...

Friday 10th July 2026

डा केसीसँगको संझौता उपर सर्वोच्चद्वारा कारण देखाउ आदेस जारी

टिकाराम नेति काठमाडौ २८ मंसिर, २०७३ । सर्वोच्च अदालत द्वारा डा गोविन्द केसीसँग सरकारले हालै गरेको १२ बुँदे संझौताको कारण देखाउ आदेस जारी गरेको छ ।


सर्वोच्च अदालतका माननिय न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले सोमवार प्रधानमन्त्री तथा मन्त्री परिषद् लगायत ९ जना विरुद्ध परेको रिट उपर सुनुवायी गर्दै कारण देखाउ आदेस जारी गरेको हो ।
स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीका अध्यक्ष चैतन्य प्रकाश मैनालीले गएको २२ गते डा केसीसँग सरकारले गरेको १२ वँुदे संझौता जनताको स्वास्थ्य शिक्षा प्राप्त गर्ने मौलिक हक माथिको हनन् भएको भन्दै उक्त संझौता खारेजीको माग गरेका थिए । वरिष्ठ अधिवक्ता मुक्ति प्रधान सहित चारजना अधिवक्ताको वहस पछि सर्वोच्च अदालतले १२ बुदे संझौता उपर कारण देखाउ आदेश जारी गरेको हो ।
यसैवीच डा केसीको मागले स्वास्थ्य शिक्षाको मौलिक हकको हनन भएको जिकिर गर्दै स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीले राजधानी काठमाडौँमा मंगलबार पत्रकार संम्मेलन गर्दै समाजका अध्यक्ष मैनालीले सरकारी मापदण्ड पुगेका मेडिकललाई कलेजको स्वीकृती नदिए आफू आमरण अनसनमा बस्ने बताएका छन् । उनले भने डा केसी विदेसीको इसारामा अनसन भन्दै स्लाइन लिएर अनसन बस्दैछन् म केही नलिई अब उनी बसेकै ठाउँमा अनसन बस्छु । जनता ढाँट्न पाइदैन आफ्नै देसको जनशक्ति आफ्नै ठाउँमा अध्ययन गर्न पाउँनु पर्छ ।
झापाको विएण्डसी मेडिकल कलेज टिचिड्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सरकारी मापदण्ड पुरागरेको र सम्पुर्ण प्रकृया पुरा गरिसकेकोले तुरुन्त सम्बन्धन दिइनु पर्ने समाजले सरकार समक्ष आग्रह गरेको छ । झापामा रहेको विएण्डसी मेडिकल कलेज टिचिड्ग हस्पिटल एण्ड रिसर्च सेन्टर ५ अर्व ३० करोड लगानी गरी सेवा सुरु गरिएको पत्रकार संम्मेलनमा जानकारी गराइएको थियो । अध्यक्ष मैनालीले पत्रकार संम्मेलनमा भने १ महिना बिएण्डसी अस्पतालले सम्बन्धन नपाए डा केसीसंगै आमरण अनसन बस्ने र को भोकै आमरणमा बसेको या जनता झुक्याएको प्रमाणीत हुने र सबै थाहा हुने बताए ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...