Saturday 11th July 2026
काठमाडौंमा ब्ल्याक आर्मीेको प्रदर्शन, मुख्य माग दुई दलीय व्यवस्था र राष्ट्रवादीको हातमा सत्ता
भाद्र २४, काठमाडौं
विशेष सम्वाददाता

परम्परागत बहुदलीय व्यवस्था असफल भइसकेको निश्कर्ष निकाल्दै अब दुई दलीय व्यवस्थामा जानु पर्ने र सरकारले नै वैदेशिक रोजगार प्रबद्र्धन केन्द्रमार्फत विदेशमा युवा बेच्न बन्द गर्नु पर्ने माग सहित शनिबार काठमाडौंमा विशाल प्रदर्शन भएको छ ।
सरकार स्वदेशमै काम गरेर खान दे मूल नारा सहित काला टि शर्टधारी व्ल्याक आर्मीको प्रदर्शन भृकुटी मण्डपबाट शुरु भएर भद्रकाली न्यूरोड तर्फहुँदै जमलबाट कमलादी पार गरेर रत्नपार्कमा पुगी कोण सभामा परिणत भएको थियो ।
स्वतन्त्र, जुनसुकै पार्टीमा भए पनि वा कुनै पनि पार्टीमा नभए पनि साँसद खरिदबिक्री, उम्मेदवारको टिकट खरिदविक्री हुने पुरानो विकृत बहुदलीय व्यवस्था विरुद्ध अबको नयाँ विचार दुई दलीय व्यवस्था, वेरोजगारी अन्त्य र समृद्धि मात्र हो भन्ने तथ्यमा विश्वास गर्ने सबै व्यक्तिहरुको साझा मञ्चको रुपमा स्थापित राष्ट्रवादी केन्द्र नेपालको आयोजनामा सो प्रदर्शन भएको केन्द्रका केन्द्रीय संयोजक चन्द्रबहादुर थापा सागरले बताउनु भयो ।

सरकार स्वदेशमै काम गरेर खान दे भन्ने नारा लेखिएका काला टिशर्ट लगाएका व्ल्याक आर्मी सहित सबैभन्दा अग्रभागमा ६ फिट अग्ला नेपालका एक जोर राष्ट्रिय झण्डा, त्यसपछि राष्ट्रिय झण्डा बोकेका १००० जना राष्ट्रवादी केन्द्रका पूर्णकालिक अभियन्ताहरु र सो पश्चात राष्ट्रवादी केन्द्रका संगठित अभियन्ताहरु तथा सो पश्चातको पंक्तिमा समर्थक, शुभेच्छुक र स्वतन्त्र नागरिकहरुको सहभगिता रहेको थियो ।
कोण सभालाई सम्बोधन गर्दै संयोजक सागरले यो व्ल्याक टि शर्ट मुभमेन्टले एउटा बौद्धिक विद्रोहको शंखघोष गरेको र निकट भविष्यमै राष्ट्रवादीको नकाब लगाएका युवालाई विदेश बेच्ने नीति नै बनाउने पूरातन विकृत बहुदलीय व्यवस्थाका पक्षधरहरुलाई जनताले अब दुई वटा मात्र दल भएको व्यवस्थाका लागि संवैधानिक परिवर्तनको पक्षमा उभिन वा आफ्नो पद र पार्टी छोड्न दवाब दिने ठोकुवा गर्नु भयो ।
उहाँले राष्ट्रवादी केन्द्रका हजारौँ पूर्णकालिक कार्यकर्ता तयार भइसकेको पनि उल्लेख गर्दै युवाहरुलाई सीप सिक्न र अध्ययन गरी नेपालमै योगदान गर्न बाहेक विदेशीको दास बनाउने नेपाली नेताले तयार गरेको नीतिका विरुद्ध स्वदेशमै रहेका राष्ट्रवादी आन्दोलनमा सरीक हुन र बढीमा ५ वर्ष भित्रैमा राष्ट्रवादीको हातमा सत्ता ल्याउनका लागि आह्वान पनि गर्नु भयो ।

तर उहाँले राष्ट्रवादी केन्द्रले तत्कालै सत्तामा जाने राजनीतिक दल सञ्चालन गर्न लागेको नभई पूराना हालसम्मका शासकहरुले बन्द गराएका सबै कलकारखाना तत्काल सञ्चालनमा ल्याई दुई दलीय व्यवस्थामा जान पुरानै दलहरु तयार भएमा अर्को कुनै दलको आवश्यकता नपर्ने तर त्यसका लागि तयार नभएमा भने राष्ट्रवादी केन्द्र आफै तयार हुने पनि प्रष्ट पार्नु भयो ।
कार्यक्रममा केन्द्रका अर्का नेता डा प्रशान्त पाण्डेले पनि सोही कोणबाट आफ्ना विचारहरु राख्दै बौद्धिक र शान्तिपूर्ण विद्रोहको आधार तयार भइसकेको बताउनु भयो ।
केन्द्रले यो दोस्रो चरणको प्रदर्शन भएको र आगामी प्रदर्शनहरु अझ सशक्त बन्ने र देशभरका सबै शहरहरुमा केद्रका समितिहरु गठन भएको तथा ती सबै प्रमुख स्थानहरुमा प्रदर्शन गरिने पनि बताइएको छ ।

राष्ट्रवादी केन्द्र, नेपालको केन्द्रीय कमिटि बैठकले पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु पश्चात अन्य आन्दोलनका कार्यक्रमरु पनि तय गरेको छ ।
केन्द्रले गत पुस १५ गते देखि राजधानी केन्द्रीत आन्दोलन घोषणा गरेको हो । सनातन धर्म संस्कृतिको रक्षा, असमान सन्धी सम्झौताहरुको खारेजी, प्राकृतिक स्रोत साधनको व्यापक उपयोग, आत्मनिर्भर अर्थतन्त्र, राष्ट्रवादीहरुको हातमा राज्यसत्ता, बेरोजगार वर्गहरुको मुक्ति, जनजिविका समस्याको माग उठाउँदै केन्द्रले आन्दोलन थाल्ने निर्णय गरेको थियो ।
केन्द्रले पुरानो शैलीको बहुदलिय व्यवस्था असफल भै सकेकोले यी व्यवस्थाले गरेको असंवैधानिक कार्यहरु खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख समेत दुई दलिय व्यवस्था हुनुपर्ने, जसका कारण सत्तामा स्थायित्व हुने राष्ट्रवादी केन्द्रको भनाइ रहेको छ ।

राष्ट्रवादी केन्द्रले आन्दोलन राजधानी केन्द्रीत र शान्तिपूर्ण हुने जनाएको छ । वर्तमान परिस्थितिमा राष्ट्र निकै संकटमा गुज्रिरहेको परिप्रेक्ष्यमा केही कर्तव्य निष्ठ, राष्ट्रप्रेमी युवा, बुद्धिजिवी, राजनीतिक विश्लेषक, इतिहासविद्, राष्ट्र सेवकहरुको पहलमा एउटा साँच्चै राष्ट्रवादी केन्द्रको स्थापनापश्चात राष्ट्रिय स्वाधिनताका लागि आन्दोलन थालेको हो । जँहा हजारौंको संख्यामा बेरोजगार युवाहरुलाई समेत संगठित गर्दै उनीहरुको श्रम, सिप र क्षमतालाई अब सामन्ति एवं विदेशी एजेन्टहरुको चाकरी तर्फ नभई राष्ट्र हितको क्षेत्रमा सदुपयोग गर्ने उद्देश्यले नेपालको श्रम र सिपलाई एकिकृत गर्दै स्वदेशलाई आर्थिक समृद्धिका दिशातर्फ उन्मुख गर्दै वर्तमान राज्यसत्तालाई खबरदारी गर्दै आन्दोलनमा उत्रिन लागेका हुन् ।
केन्द्रले विभिन्न क्षेत्रमा लामो समयदेखि अनुभव हाँसिल गरेका विभिन्न व्यक्तिहरुको सल्लाह एवं मार्गनिर्देशनका कारणले पनि अवका राज्यसत्ता युवा वर्गको हातमा जानुपर्ने केन्द्रका संयोगक थापाले बताउनुभयो । विभिन्न क्षेत्रमा घटित भ्रष्ट्राचारलाई निरुत्साहित गर्दै युवामुखि नीति लिदै अघि जान सकेमा छिट्टै नै नेपालले आर्थिक समृद्धिमा फट्को मार्ने र देशको नयाँ एंव देश भक्तहरुको उदयमान शक्तिको रुपमा राष्ट्रवादी केन्द्र, नेपाललाई स्थापित गर्ने पनि उनले बताए ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...