...

Monday 13th July 2026

सरकारवादी मुद्दा किन हार्छ सरकार पटक पटक ?

विशेष सम्वाददाता

काठमाडौं ।
सरकारवादी मुद्दामा किन सरकारले पटक पटक बढी हार व्यहोर्छ भन्ने अनुसन्धान गरी त्यसलाई रोक्नका लागि सरकारी वकील र प्रहरीका अनुसन्धान अधिकारीहरु वीचको पहिलो ऐतिहासिक तीन दिने संयुक्त राष्ट्रिय सम्मेलन शुक्रबार राजधानी काठमाडौंमा शुरु भयो ।

सम्मेलन उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराधको अन्तराष्ट्रियकरण भइरहेको भन्दै संगठित अपराध रोक्नका लागि यो कार्यक्रम ऐतिहासिक भएको बताउनु भयो ।
कार्यक्रमको आयोजकमध्येका महान्यायाधिवक्ता रमण श्रेष्ठले यस प्रकारको कार्यक्रम पहिलो पटक आयोजना गर्न सकेकोमा सन्तुष्टि व्यक्त गर्नु भयो । साथै उहाँले यो ऐतिहासिक पहलबाट सरकारवादी मुद्दामा हार व्यहोर्ने क्रम अन्त्य हुने, अनुसन्धान अझ गहनरुपमा हुन सक्ने र पर्नु नपर्ने मुद्दाहरु अदालत र प्रहरीको प्रक्रियामा नै नआउने समेत विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा कानुन मन्त्री अजय शंकर नायकले जतिसुकै राम्रो कानुन भए पनि सरकारी निकायहरुकै वीचमा समन्वय कम भएका कारण सरकारवादी मुद्दामा हार हुने गरेको बताउनु भयो ।
कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीस गोपाल प्रसाद पराजुलीले यस प्रकारको कार्यक्रममा अदालत समेतलले सहभागिता जनाएको भए उचित हुने थियो भन्नुभयो । साथै उहाँले व्यष्टितहका यस्ता सोचका कार्यक्रमहरुले समष्टितहका परिणामहरु प्राप्त गर्न सहयोग पुग्ने समेत उल्लेख गर्नुभयो ।

आयोजक मध्येकै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सरकारी वकीलको निर्देशनमा प्रहरी अनुसन्धान अघि बढ्ने तर अनुसन्धानकर्ताले जति गहन अनुसन्धान गरे पनि अभियोजनका समयमा साना वेवास्तहरुले मुद्दामा हार व्यहोर्नु परेका केही अनुभवहरु प्रस्तुत गर्नुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले सरकारी वकीलको रोहवरमा बयान गरिएको भनेर कागजात तयार हुने र कानुनमा पनि सोही व्यवस्था भए पनि व्यहारमा त्यस्तो नभई प्रहरीले मात्र वयान गराउने क्रम रोकी अनिवार्य रुपमा सरकारी वकीलकै अगाडि बयान गराउनु पर्ने आवश्यकता औंल्याउनु भयो ।

कार्यक्रम शनिबार र आइतबार समेत ३ दिनसम्म चल्ने बताइएको छ ।

 

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...