...

Saturday 11th July 2026

एसओएस अन्तर्राष्ट्रिय अध्यक्षद्वारा पुनःनिर्मित विद्यालय हस्तान्तरण

भक्तपुर, २५ बैशाख । नेपालको साताव्यापी भ्रमणमा रहेका एसओएस वालग्राम अन्तर्राष्ट्रियका अध्यक्ष सिद्धार्थ कौलले काभ्रेको र्याले १ स्थित श्री शान्ति निकेतन उमावि र नुवाकोटको चौघडा ७ स्थित श्री कन्यादेवी प्राविको पुनःनिर्मित भवन सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरेका छन् ।13170722_1721840841426159_358040202_o

स्थानीय सयौं विद्यार्थीहरु अध्ययन गर्दै आएका ती दुबै विद्यालय एसओएस वालग्राम नेपालको आर्थिक सहयोगमा पुनःनिर्माण गरिएको हो ।
विद्यालय हस्तान्तरण कार्यक्रममा एसओएस वालग्राम अन्तर्राष्ट्रिय अन्तर्गत दक्षिण एशियाली क्षेत्रीय निर्देशक शुभा मुर्ति, एसओएस वालग्राम नेपालका राष्ट्रिय अध्यक्ष प्रा।डा।विश्वकेशर मास्के,राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्ग, भूकम्पपछि एसओएस वालग्रामद्धारा स्थापित आकस्मिक राहत कार्यक्रम, इआरपि का संयोजक रमेश ताम्राकार समेतको सहभागिता थियो ।

13148035_1721840838092826_51115499_o
वालवालिकाको क्षेत्रमा विगत ४३ वर्षदेखि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एसओएस वालग्राम नेपालले गतवर्षको बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पमा परि पूर्ण या आंशिक रुपमा क्षति भएका विद्यालयहरुको मर्मत, पुनःनिर्माण र नयाँ निर्माण गर्दै सम्वन्धित समुदायलाई हस्तान्तरण गर्दै आएको छ ।

दुईहप्ता अघिमात्रै एसओएस वालग्राम नेपालले सांसद दिपकप्रसाद कुँईकेलको उपस्थितिमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ डाँछीस्थित श्री चलन्टार निमाविको पुननिर्मित विद्यालय सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरेको थियो ।
यसैगरि एसओएस वालग्रामका अन्तर्राष्ट्रिय अध्यक्ष कौलले एसओएस वालग्राम सानोठिमीमा आयोजित एक कार्यक्रममा भूकम्पपछि घाइतेहरुको उद्धार, उनीहरुको स्वास्थोपचार, खाना तथा राहत वितरणमा खटिएका एसओएस वालग्राम सानोठिमी, काभ्रे, जोरपाटी र कोटेश्वरका आयोजना प्रमुखहरु क्रमश ः खगेन्द्रकुमार नेपाल, इश्वरीप्रसाद शर्मा, रविन नेपाली तथा कविन्द्र शाहलाई प्रशंसापत्र दिएर सम्मान गरेका थिए ।
कार्यक्रममा एसओएस वालग्रामका अन्तर्राष्ट्रिय अध्यक्ष कौलले भूकम्पमा खटिएका वालग्राम तथा युवाग्रामका छोराछोरी,आमा,काकी तथा कर्मचारीहरुलाई धन्यवाद दिँदै भविष्यमा आउने यस्ता अकल्पिनीय प्राकृतिक प्रकोपको लागि तयार रहन आग्रह गरे ।
त्यस अवसरमा कार्यक्रममा एसओएस वालग्राम अन्तर्राष्ट्रिय अन्तर्गत दक्षिण एशियाली क्षेत्रीय निर्देशक शुभा मुर्ति, एसओएस वालग्राम नेपालका राष्ट्रिय अध्यक्ष प्रा।डा।विश्वकेशर मास्के, राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्ग, भूकम्पपीडितको उद्धारमा खटिएका वालग्रामका आमा तथा स्वयमसेवामा खटिएका छोराछोरीले पनि आआफ्नो अनुभव सुनाएका थिए ।
साताव्यापी कार्यक्रम सकेर एसओएस वालग्राम अन्तर्राष्ट्रियका अध्यक्ष कौल तथा एसओएस वालग्राम अन्तर्राष्ट्रिय अन्तर्गत दक्षिण एशियाली क्षेत्रीय निर्देशक शुभा मुर्ति शनिबार नै फर्केका छन् ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...