Saturday 18th July 2026
कान्साई वासी नेपाली हरुसंग अन्तरक्रिया नगरी हिंडेका नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेल राती अबेर सम्म कहाँ थिए ?

नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेल कान्साई बासि नेपाली हरुसंग अन्तरक्रिया नगरी भागे पछि ओसाकाको रात्रि बजारमा।
जापान भ्रमणमा रहेका अध्यक्ष खरेल र निर्देशक टंकनिधि दाहाल शुक्रवार ओसाका पुगेका थिए । ओसाकामा केहि सिमित ट्राभल एजेन्सीका प्रतिनिधिहरूसँग गोप्य रुपमा डिनर मिटिङ तय भएको थियो ।ओसाका स्थित दिपरसना इण्डियन नेपाली रेस्टूरेन्टमा आयोजित कार्यक्रमबारे अप्रत्यक्ष रुपमा जानकारी पाएपछि ओसाका,क्योटो,कोबे,नारा लगायतको ठाउँ बाट करीब ४० जना नेपाली त्यहाँ पुगेका थिए ।
बिधिबत जानकारी भने केहि जापानिज हरुलाई र अप्रत्यक्ष केहि नेपालीलाई मात्र थियो तर नेपाली हरु पनि कार्यक्रम हो हैन हुन्छ हुदैन भन्ने कुरामा आधिकारिक जानकारी नभएकोले अन्योल का बीच राष्ट्रिय प्रतिष्ठा जोडिएको बिषय भएकोले स्वतस्फुर्त त्यहाँ पुगेका थिए।जापानी समय अनुसार साँझको ६ बजे रेस्टुरेन्टमा पुगेको अध्यक्ष खरेल सहितको नेपाली टोली ८ बजे जापानी पाहुना हरुलाई बिदाई गर्ने निहुमा बाहिर निस्किएर गएका थिए।

किन नेपाली हरुलाई अपमानित गर्दै बिना जानकारी भागे खरेल?
साँझको १८:०० बजे सिमित आमन्त्रित जापानिजहरु संगको चिनजान कार्यक्रम भयो जसलाई नेपाल एयरलाइन का PSA पर्सनल एजेन्ट पाएका मध्येका एक भनिएका सुनिल केसीले सहजता गराएका थिए,त्यसपछि उपस्थित नेपाली हरुले खरेलसंग केहि जिज्ञासा राख्ने विचार गरे र खरेल पक्षले त्यसलाई नचाहदा नचाहदै सुन्नु पर्ने बाध्यता थियो,त्यसै क्रममा केहि नेपाली हरुलाई कन्ट्री म्यानेजर सन्तोष पाण्डेले एक एक गरि बाहिर लादै केहि पनि नबोल्न या कुनै पनि किसिमका प्रश्न हरु नगर्न कसैलाई कानेखुसी अनुरोध त कसैलाई हेपाहा प्रवृतिमा दबाब दिइरहेका थिए। यसै बिचका बाबजुद नेपालीहरूले ओसाका उडान कहिले हुन्छ ? यहाँबाट उडान नै नगर्न खोजिएको हो ?नेपाल एयरलाइनन्सका प्रबक्ताले जापानमा बिद्यार्थी जाने समय जुलाई हो तर हाम्रो उडान जुलाई ४ बाट भएकोले सबै भन्दा बढी बिद्यार्थी जाने समय लाइ हामीले समेट्न सकने र यस्तै कारणले गर्दा टिकट एउटा भन्दा बिक्री भएन भनेर संचार माध्यममा बिज्ञप्ति निकाले र फेरी लगतै १५० टिकट बिक्री भएको भनेर बिज्ञप्ति आयो जबकि बिद्यार्थी कै हकमा कुरा गर्दा जापानमा अध्ययनको लागि सबै भन्दा प्रमुख इन्टेक अप्रिल हो त्यसपछि अक्टोबर हो भने जुलाई भनेको अत्यन्त न्यून संख्यामा आउने सिजन हो यस्तो सत्यता लाइ लुकाएर प्रबक्ताले कान्साई बासि नेपाली लाइ मात्रै नभएर सम्पूर्ण जापान बासि नेपाली लाइ लज्जित गराउने र नेपाल एयरलाइनन्स लाइ डुबाउने खालको लज्जास्पद तर्क किन दिएको ? यसमा तपाईहरुले क्षमा याचना गर्नु पर्छ कि पर्दैन ? जस्ता प्रश्नहरू गरेपछि खरेल नेपालीहरूसँग एकाएक अशोभनीय तरिकाले प्रस्तुत भएका थिए।
त्यसपछि नेपाल एयरलाइन्सका जापानस्थित कन्ट्री डाइरेक्टर सन्तोष पाण्डेले केही नेपालीलाई एक्ला एक्लै लगेर सम्झाउने कोशिश समेत निरन्तर गरिरहेका थिए। प्रश्न कै क्रममा जापानमा नेपाल एयरलाइन्सको सांख जोगाएर राख्ने देवमान हिराचन जसलाई नेपाल एयरलाइन्सको नै बिशेष अनुरोधमा २००७ मा नेपाल एयरलाइन्स बन्द भएदेखि हाल सम्म अधिकारिक प्रतिनिधि अधिकार दिएको छ र सम्पूर्ण कार्य उहाँले गर्दा गर्दै आज उहाँलाई नै बाइपास गर्न खोजे जस्तो गरेर जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई आफैंले निमन्त्रणा पठाउन लगाएर देशको इज्जत लाइ नै ख्याल नगरी किन तपाई हरु यहाँ भनेर प्रश्न थपियो त्यो प्रश्न थपिने बित्तिकै खरेल एकाएक आक्रमक शैलीमा अशोभनीय तरिकाले प्रस्तुत हुदै ३०,४० बर्ष देखिमा यो पेशामा छु, के गर्नु पर्छ कस्तो गर्नु पर्छ मलाई तिमिहरुले सिकाउनु पर्छ ? को हो देवमान हिराचन भनेको ?Who is he ? भन्दै यो नेपालीहरु जहाँ गएपनि शोमत नै हुदैन भनेर असोभनिय सैली मा जापानिज पाहुना हरुको अगाडी नै गैरजिम्मेवार तरिकाले प्रस्तुत भएका थिए।यति भएपछी स्थितिलाइ खरेल आफैले असामान्य बनाउन खोजे पनि उपस्थित हरुले उहाँलाइ आफ्नो पदिय मर्यादा लाइ ख्याल गरेर जिम्मेवार भएर जवाफ दिन अनुरोध गर्दै यहाँ कोहि व्यक्ति संग को समस्या भन्दा पनि राष्ट्रिय गौरब ध्वजाबाहक रास्ट्रिय सम्पतिको समस्या भएकोले त्यसको लागि इमान्दारी भैदिन अनुरोध गर्दै उहाँले हरुको अनुरोध र चाहना लाइ मध्यनजर गर्दै खानपिन सकेर आमन्त्रित जापानिजहरु बिदाइ गरेपछि नेपालीहरु संग भद्र छलफल गर्ने भनेर खान पिन सुरु तिर लागे।

किन आक्रोशित भए नेपालीहरु?
भद्र सहमतिमा अन्तरक्रिया गरौ भनेर खानपिन गर्न लागेका सबै जब खानपिन सकियो तब आमन्त्रित केहि जापानिज हरुलाई पठाउने भनेर बाहिर निस्किएका अध्यक्ष खरेल बाहिर बाहिर भागिसकेको तर उनको बचन लाइ कदर गरि विश्वास गरेर हल भित्र प्रतिक्षा गरेर बसेका नेपाली हरुलाई पत्तै भएन। १५,२० मिनेट सम्म पनि खरेल भित्र नपसे पछि केहि नेपालीहरु बाहिर आएर व्यक्ति व्यक्ति काने खुसि गरिरहेका कन्ट्री म्यानेजरलाइ जिज्ञासा राख्दा उहाँ अर्को मिटिंग जानु भयो भनियो, अनि फेरी अर्को लाइ आराम गर्न फर्किनु भयो भनियो, जबकि त्यतिखेर सम्म संगै आएका निर्देशक टंकनिधि दाहाल भने त्यहि थिए,पाण्डेको गैरजिम्मेवार पारा बाट आक्रोशित भएको माहोलले उहाँलाई प्रश्न गर्दा खेरि तिमीहरुको अगाडी म छदै छु त तिमीहरु सबैलाइ म मिलाउछु भन्दै असभ्य भाषामा उपस्थितहरु संग पेश भएपछी तपाईले कसलाई तिमि भनेको सभ्य रहेर बोल्न सिक्नु तपाई ओसाका आएको ८ मैना भैसक्दा पनि तपाई को उपलब्धि के हो ?तपाई गैरजिम्मेवार ब्यक्ती बाट यहाँ केहि हुदैन खरेलजी लाइ तत्काल लिएर आउनुस नत्र परिस्थिति अर्कै हुन पनि सक्छ भनेर,गैर जिम्मेवार अभिव्यक्ति दिने हेपाहा प्रवृतिका पाण्डे प्रति उपस्थितहरु खानिएपछी,मैले बोल्न जानिन मलाइ माफ गर्दिनु होला म आफुलाई सुधार्ने प्रयास गर्छु भन्दै १० औलाले हात जोडेर भिड संग माफ माग्दै आफुले खरेल सर लाइ लिएर आउने बचन दिएर निक्लिए, तर दुर्भाग्य न त पाण्डे आए न त खरेल आए कान्साई वासी नेपाली हरु भने उहाँ हरुलाई रातको अबेर सम कुरेर बसिनै रहे।रातको २२:०० बजे सम्म कोहि नआएपछि रास्ट्रको इज्जत लाइ लिलाम गर्ने हरु बाट अपमानित भएका उपस्थितहरुले उहाँ बसेको होटलमै गएर भएपनि भेट्ने प्रतिबद्दता गरे र खरेल बसेको भनिएको Ritz Carlton होटल (जो संसार को सबै भन्दा महँगो होटल मा पर्छ)मा गए।यो बिचमा निरन्तर कन्ट्री म्यानेजर सन्तोष पाण्डे लाइ फोन गर्दा उनले फोन स्विच अफ गरिसकेको संकेत आइसकेको थियो। झन्डै १५ जनाको समूह खरेल बसेको होटलमा पुगेर उनको बारेमा जानकारी लिदा उनि अझै होटलमा फर्की नसकेको खबर आयो र गएकाहरु केहि समय होटल कै रेस्टुरेन्टमा एक घण्टा जति कुरेर बसे तर तब सम्म पनि खरेल फर्किएको कन्फरमेसन हुन नसकेपछि फर्किने सुरमा होटलमा पुगेको समूह लाग्दै गर्दा उनि ओसाका कै एक रात्री बजार तिर रहेको भन्ने खबर त्यहाँ प्राप्त भयो जसले गर्दा उनको नियतमा थप शंका गर्दै रातको २३:३० तिर होटलमा पुगेका कान्साई बासि नेपालीहरु बिना भेट फर्किन बाध्य भए।एनआरएन जापानको सल्लाहकार लगायत विभिन्न संघ संस्था राजनीति दलका प्रतिनिधि हरु उपस्थित भएको समूह मा ब्यबसायिक स्वार्थ संग जोडिएका कोहि पनि थिएन जति उपस्थित थिए सबै राष्ट्र र राष्ट्रिय गौरब को बिशेष चिन्ता संग जोडिएको बिषय भएकोले स्वोस्फ़ुर्त जोडिन पुगेका थिए।

स्वीकृति पाइसकेको ओसाकाको उडान घोषित मितिमा नगरी रास्ट्रको इज्जत नेपाली हरुको इज्जत र कान्साई बासि हरुको मर्म मा ठुलो चोट पुरयाउदै राष्ट्रिय ध्वजाबाहक लाइ धरासयी बनाउने खेलमा खरेल लागेको र बिचौलिया हरुको चलखेलमा अस्वाभाविक जबर्जस्त भ्रमण गरेर राष्ट्रिय ढिकुटी लाइ रित्तो बनाउने काम गरेको र उपस्थित नेपाली जनमानस लाइ अपसब्द र अभद्र ब्यबहार गर्दै भागेर हिडेको साथै यो सबैको पिछाडी कन्ट्री म्यनेजर सन्तोष पाण्डे पनि दोषी देखिएकोले मदन खरेल र सन्तोष पाण्डे ले सार्बजनिक रुपमा मागी माग्नु पर्ने भन्दै कान्साई निवासी नेपालीहरू आक्रोशित छन् ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...