Friday 10th July 2026
बाजुराको विद्यालयलाई पुस्तक उपहार
एभरेस्ट भक्तपुर स्कुलको ९ औं ओपन डे
भक्तपुर, २५ फागुन । एभरेस्ट इंगलिस स्कुल मिवाछेंको भगिनी विद्यालय एभरेस्ट भक्तपुर स्कुलको नवौं ओपन डेको अवसरमा विद्यालयले बाजुरा जिल्ला, बडिमालिका ८ बुढीगंगास्थित नेपाल राष्ट्रिय माविलाई एकलाख ९३ हजार २४० रुपैयाँबराबरको १ हजार ५४१ थान विभिन्न विषयका पुस्तक उपहार दिएको छ ।

तस्वीर : बलराम प्यासी
यसअघि गएको फागुन १ गते एभरेस्ट इंगलिस स्कुलले सोलुखुम्बु जिल्ला बासा–७ राप्चेमा अवस्थित श्री बासाखाली माविलाई १ लाख ७५ हजार रुपैया बराबरको १ हजार ५२६ थान पुस्तक प्रदान गरेको थियो ।
विद्यालयकी संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त राजभण्डारी, एभरेस्ट इंगलिस स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर, शैक्षिक जनशक्ति विकास केन्द्रका पुर्व महानिर्देशक देविना प्रधानाङ्ग, अर्ल चाइल्डउड एजुकेशन सेन्टरकी प्रतिनिधि रियानले संयुक्तरुपमा नेपाल राष्ट्रिय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बडुवाललाई ती पुस्तक तथा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा विद्यालयकी संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले विद्यालयको गतिविधिबारे जानकारी गराउँदै विद्यालयले पढाईको अतिरिक्त साना वालवालिकालाई मनोरन्जन र खेलकूदको माध्यमबाट विभिन्न ज्ञान, शीप र सिर्जना सिकाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न वक्ताहरुले विद्यालयले अंगालेको शैक्षिक पद्धतिको बारेमा चर्चा गर्नुभएको थियो भने विद्याथर््ीहरुले नृत्य, नाटक, गीत तथा जिम्नास्टिक खेल प्रस्तुत गरेका थिए ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...