...

Monday 25th March 2024

दशैं,नियती र आर्शिबाद

-कृष्ण सुबेदी (गंगा)

मेरो निधारलाई संझेर
मेरी आमाले मुछेका टिकाहरू
मेरो शिर सजाऊन
मेरी आमाले राखेका जमाराहरू
बर्ष भरीलाई पुग्नेगरी दिन
मेरी आमाले मन मनै साचेका आशिषहरू
संझेर
यहाँ म मन जलाई रहेको छु
संझेर
उहाँ बाटै भरी आखा बिछ्याई
मेरी आमा मलाई कुरीरहनु भएको छ ।

म सानै छदा
बाबालाई पनि कैयौ दशै यसै गरी कुरेको याद छ
मेरो छोरा पनि सानै छ
तर
उसले पनि मैले जस्तै
दशैमा बाबा कुरेको याद राख्ने भो
माफ गर छोरा
तिम्रो शिरमा एक हात राखेर
अर्को हातले टिका लगाईदिएको
त्यो सुखद कल्पना गरे

बरर्र आशु झरे

घडीका सुईमात्रै घुमे
हामी र हाम्राहरू गुडेर जान्थे
अहीले उडेर गएका छन्
तर सधै परदेशी नै भएका छन्
म र म जस्ता धेरै को के नै ढुलो चाहाना छ र
हे नेता हो
बस् देसमा गरीखाने माहोल बनाई देऊ !

कि मेरी आमाले जस्तो
तपाईकी आमाले
सत्कर्म गरेस्, सबैको भलोहुने काम गरेस्
दुनियाले गन्यमान्य भएस् , सधै शिर ऊच्च गरेर हिडेस्
भनेर आशिरबाद दिनु भएको थिएन र !

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...