...

Saturday 11th July 2026

कविता : मेरो घर भत्कियो

मेरो घर भत्कियो

Swagat Nepal © स्वागत नेपाल

भूकम्पले के भत्काउँछ र घर ?
केवल माटो झार्छ
इट्टाहरु खसाल्छ
रडहरु भाचिदिन्छ
र, खसाउँछ केवल छानाहरु

भूकम्प नआए पनि
घर भत्किँदो रहेछ
भूकम्प नआए पनि
मेरो घर भत्किएकै थियो ।
बरु भूकम्पले पो
जोड्न खोजेको थियो
वरपरका खाँबाहरु एकैठाउँ ल्याउन खोजेर

पराकम्पहरु थामिन थालेपछि
मान्छेहरुले घर बनाउन थाले
मैले किन बनाउने ?
मेरो घर भूकम्पले भत्काउन सक्ने थिएन
मेरो घर त भूकम्पभन्दा पहिला नै भत्केको थियो
भूकम्पले फेरि बनाउन सक्ने घरहरु मात्र भत्काएको थियो ।
मेरो बायोडाटामा
मेरो घर
तिम्रो मनमा हो भनेर लेखेको थिएँ
मेरो प्रमाण पत्रमा
मेरो ठेगाना
तिम्रो दिल हो भनेरै लेखेको थिएँ
तर त्यो घर
भूकम्प नआई भत्कियो
त्यो ठेगान, अर्कै कुनै
कम्पन बिनाको पराकम्पले लच्कियो ।

भूकम्पले के भत्काउँछ र घर ?
केवल माटो, ढुंगा र रडहरुलाई भत्काउँछ
मेरो घर उनको मन
मेरो ठेगाना उनको दिल
खै के ले भत्कायो यो शहर
खै के ले भत्कायो मेरो घर

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...