...

Friday 10th July 2026

किड्स ट्यालेन्ट हण्ट २०१७ को उपाधि रुविसा बस्नेतलाई

किड्स ट्यालेन्ट हण्ट २०१७ को उपाधि रुविसा बस्नेतले जितेकी छन् । ७ प्रतियोगिलाई पछि पार्दै बस्नेतले उपाधि चुमेकी हुन् ।दीपश्री क्रिएटिभ मिडियाले विहिबार आयोजना गरेको प्रतियोगितामा फष्ट रनरअप आर्या लामिछाने र सेकेन्ड रनर अप सेविका रानामगर चुनिए । राष्ट्रिय नाजघर जमलमा सम्पन्न प्रतियोगितामा उपाधि विजेता बस्नेतले विजेता ट्रफि, तिस हजारको चेक र विभिन्न उपहार समेत प्राप्त गरिन् ।

प्रतियोगितामा मोष्टट्यालेन्ट प्रशंसा रोकाया, मोस्ट फोटोजेनिक प्राप्ती पराजुली र केकेन महर्जन, मोस्ट फ्रेण्डलीमा योगीता खत्री, वेस्ट प्रस्नालीतिमा स्वर्णलता चौधारी, मोस्ट डिसिपिलेनमा कुनाल चौधरी, मोस्ट हेण्डसममा बैशव पौडेल, मोस्ट विउटीफुलमा सेविका राना मगर, वेस्ट ड्रेसमा मेमोरिका विष्ट, वेष्ट हियरमा रेमन कार्की, वेस्ट स्माइलमा सुजल श्रेष्ठ, वेस्ट पोजमा शैईम मानन्धर, वेस्ट हेण्डराइटिङ्गमा सिनियरमा आर्या लामिछाने, जुनियरमा कुशल प्रजापति, मोस्ट कन्फिडेण्टमा अन्मोल महर्जन, मोष्ट इनेरजेटिभमा रुविसा बस्नेत, वेस्ट वाक् अन्वेशा जोेशी, वेस्ट लिडरसिप अजर श्रेष्ठ, अर्गनाइजर च्वाइस एन्जल श्रेष्ठ, मोस्ट पङ्चुवल सम्योग संजेल, एाय्याट्क्«भ आइज सम्मान वाग्ले, वेस्ट हाइजीन सेविन्स रानामगर, मोस्ट इस्टइलिस्ट रितृशा महर्जन, भिवर्स च्वाइस रुवी गोयल, मोस्ट अनेस्टमा महिमा अग्रवाल घोषित भए ।

ट्यालेण्ट हण्टले उनिहरुमा क्षमता विकास, लेख्ने अभ्यासको विकास लगायत भित्री क्षमतालाई सबैसामु प्रस्तुत गर्न सघाउ पुर्याएको संस्थाका निर्देशक दिपक लामिछानेले बताए ।

अन्तिम प्रतिस्पर्धामा गायक एस कुमार, राजधानी दैनिकका सह सम्पाद डब्बु क्षत्री, मिस राजधानी २०१७ को विजेता शर्मिला सापकोटा, स्मल वन्डर प्रिप्राइमरी स्कुलका फाउण्डर बन्दना श्रेष्ठ लगायत निर्णायक रहेका थिए । मिस टिन विजेता सिम्रन पन्त र डान्स नेपाल डान्सका विजेता तितिक्षा मगरको कोरियोग्राफी रहेको कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । साँगीतिक कार्यक्रमका साथ सम्पन्न प्रतियोगितामा गायक एस कुमार, दयाह्याङ्ग राई, वुद्धि तामाङ्ग लगायक मिस्टर झोलेका टिम सहभागी थिए । उपत्यकाका २३ विद्यालयबाट छनौट गरि असोजबाट सुरु गरिएको यो प्रतियोगीतको फाइनलमा २६ जना सहभागी भएका रहेको इभेन्ट संयोजक शुमु शर्माले बताइन् । सो प्रतियोगितालाई को स्पोन्सर सिताराम गोकुल्स मिल्कस रहेको थियो ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...