...

Saturday 11th July 2026

बाबु र हजुरबाबाट बलात्कृत छोरी प्रथम श्रेणीमा पास

काठमाडौ, ३ पौष २०७३ । खाने मुखलाई जुंगाले छेक्दैन भनेझैँ विगत तीन वर्षअघि आफ्नो बाबु र हजुरबाबुबाट बलात्कृत छोरी (नाम परिवर्तन) पुनमले कक्षा ११ प्रथम श्रेणीमा उत्तिर्ण गरेकी छन् ।

विष सेवन गरेका कारण पुनमलाई पेट दुख्ने समस्या छ उनी विरामी भइरहन्छिन् । तथापि उनी प्रसुती रोग विशेषज्ञ अर्थात् गाइनेलोजिस्ट बन्ने र आफू जस्तै बलात्कारको शिकार भएकाको प्रमाण जोगाउने निधो गरिन् । उनी क्याम्पस भर्ना भइन् । क्याम्पस पढ्नु उनका लागि सहज थिएन । विष सेवनको असर अहिले पनि देखिइरहन्छ । बेला बेला पेट सहन नसक्ने गरी दुखिरहन्छ । परीक्षाको बेला पनि उनले अस्पताल धाइरहनुपर्याे । एसएलसीमा विशिष्ट श्रेणी ल्याएकी उनी पढाइमा तेज थिइन् । हिम्मत हारिनन् । परीक्षा दिइ छाडिन् । जब ११ को नतिजा प्रकाशित भयो । उनले सबैलाई तीनछक पारिन् ।

 

मृत्युको काख रोजेकी पुनमले चमत्कारिक सफलता हाशिल गरिन् । उत्कृष्ट अंकसहित उनी प्रथम श्रेणीमा पास भइन् । उनी भन्छिन्, ‘मैले धेरै चेतेँ, अब बाँच्छु । आफू जस्तै पीडितको पक्षमा संर्घष गर्छु । मलाई डाक्टर बन्न तपाईहरुको आर्शिवाद अनिवार्य छ । आजको यो सफलता पनि हजुरहरुको आशिर्वादले नै मैले हात पारेकी छु । ’

 

बाबु र हजुरबाको अत्याचार सहन नसकी उनले तीन बर्ष अघि आत्महत्याको प्रयास गरिन् । जंगलमा गएर विष सेवन गर्नु अघि साथीलाई मर्न लागेको सन्देश दिइन् । साथीले प्रहरीलाई खबर गरेपछि प्रहरीले तत्काल खोजी गर्या । मृतप्राय अवस्थामा पुनम भेटिइन् । सँगै, भेटियो सुसाइड नोट । तत्काल उद्धार गरी अस्पताल लगियो । सुसाइड नोटमा लेखिएको थियो, ‘हजुरबुबा र बुबाबाट बलात्कृत म अभागिनीसँग मर्नुको विकल्प रहेन ।’दर्दनाक सुसाइड नोेट बाहिरिएसँगै पुनमका हजुरबुबाले आत्महत्या गरे । बुबालाई प्रहरीले पक्राउ ग¥यो । पूजाको उद्धार गरी काठमाडौँ ल्याइयो । अभिभावकत्व दानवत्वमा परिणत भएको र मानवता रित्तिएको परिवारमा सकसपूर्ण जिन्दगी जिइरहेकी पुनमको कथा संचारमाध्यममार्फत सार्वजनिक भयो ।

 

रक्षा नेपालको आश्रयमा विस्तारै उनको मनोबल बढ्न थाल्यो । अदालतमा मुद्दा प्रक्रियामा थियो । आफ्नै बाबुबिरुद्ध बलात्कारको मुद्दा लड्नुपर्ने अभागी छोरी हुनुको पीडा असह्य थियो । त्यसमाथि वकिलहरु बलात्कारको रिपोर्ट र प्रमाण माग्थे । प्रमाण लुकाउन अनेक प्रयत्न गरियो । पुनमको कथा संचारमाध्यममा आएसँगै उनलाई देशविदेशबाट सहानुभुति, सहयोग र हौशला प्राप्त भयो । पीडकसँग जुध्नलाई बलियो प्रमाण चाहिँदोरहेछ । यही सोचेर उनले निधो गरिन्ः । उनको कथा थाहा पाउँदा उनीमाथि बेग्लै व्यवहार हुनसक्थ्यो साथीभाइबाट पनि । अर्कोतर्फ जुनसुकै बेला घरपरिवारबाट पनि । किनकि, उनका बाबुलाई जिल्ला अदालत धुलिखेल , पुनरावेदन अदालत पाटन तथा यही मंसिर आठ गते सर्वोच्च अदालतले पनि जिल्ला अदालत र पुनरावेदन अदालतको फैसलालाई सदर गर्दै १८ बर्ष कैद र दुई लाख जरिवानाको फैसला सुनाएको थियो । पुनमको तर्फबाट अधिवक्ता भाइराजा राई र स्वागत नेपाल समेतले बहस पैरवी गरेका थिए ।

 

पुनमलाई आश्रय दिएको संस्थाकी अध्यक्ष मेनुका थापाका शब्दमा सबैको हौशलाका कारण पूजाको जीवनमा उल्लेखनीय  परिवर्तन आएको हो ।

 

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...