विष्णु प्रसाद घिमिरे – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Mon, 30 Oct 2017 09:53:21 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 हे त्रिशुली https://www.swagatnepal.com/2017/10/2023/ https://www.swagatnepal.com/2017/10/2023/#respond Mon, 30 Oct 2017 09:53:21 +0000 http://www.swagatnepal.com/?p=2023 -विष्णु प्रसाद घिमिरे

सयौं खुसि, उमंग,सपना र योजना मात्रै हैन
वर्षेनी त्यतिनैं प्राण लिएर
दशकौं देखि तिमि निर्लज्ज बगिरहेकि छ्यौ ।।

तिमिले नावालक युवा,गर्भिणि ,वृद्धा
कसैलाइ छाडेकि छैनौं
कहिले वेहुलि बगाँउछ्यौ
कहिले वेहुला बगाँउछ्यौ
कहिले पुरै जन्ति बगाँउछ्यौ
कहिले कृयापुत्रि बगाँउछ्यौ
कहिले मलामि बगाँउछ्यौ …त…
कहिले एम्वुलेन्स बगाँउछ्यौ
प्राय: तिमि ;
वस,ट्रक,माइक्रो र भ्यानहरु बगाँउछ्यौ ।।

राजधानि भित्रिदैं
विदेशिने पासपोर्टहरु बगाँउछ्यौ
घर गाँउ फर्केको लाहुरे सगैं
कोशेलिहरु बगाँउछ्यौ
भर्खर भर्खर रगिंएका सिँउदोहरु
पुष्टिदैं गरेका गर्भहरु
ताते ताते गर्ने “मानवी यादव”हरु
खै कसरि बगाँउछ्यौ ??

चालक,सह-चालक भट्टि कुर्छन
सवारि धनिहरु विमा कम्पनि कुर्छन
ट्राफिकहरु हप्ता पुग्ने वार कुर्छन
सडक विभाग मोटो ठेकेदार कुर्छ
ठेकेदार बर्षा कुर्छ
तिमि तिनिहरुकै रमिता कुर्छयौ ।।

पुर्वाधार विकाशका योजनाहरु
सभा सेमिनारमा कोरिन्छन
पत्र पत्रिकामा छापिन्छन
नारामा घन्किन्छन
घोषणापत्रमा चिप्किन्छन
बिकल्पहरु बन्छन र तुइनछन
भ्रष्टचारले घुम्रिएको र साँगुरिएको “पृथ्विराजमार्ग ”
निर्विकल्प तिम्रो छेउ छेउ दौडिरहन्छ ।।

शास्त्रमा देवीले नस्विकारेको
पछिं,चौपायको “वलि”
तिमिले हामि सगं मागिरहेकि छ्यौ
साच्चि पाप र धर्म छ भनें ?
तिमिलाइ …….के र कति..लाग्ला ??

हे त्रिशुली ….
हे त्रिशुली यदि तिमि पाप पखाल्न चाहन्छ्यौ भनें
यो मुलुकको भ्रष्ट संयन्त्र सर्लक्कै
फेरि टुसा पलाउन नमिल्ने गरि बगाइदेऊ
तव तिमिले मोक्ष पाउनेछ्यौ
दिवंगत आत्माहरुले शान्ति ।।

(२०७४ कार्तिक ११ को वस दुर्घटनामा मृत सवै प्रति हार्दिक श्रद्दान्जलि)

 

-घिमिरे अनेसास जापानका अध्यक्ष
तथा अनेसास एसिया समितिका सचिव हुन

 

 

]]>
https://www.swagatnepal.com/2017/10/2023/feed/ 0