर्दै थिए, दुलहीका भाई केदार दाहाल ।
विविध कारणले सानैमा आफ्नो घर छोडेर एसओएस वालग्राममा हुर्केका छोराछोरीको विहे गर्ने उमेर भएपछि बाहिरी समाजका घरमा झैं ती छोराछोरीको विहे गरिदिने चलन अनूरुप गोमाको पनि विहे गरिएको थियो । विहेमा दाइजोको चलन नभएतापनि भोजभतेर र नाचगान हुनु स्वभाविक थियो, जुन त्यहाँ भईरहेको थियो । फरक यति थियो कि डा.मनिश र स्टाफनर्स गोमाको विहेमा जग्गे भने गाडिएको थिएन । ‘अलि हतारको विहे थियो, त्यसैले जग्गेको काम भएन’—वालग्राम पिता नेपाल भन्दै थिए । विहेमा दुलहीतर्फ लाग्ने सबै खर्च वालग्राम कार्यालयले वेहोर्छ ।
स्टाफनर्स गोमाले बिएनको पनि पढाई सकेकी छिन । उनी हाल काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा स्टाफनर्सको रुपमा कार्यरत छिन भने उनका दुलाहा डा.मनिश श्रेष्ठ सोही अस्पतालका अर्थाेपेडिक सर्जन (हाडजोर्नी शल्यचिकित्सक) हुन । हाल उनी बंगलादेशमा एमडि गर्दैछन । डा.श्रेष्ठ र स्टाफनर्स गोमाबीच अस्पतालमा काम गर्दागर्दै मायाप्रिति झांगिएको थियो । जुन मायाप्रितिले आजन्म एकआपसमा नछुटिट्ने वाचा कसम खाँदै समाजको सामु दुलाहा दुलहीमा परिणत गरिदिएको थियो ।
एसएलसी परीक्षा दिनेबेलासम्म अर्थात करीव १६—१७ वर्षको उमेरसम्म बालग्रामको घरमा बस्नुपर्ने र त्यसपछि वालग्रामकै प्रत्यक्ष निगरानीमा रहेको होस्टेलमा बसेर पढ्नुपर्ने नियम अनुसार गोमा पनि होस्टेलमै बसेर स्टाफ नर्स र बिएनको पढाई सकेकी थिइन् ।
एकचोटी एसओएस वालग्रामको कुनैपनि घरमा हुर्केका छोरा होस या छोरीलाई बालग्रामले बाचुञ्जेलसम्म हेर्नेगर्छ र समाजमा छोराछोरीको जस्तै सामाजिक चाडपर्व र सबै क्रियाकलापमा सहभागी गराउँछ । सोही अनूरुप वालग्रामको बसाई सकेर होस्टेल बसेका हुन या आफ्नो खुट्टामा उभिएर समाजमा बसेका छोराछोरी नै किन नहुन सबैलाई बालग्रामले दिनुपर्ने सबै सुविधा दिँदै आएको छ । ‘छोरीले दाइजो र छोराले अंशवाहेक’ वालग्राममा हुर्केका छोराछोरीलाई बालग्रामले आजन्म संरक्षण र रेखदेख गर्दै आएको छ । बेरोजगार रहँदासम्म छोराछोरीलाई बाबुआमाले हेर्ने समाजकै बनावटमा बालग्रामको जिम्मेवारी र दायीत्व रहेको छ ।
वालग्राममा हुर्केका छोराहरुको हकमा पनि विहे गरि ऊ हुर्केको वालग्रामको घरमा दुलही भित्र्याउने गरेको वालग्राम पिता नेपाल बताउँछन् भन्छन—‘धेरै छोराहरुले भने केटी भगाएर ल्याएपछि खबर गर्छन ।’ छोरीलाई भने उनीहरु हुर्केको वालग्रामको घरबाटै अन्माएर पठाउने गरिन्छ ।
एसओएस वालग्राम सानोठिमीको स्थापना भएको ४२ वर्षको अवधिमा हालसम्म छोरा र छोरी गरि ३ सयभन्दा बढीको विहे वालग्रामबाट गरिएको वालग्राम पिता नेपालको दावी छ । सानोठिमी वालग्रामको स्थापनादेखि ३० वर्षको अवधिमा रमेशकुमार शर्माले वालग्राम पिताको रुपमा करीव दुईसय छोराछोरीको विहेदान गरेका थिए ।
२०६० सालदेखि खगेन्द्रकुमार नेपाल वालग्राम पिता छन् । पछिल्लो समयमा वालग्रामका छोराछोरीहरु डाक्टर, इन्जियिनर, पाइलट, कलाकार, मोडल, बैंकर्स भएर आफ्नो खुट्टामा उभिएपछि मात्रै विहे गर्ने चलन बढेको पनि वालग्राम पिता नेपाल बताउँछन् । विहे गरेर समाजमा पुर्नस्थापित भएपनि वालग्राममा हुर्केका छोराछोरीहरु आमा बुबाको मुख हेर्ने चाडपर्वदेखि दशैं, तिहार, माघे र साउने संक्रान्तिमा आफु हुर्केको घरमा आमा काकी र वालग्रामका मातापिताकहाँ आउनेजाने गर्छन । यो मुलुकका १० जिल्लामा रहेको एसओएस वालग्रामको विशेषता हो ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...