...

Thursday 18th April 2024

प्रधानमन्त्रीका अशोभनीय कटाक्ष

हरि वाग्ले

लेखक : हरि वाग्ले

कलँकीबाट त्रिपुरेश्वर हुदै बागबजार जाने क्रममा त्रिपुरेश्वर चोकमा मेरो बाइक अचानक रोकियो । बाइक रोकिनुमा अन्य कारण थिएन । म त ट्राफिक प्रहरीको सुरिलो स्वर र तिखो नजरले रोकिन विवश भएको थिएँ । ,झलक्क याद आयो सडकमा चलेपछि यसको मर्यादा पनि त पालना गर्नु पर्यो । मेरो अगाडि कानुन र कानुनी आदेश दुवै कर्तब्य सम्झेर स्वीकार गर्नु नागरिकका हिसावले अनिवार्य थियो । राजधानी शहरको कोलाहल वातावरण बिच ती टाफिक प्रहरीको भेषमा रहेकी सुन्दरीको लाली ओठ र गुलावी गालामा टासिएको धुलोले शहरको वातावरण र सभ्यतालाई गिज्याई रहेको थियो । मेरा अाँखा भने मेरै अगाडि रोकिएको मोटरसाइकलको पछाडि टाँसिएको सरकार भेटियो न्याय भेटिएन भन्ने स्टिकरसगै बलात्कारपछि हत्या गरिएकी १३ बर्षिय निर्मला पन्तको तस्वीरमा पर्यो जसले मलाई भावुक बनायो र मनमनै भन्न विवश बनायो के न्याय नभेटाएपछि सरकार भेटिन्छ र ? अर्थात् न्याय दिनै नसक्नेलाई पनि सरकार भनिन्छ र ? प्रश्नले मनमा डेरा जमाइरह्यो ।


श्रमिक र किसानको सर्बोत्तम हित चिताउने दस्तावेज र चुनावी घोषणपत्र प्रस्तुत गरेर सत्तामा पदासिन कम्यूनिष्ट पार्टिको सरकार कुहिरोमा रुमलिएको जहाजमmै दिशाहीन प्रतित हुदैछ । माक्र्सले पुँजिपतिका हातमा उत्पादनका साधन हुन्छन् राज्य तिनै पुजिपतिको संरक्षण मात्र गर्दछ भन्ने मान्यताका साथ उनले राज्यबिहिन समाजको परिकल्पना गरेका थिए । अहिले माक्र्सको भनाइ पुष्टि हुने गरी माक्र्सवादी के पी शर्मा ओली पुजिपतिको संरक्षणमा लागेको प्रतित हुदैछ । किनभने, यो देशमा किसान मजदुर र सुकुम्वासीका लागि कुनै नीति बन्दैन र उनीहरुले प्रतिनिधित्वको अवसर पाउलान् जस्तो पनि देखिँदैन । साथै दुईतिहाईको बागडोर सम्हालेको यो सरकार आफूलाई अब्बल दर्जाको सेवक सावित गर्नत धेरै पछाडि परिसकेकैछ । तथापि मुलुकमा बेथिती उत्पादन गर्ने ऐजेरुहरुलाई समाप्त गर्ने शासक बन्न पनि सकेको छैन । केही समय पहिलाको विषय हो देशमा सरकार भेटियो तर न्याय भेटिएन भन्ने जनताको आवाज बुलन्द भयो । आफ्नो भरणपोषण गर्न र राज्यदोहन गर्न अभ्यस्त तर जनतालाई न्याय दिन असमर्थ रहेको यो सन्देश के सरकारलाई नालायक सावित गर्ने आधार होइन र ?


कृषिप्रधान देशमा कृषि र कृषकका समस्याबारे ससदमा कुनै नीति पारित हुदैनन् । कुनै नीति बनिहाले कार्यान्वयनमा तदारुकता हुदैन । लाखौलाख किसानको ससदमा कुनै प्रतिनिधित्व पनि गराईदैन । श्र्रमिकहरुको प्रतिनिधित्व छैन जसका कारण नीति निमार्ण तहमा उनिहरुका बारे बोलिदिने,आवाज सुनिदिने कोही हुदैन । ठूला र प्रभावशाली भनाउदाहरुले आफ्ना स्वार्थसिद्ध गरेका कयौं उदाहरण छन् तर काम गर्दा गर्दै गरीब किसान र मजदुर दुर्घटनामा परे उनिहरुका लागि कोहि हुदैन । यतिमात्र होईन उनिहरुका आश्र्रित परिवार अलपत्र र बिचल्लीमा पर्ने गरेका छन् । विश्वका मजदुर एक हौं भन्ने सन्देश दिने कम्युनिष्ट सरकार किसान, श्रर्मिक,भुमिहिन र सर्बहाराप्रति भन्दा कमिसन दिने दलाल प्रति नतमस्तक छ । दैनिक जसो कुनै न कुनै कार्यक्रममा सरकारका मन्त्रीहरु देशको विकास गर्न कृषि,जलस्रोत, पर्यटन जस्ता क्षेत्रको विकास गर्नुपर्ने भाषण सुनाउन अभ्यस्थ छन् तर सरकारको नीति निमार्ण र कार्यान्वयन तहमा उदासिन हुनेमात्रै होइन बिचौलिया,कालाबजारी र कमिसनखोरहरुको स्वार्थ अनुकुलको काम गर्न पछि पर्दैनन् । र, बढिभन्दा बढि स्रोत लुकाउन मिल्ने र शक्तिले उन्मादको सौभाग्य प्राप्त हुने गृह मन्त्रालय यिनीहरुको प्राथमिकतामा पर्ने गर्दछ ।


सविधानमा समाजवाद उन्मुख राष्ट्र भनेर लेख्दैमा कोही समाजवादी हुदैन । बिगतका सरकारलेझैं दलाल पुँजिपतिवर्गको सेवामा लाग्ने कुकर्म यो सरकारले पनि त्याग्न नसके बिगतका सरकारझैँ यो दुईतिहाईको सरकार पनि आया राम गयारामकै नियती भोग्न तयार हुनुपर्दछ । सरकारी साधनको दरुपयोग भएको देखेर आजित प्रतिपक्षको भातृसस्थाले सरकारी साधनमानै आगजनी गर्यो । यसरी आगजनी गर्नु कति उचित हो वा होइन जनताले नै मुल्याङ्ककन गर्नेछन् तर शासन प्रशासन हातमा लिएर बेथितीलाई रोक्नुपर्ने सरकार श्रृडखलावद्धरुपमा लापरवाहि र दुरुपयोग भईरहेको देख्दा पनि कानमा तेल हालेर बस्नुलाई सरकार लुटको राज कायम राख्न चाहन्छ भन्न पाईने कि नपाइने ? देशभर सबै नागरिक मस्त निद्रामा छन् हामीले सत्ताको आडमा जति श्वेतआतंक मच्चाए पनि सरकार ढलाउने ताकत कसैको छैन भन्ने ठानेमा अन्तत सरकारको मति आफ्नै भविष्यका लागि प्रतिउत्पादक सावित हुनेछ । नागरिकका राणा, राजा र पञ्चायतको कुशासनबाट भन्दा बढि आजित नेपालीहरु जननिर्वाचित सरकारबाटै अन्याय, विभेद अनि अविकास र पिछडिएको जीवन बिताउन विवश हुँदा वाक्क भएका छन् ।

सामान्य किसिमबाट परिवर्तन गर्न सकिने विकास निमार्णका काममा पनि देखिएको उदाशिनता र अक्रमण्यताले स्थानीय देखि सघीय सरकार प्रति नागरिकको विश्वास एवम् आस्था भन्दा घृणा बढदो छ । यसै सन्द्रर्भमा चीनिया नेता देङ सियाओपिङ्गले भनेझैँ बिरालो कुन रगको छ भन्नुभन्दा त्यसले मुसा मार्छ कि मार्दैन भन्ने महत्वपूर्ण हुन्छ भने मmै सरकार दुई तिहाई र एक तिहाई कुन हो भन्दा पनि माखो मार्छ कि मार्दैन त्यो महत्वपूर्ण हुन्छ ।


द्विपक्षिय सम्वन्धलाई ध्यानमा राखी पञ्चशीलका आधारमा मुलुकको सर्बोपरी हितका लागि अन्य राष्ट्रसग गरिने कुटनीतिक सम्वन्ध विस्तार गरिनु पर्दछ । यिनै मुलमर्मको ख्यालै नगरी सत्ताधारी दलका अध्यक्ष प्रचण्डद्धारा भेनेजुयला माथि अमेरिकी हस्तक्षेपको आशकामा अमेरिका बिरुद्ध विज्ञप्ती निकाले । अमेरिकाको बिरोध गर्नु हुदैन भन्ने पक्तिकारको भनाइ होइन तर कसैको पक्ष वा विपक्षमा नलाग्ने शदीयौँ पहिलेको हाम्रो परराष्ट्र नीतिमा आधारित असंलग्नताको तेजोबध गर्ने अधिकार र सुविधा कसैले पाउनु हुदैन भन्ने आशय हो ।

विश्वमा नेपालको सार्वभौम अस्तित्व र साख बचाउन हाम्रा पुर्वजहरुले कठिन मोडहरु पार गर्दै आजको नेपाल नासोका रुपमा हामीलाई सुम्पिएका छन् । द्वित्तीय विश्वयुद्ध लगतै द्वि ध्रुवमा विभाजित विश्वबाट युगोस्लाभिया, बर्मा र भारतसँगै गुटनिरपेक्षताको नीति अख्तियार गरी साम्राज्यवाद र अतिवादबाट बचाइराख्न हाम्रो अघिल्लो पुस्ताले गरेको योगदान कम मुल्यवान छैन । त्यसैगरी साम्यवादी अतिवादको भुँमरी एव पुँजिवादको दलदलबाट मुलुकलाई जोगाउन प्रजातान्त्रिक समाजवादी नीतिका साथ मुलुकमा सामाजिक न्याय सहितको आर्थिक सम्बृद्धि हासिल गर्ने सपना अद्यपि पूरा भएको छैन ।


सरकारका गतिबिधिले लोकगायक पशुपति शर्माले आफ्नो गीत मार्फत भनेमmै लुट्न सके लुट् कान्छा अरु देशमा पाइँदैन नेपालमै हो छुटले सार्थकता पाउने छ । सरकार गठन भएको पनि एक बर्षको समयावधि पूरा भइसकेको छ तर सरकारले देखिने गरी स्पष्ट गति लिन नसकेको मात्र होइन सरकारका सकारात्मक अभियानमा साथ दिन्छौँ भनेको प्रतिपक्ष र देशको चिन्ता गर्ने वुद्धिजीबि प्रति प्रधानमन्त्रीको कटाक्ष अशोभनीय छ । सरकारको एक बर्षको उपलब्धी सुनाउनुभन्दा उहाँको सम्वोधन प्रतिशोध साध्ने थलो शिद्ध हुनु दुर्भाग्यपूर्ण हो ।

त्यसैले प्रधानमन्त्री ज्यू नेपालमा कुन मोडलको कति समयमा कसरी विकास गर्ने सम्पूर्ण कार्यकारिणी अधिकार तपार्इँ र तपाईको मन्त्रिमण्डलमा छ । तपाईले राम्रो गर्नुहोस् तपाईको कार्यकाल नेपाल र नेपालीका लागि स्वणिम युग सावित होस् भन्ने अभिप्रायले दिएका सुझावहरुलाई मनन गर्नु होस्, एक्सन गर्नुहोस् रिएक्सन होइन, प्रधामन्त्रीको पद रिएक्सनका लागि होइन एक्सनका लागि हो । चेतना भया ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...