...

Thursday 21st March 2024

कविता : चालीस कटेसी होइन, अहिलै रमाउने !

कविता

चालीस कटेसी होइन, अहिलै रमाउने =========
(गणतन्त्र र संघीयता ल्याइदिएर, केन्द्रदेखि वडासम्मका सबै
नेतालाई जागिर खुवाइदिएर, आफू चाहिँ अरब, दुबई , कतार , मलेसियाको सरकासँग जागिर माग्दै , आज विवाह गरेकी श्रीमति नेताका जिम्मा लगाएर बाकसमा भरिएर आउने गरी  ‘रमाउँला साइँली चालीस कटेसी ‘भन्दै विदेश  हिँडेको jएउटा वैदेशिक मजदुरको भावना)

चालीस कटेसी होइन, अहिलै रमाउने

© स्वागत नेपाल

©स्वागत नेपाल

आफ्नै परिवारका सदस्यको
छातीमा लागेको गोलीसँग
आफ्ना नेताका लागि
लोकतन्त्र र गणतन्त्र साटिदिएर
केन्द्रदेखि वडासम्मका
सबै नेतालाई जागिर खुवाइदिएर
आफू चाहिँ अरब, दुवई, कतार र
मलेसियाको सरकारसँग जागिर माग्दै
हिजो विवाह गरेकी नवदुलहीलाई
तिनै नेताका जिम्मा लाएर
आफू चाहिँ
‘रमाउँला साइँली चालीस कटेसी’ भन्दै
ऊ लाग्यो विदेशतिर
र, फेरि उताबाट
रातदिन काम गरेको
तलबबाट कटाएर
लेभी तिर्न
पठयो पैसा पार्टीलाई
तिनै पार्टीलाई
जसले उसलाई
आफ्ना बुढा बाआमासँग
बस्न दिएनन्
जसले यो देशका उद्योगधन्दा
विदेशीको इसारामा बेचेर
उसलाई पनि
विवाहकै भोलिपल्ट
बेचिदिए विदेशतिर
………….
थुक्क मैले ल्याएको प्रजातन्त्र
थुक्क मैले ल्याएको लोकतन्त्र
थुक्क मैले ल्याएको गणतन्त्र
……….
मलाई यो कविता लेख्न मन लागेन
कविता लेखिरहनु भन्दा
यो युवा वेचुवा संघीयता
नागरिक वेचुवा लोकतन्त्र
ध्वस्त गर्न मन लाग्यो
खत्तम गर्न तन जाग्यो

कविता लेख्न छोड्छु
तिनका घाँटी नाप्छु
तिनका छाती छेड्छु
तिनका पाता कस्छु
अब धर्ना बस्छु
एक/एक हिसाब लिन्छु
खोई मेरो लोकतन्त्रको लागि बगेको रगत ?
खोइ मेरो पजातन्त्रको लागि खसेको आँसु ?

मलाई विवाहकै भोलिपल्ट विदेश पठाएर
तिम्रा छोरानातिले ३/४ वटा विहे गर्ने ?
मलाई ४० कटेसी रमाउनू भनेर
बाकसमा फिर्ता बोलाउने ?
अनि तिमी चाहिँ
पितृ हुञ्जेल यो देश लुटेर खाने ?

अब लेखिन्न कविता
बोकिन्छ हतियार
विचारको
विवेकको
तर्कको

साँच्चैको राष्ट्रवादी विद्रोहको !

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...