Saturday 11th July 2026
चौकीको पर्खाल भत्काएर मनोहरा करिडोरको शुरूवात
बलराम प्यासी
काठमाण्डौ, ११ बैशाख । काठमाण्डौ उपत्यका नगर विकास प्राधिकरणको निर्देशनमा मनोहरा खोला किनारको जग्गा मिचेर बनाएको महानगरीय प्रहरी प्रभाग नरेफाँटको केही भाग लगायत स्थानीय सन्जय साईसेवा केन्द्रको पर्खाल र मनोहरा विद्यानगर सेवा समाजले बनाउन लागेको किरीयापुत्री भवनको पर्खाल भत्काएर मनोहरा खोलाको उत्तरतर्फको करिडोर विस्तारको काम शुरु भएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग काँडाघारी तथा काठमाण्डौ महानगरपालिकाको नगर प्रहरीको उपस्थितिमा शनिबार ती संरचना भत्काइएको वृत्तका डिएसपी नारायण चिमोरियाले बताए ।
यसअघि मनोहरा खोला मिचेर बनाएको क्यापिटल कलेज तथा रिसर्च सेण्टर सिसीआरसी कलेजको पर्खाल भत्काई निर्माणाधिन करिडोरको दुबैतर्फ सिमेण्ट र ढुंगाको पक्की पर्खाल बनाउने काम शुरु भईसकेको छ ।
मनोहरामा नमुना करिडोर बन्ने भएपछि त्यस भेगका जनता दंग देखिएका छन् ।
११ मिटर चौडा पक्की सडक र ९ मिटर ग्रिनबेल्ट सहितको २० मिटर चौडा नमुना मनोहरा करिडोर निर्माण कार्य गतवर्षदेखि नै शुरु भएतापनि बजेटको अभाव र जग्गा मिच्नेहरुको असहयोगका कारण निर्माण कार्यले गति लिनसकेको थिएन ।
कोटेश्वरको बालकुमारी पुलदेखि मनोहरा खोला किनारै किनार जडिबुटीको मनोहरा पुल र पेप्सीकोलाको मनोहरा पुलसम्मको करीव ४ किलोमिटर मनोहरा करिडोर निर्माणको लागि चालु आर्थिक वर्षमा सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
स्थानीय जनसमुदायबाट चन्दा संकलन गरि बनाएको महानगरीय प्रहरी प्रभाग नरेफाँटको भवनको केही भाग भत्काउन परेता पनि फेरी चन्दा संकलन गरेर खाली जग्गामा निर्माण गरिने मनोहरा सम्पदा समाज नेपालका अध्यक्ष पदमकुमार रेग्मीले बताए ।
सरकारले शुक्रबारदेखि नै लागु हुने गरि भाईकाजी तिवारीलाई काठमाण्डौ उपत्यका नगर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको भोलिपल्ट नै मनोहरा करिडोरको निर्माणले गति लिएको बताइन्छ ।
सार्वजनिक खोला मिचेर बनाइएका संरचना भत्काउन महानगरपालिकाको सुरक्षा विभाग प्रमु डिएसपि धनपति सापकोटा र महानगरीय प्रहरी प्रभाग काँडाघारी प्रहरी निरीक्षक योगेन्द्रसिंह थापाको नेतृत्वमा प्रहरीहरु परिचालन गरिएको थियो ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...