Monday 13th July 2026
कविता : कानुनले नुनको सोझो गरेपछि
कविता
कानुनले नुनको सोझो गरेपछि
©स्वागत नेपाल

संसारमा कानुनबाहेक
सबैले नुनको सोझो गर्नुपर्छ
कानुनले नै
नुनको सोझो गरेपछि
कानुनले नै
धर्म छोडेपछि
अदालतको पनि के लाग्छ ?
न्यायाधीसको पनि के लाग्छ
नुन लागेको कानुन
वकीलले पनि पस्किनुपर्छ
न्यायाधीसले पनि चाख्नुपर्छ
यदि कानुन आफैँ
बोल्न सक्ने हुँदो हो
यदि कानुनले आफैँ
मुद्दा हाल्न सक्दो हो
त, उसले पहिलो मुद्दा
वकीलहरुलाई हाल्नेथ्यो ।
उसले पहिलो रीट
न्यायाधीस विरुद्ध लेख्नेथ्यो ।
कानुनका ठेलीहरुले भन्छन् ः
विषय वा प्रसंगले
अर्को अर्थ नलागेमा मात्रै
खास अर्थ
तिमीले सोचेजस्तो हुनेछ,
तर होइन रहेछ,
हरेक विषयमा
हरेक प्रसंगमा
अर्को अर्थ लागेमा मात्र
उल्टो अर्थ लगाइए मात्र
साँचो अर्थ भेटिन्छ हिजोआज
त्यसैले
यो कविताको परिभाषा खण्ड
कानुनका ठेलीजस्तो
शुरुकै दफा र धाराहरुमा होइन
अन्तिममा राखिएको छ
विषय र प्रसंगले अर्को अर्थ नलागेमा
यस कविताबाट
न्यायाधीस, वकील र अदालत भनेर
साँच्चैका न्यायाधीस
साँच्चैका वकील
साँच्चैका अदालतलाई
भन्न खोजिएकै होइन ।
किनकि कानुनमा
…….
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...