...

Saturday 11th July 2026

अपाङ्गता भएकै कारण एसएलसी पास भएर पनि पढ्नबाट बन्चित (श्रव्य-दृश्री सहित)

अनलाइन जबका लागि ल्यापटप उपहार : सहयोगी मनले जाती समुदाय छुट्याउदैन

भक्तपुर, ३० फागुन । शारीरिक अपाङता भएकै कारण एसएलसी उत्तीर्ण गरेर पनि कलेज पढ्न जान नपाउनु बर्तमान समयमा कहाँसम्मको बिडम्बनापुर्ण समाचार हो ! तर पनि एक युवालाई आफ्नो जीवनमा त्यस्तै बिडम्बनापुर्ण अवस्था ब्यहोर्नु पर्यो तरै पनि एकदम सिर्जनशील स्वभावका ऊनी हिम्मत हार्दैनन, बरु खुट्टाको सहाराले हिड्न र व्हिल चेयर समेत आफै चलाउन नसक्ने ऊनी  कम्प्युटर आधारभूत रुपम्क चलाउछन । र कम्प्युटरमै आफ्नो भविष्य देख्छन । अर्थात ऊनी  बसी बसी अनलाइन बिजनेस गर्न चहन्छन । 
उउनको इच्छामा सहयोग गर्न एक संस्थाले ल्यापटप उपहार स्वरुप सहयोग गरेको छ ।

शारीरिक असक्तताका कारण एसएलसी परीक्षा उतिर्ण गरेको २ वर्षसम्म आफ्नो पढाईलाई अगाडि बढाउन नसकेका युवा हुन महोत्तरी सहोरवा गाविस ७ हर्दियाका २० वर्षिय विश्वजित झा ।
हाल सानोठिमी बस्दै आएका शारीरिक अपाङ्गता भएका उनले कम्प्युटरको आधारभूत तालीम लिसकेका छन् ।

शारीरिक अशक्तताका कारण एसएलसी परीक्षा उतिर्ण गरेतापनि कलेज पढ्न नसकेका ति युवालाई टिम नेपालका संस्थापक अध्यक्ष एवम युवा समाजसेवी प्रदिप बज्राचार्य र अर्का समाजसेवी लोकनाथ बास्तोलाले करीव ३५ हजार मुल्य बराबरको नयाँ ल्यापटप उपहार दिएका थिए ।

एसओएस वालग्राम सानोठिमीका आयोजना निर्देशक खगेन्द्रकुमार नेपाल र पत्रकार बलराम प्यासीको पहलमा प्राप्त सो ल्यापटप आइतबार एसओएस वालग्राम सानोठिमीमा ती युवा झालाई प्रदान गरिएको थियो ।

ल्यापटप उपहार पाएपछि आफुले जीवनकै सबभन्दा ठुलो कुरा पाएको र यसको सहयोगमा घरमै बसेर उच्च शिक्षा हासिल गर्नसक्ने ती युवाले बताए ।

विगतमा आफुलाई अपाङ्गता भएकै कारण सबैले हेँला गरेकोमा गुनासो गर्दै ल्यापटपको सहयोगमा आफुले केही गरेर देखाउने बताए ।
उनका बाबु चन्द्रभुषण झाका अनुसार दुबै खुट्टाले काम गर्न नसक्ने उनलाई भारतको राजस्थानमा रहेको नारायणसेवा आश्रमले उपचारको साथै एउटा ह्विलचियर दिएको छ । जसकोसहयोगमा उनी हिँडडुल गर्नसक्छन् ।

आफ्नै आफ्नै जाती समुदायको मात्र कुरा गर्ने गलत प्रवृत्तिका मान्छेहरुका लागि यो कार्यक्रमले सहयोगी मनले जाती समुदाय छुट्याउदैन भन्ने सन्देश पनि दिएको छ ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...