Saturday 18th July 2026
कोबेमा एन आर एन कान्साइको तीज कार्यक्रम
एन आर एन कान्साइले यही भदौ ७ अर्थात् अगष्ट २२ तारिकका दिन जापानको कान्साइको कोबे स्थित नादाकुमिन सेन्टरमा तीज कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालका चर्चित कलाकारहरु पूर्ण कला बि.सि., रमेश राज भट्टरार्इ र सरिता गुरुङको धमाकेदार प्रस्तुती रहेको उक्त कार्यक्रममा लोक गीत संगीतको क्षेत्रमा सफलता पछ्याउँदै गरेका कलाकारहरु कुलबिर थापा, दिनेश केसी र सुशिल ज्ञवालीले आ आफ्नो प्रस्तुती राख्नु भएको थियो।
महिलाहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा आफुहरुले एन आर एन कान्साइलाई माइती सम्झेको बताउदै धन्यवाद ब्यक्त गरेका थिए ।
समाज सेवी तुलसिराम खरेल प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रमको सभापति एन आर एन कान्साइका संयोजक भुमिराज दवाडी रहनुभएको थियो भने संस्थाका उप संयोजक तथा कार्यक्रमका संयोजक कृष्ण शर्मा गैरेले स्वागत मन्तब्य राख्नु भएको थियो ।
कान्साइका बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका सचिव विकास पराजुली र संचारकर्मी पुरुषोत्तम लामिछानेले नेपाल बाहिर रहेका नेपालीहरुले नेपाली संस्कृतिको सम्बद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको थियो । ।
कार्यक्रममा एन. आर. एन. कान्साइले कलाकारहरुलाई खादा तथा सम्मान पत्रले सम्मान गरेको थियो ।



तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...