Saturday 18th July 2026
विकासको ढोका अव उत्तरबाट खुल्छ : प्रधानमन्त्री ओली
टिकाराम नेति
झापा, २६ फागुन ०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासको ढोका दक्षिण मात्र नभएको वताउँदै अव उत्तरबाट पारवहन अधिकारको ढोका खुल्ने वताउनुभएको छ ।
आगामी चैत्र ७ गतेदेखि हुने चीनको भ्रमणलाइ लक्षित गर्दै प्रधानमन्त्री ओलीले बुधवार झापाको भद्रपुर विमानस्थलमा संचारकर्मी सँग भन्नुभयो, ‘हाम्रो विकासको ढोका दक्षिण तिरमात्र छैन, विगतका केहि घटनाले हाम्रो आँखा खोलिदिएको छ, अव उत्तरसँग हाम्रो विषेश संन्धि हुदैछ ।

तस्वीर : टीकाराम नेति
प्रधानमन्त्री ओलीले उत्तर तर्फको वजार र सहयोग लाइ मध्यनजर गर्दै विकास निर्माण र अन्य भौतिक पुर्वाधारको कामलाइ तदारुकता दिएको बताउनु भएको थियो । उहाँले भन्नुभयो, ‘हाम्रो देशको आयात निर्यात हामी सँग निर्भर रहन्छ ।’
ओलीले आगामी चिन भ्रमणमा विद्युतिय उर्जाको सम्वन्धमा विषेश संन्धि हुने वताउनु भएको थियो ।संचारकर्मी सँग कुरागर्दै भन्नुभयो- भारत सँग भन्दा धेरै सहयोग पाउने र दुपक्षिय संझौता हुने संभावना छ ।
अर्को एक प्रसंड्गमा प्रधानमन्त्री ओलीले सरकार परिवर्तन नहुने तर सरकारको विस्तार हुने वताउनु भयो । ओलीले गृह जिल्ला झापा जिविस को २४ औ परिसदको उद्घाटन गर्दै सरकार कसैले ढाल्न नसक्ने ठोकुवा गर्नूभयो । उहाँले उर्जा लाइ २ वर्ष भित्रमा ३ गुणा वृद्धि गर्न नसके जनताको सामु आफु उभिन नसक्ने वतनउदै वोलेको गरेरै देखाउने दोहोर्याउनुभयो ।
‘सरकारको पहिलो प्राथमिकता भनेको विकास हो, विकास वाहेक सरकारले केहि हर्दैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस्तो विषम परिस्थिती मा मैले जे जति गर्न सफल भए धेरै गरेको हुँ ।’
प्रधामन्त्री ओलीले पुर्व पश्चिम लोकमार्ग को काँकडभिट्टा सडक ६ लेन्थको वनाउन अमेरिकासँग अन्तिम चरणमा कुरा भइरहेको बताउँदै झापा जिल्लाको वजेट र्सावजनीककरण कार्यक्रममा पुर्वाधार विकास तर्फ १ अर्व ३९ करोड ७७ लाख ६९ हजार , सामाजिक विकास तर्फ १ अर्व ९७ करोड ५८ लाख १८ हजार र आर्थिक विकास तर्फ ४१ करोड ८ लाख ७७ हजार र अन्य गरि ५ अर्व ९७ करोड ६ लाख ७६ हजार ४ सय रुपैयाँको वजेट सार्वजनिक गर्नू भएको थियो ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...