APF – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Tue, 13 Dec 2016 11:01:13 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले एकै भावनाकासाथ दायित्व निर्वाह गर्नुपर्ने : महानिरीक्षक अर्याल https://www.swagatnepal.com/2016/04/1201/ https://www.swagatnepal.com/2016/04/1201/#respond Fri, 08 Apr 2016 15:25:33 +0000 http://swagatnepal.com/?p=1201 12932910_1059674770772587_4446888419331185908_nकाठमाडौं, २६ चैत । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शान्ति सुव्यवस्था कायम राख्ने कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धेश्य एउटै भएकोले दुवै संगठनले एकै भावनाकासाथ दायित्व निर्वाह गर्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन अग्रसर रहनुपर्ने बताउनुभएको छ ।

प्रहरी महानिरीक्षक अर्यालले शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित आठौं सहवीर स्मृती खुल्ला लनटेनिस प्रतियोगिताको समापन कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।


सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा गत चैत २१ गतेदेखि संचालित उक्त प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक अर्यालले कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित हुन पाउँदा व्यक्तिगत सम्मानको रुपमा मात्रै नलिई नेपाल प्रहरीप्रतिकै सौहार्दताकोरुपमा आफुले लिएको उल्लेख गर्नुभयो ।


कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले देशको खेलकुद विकासमा सुरक्षा निकायले विशेष योगदान पु¥याउँदै आएको बताउँदै सशस्त्र प्रहरी बलको स्थापना शान्ति सुरक्षाको साथै खेलकूदको विकासमा पनि कोशेढुंगा साबित भएको उल्लेख गर्नुभयो ।

दुबै संगठन फरक भए पनि लक्ष्य प्राप्तिका खातिर खेलमा जस्तै भावनात्मक रुपमा एक भएर आत्मीयताका साथ देश र जनताको सेवामा लागिरहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक अर्यालले लनटेनिस महिला एकल तर्फकी विजेता झापाकी आइरा एम रावत र पुरुष एकल तर्फका विजेता ललितपुरका जितेन्द्र परियार तथा लनटेनिस मास्टर युगलतर्फका विजेताहरुलाई समेत शिल्ड तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले समारोहमा धन्यवाद ज्ञापन गर्नेक्रममा खेलमा टीमको भावना भए जसरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा समेत दुवै संगठनको भावना एउटै हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकूद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु लगाएत विभिन्न महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

]]>
https://www.swagatnepal.com/2016/04/1201/feed/ 0