Cabinet – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Thu, 27 Oct 2016 12:35:43 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 सपथ गोपनियता कि पारदर्शिताको ? https://www.swagatnepal.com/2016/08/1495/ https://www.swagatnepal.com/2016/08/1495/#respond Fri, 05 Aug 2016 11:42:58 +0000 http://swagatnepal.com/?p=1495 सपथ सम्बन्धी दर्शन र व्यवहारको अन्तर्य अर्कै छ
विश्वव्यापी रुपमा नै सपथलाई ‘अफर्मेटिभ स्टेटमेन्ट’का रुपमा लिइन्छ र यसमा नकारात्मक होइन, सकारात्मक रुपमा हेरिन्छ भन्ने एउटा सम्प्रदाय छ भने अर्को सम्प्रदायले यसैवीचमा यदि कार्यान्वयन नभए के हुने भन्ने पनि उल्लेख गर्ने गरेका छन् । त्यो शब्दमा सकारात्मक नभए पनि व्यवहारमा सबैभन्दा बढी सकारात्मक हो बरु । आजसम्म हामीकहाँ सकारात्मक सपथ गरेर गरेका सपथ कति पुरा गरे । त्यसको लेखाजोखातिर पनि लाग्ने हो कि ?
©स्वागत नेपाल

©स्वागत नेपाल

अंग्रेजीमा ‘ओथ’ भनिने सपथ शब्द ‘एंग्लो स्याक्सन’मा ‘प्लिट’ भनेर पनि बुझिन्छ । जसको पर्यायवाची शब्द ‘डिलेम्मा’ अर्थात् ‘फ्युजन’ पूर्वको ‘कन्फ्युजन’ भन्ने बुझिन्छ । सायद त्यही भएकाले होला लामो समयदेखि ‘कन्फ्युजन’मा रहेका छौँ । किनकि यो सवै राजनीतिक प्रक्रिया तातो न छारोको ‘फ्युजन’मा परेको छ ।

खासमा अंग्रेजी शब्दकोशले भनेको ‘स्टेटमेन्ट अफ फ्याक्ट’ भनेझैँ सपथ तथ्यको वाचा हुन्थ्यो भने हामीले हाम्रा मन्त्रीहरुलाई गोपनियताको सपथ ग्रहण गरेको मात्र देख्नु पर्दैनथ्यो बरु पारदर्शिताको चाहिँ सपथ ग्रहण गरेकोमा खुसी हुन पाउने थियौँ । किन पद तथा गोपनियताको सपथ ग्रहण गर्नु ? सपथ ग्रहण त पद तथा गोपनीयताको होइन, जनसेवा तथा पारदर्शिताको हुनुपथ्र्यो । सपथ नै गोपनीयता र पदको गरिएको हुनाले पदका लागि र आफ्ना गोप्य नकामहरु लुकाउनका लागि भविष्यपर्यन्त जे पनि गरिहरन ती सधैँ देखादेखी बाध्य हुनेछन् । यो हामीले भोगेको सनातनी अभ्यास पनि हो ।

क्रिश्चियन मुलुकहरुमा सपथको समयमा हात कि त बाइबलमा हुन्छ कित पवित्र भनिएको वाइबल पाठको पत्रमा । अथवा एक हात छातीमा पनि । हामीकहाँ छातीमा हात वा कुनै पवित्र पाठमा भन्दा पनि बढी अनुहार क्यामारामा हुन्छ सपथ लिनेहरुको । किनकि हामी आस्थामा आस्था राख्दैनौँ । भगवानमा विश्वास गर्दैनौँ क्यामेरामा विश्वास गछौँ ।

इस्लाम परम्परा अनुसार शासन चलेका मुलुकमा साहीह बुखारी पाठको सुत्र ४५:१५ अनुसार मोहम्मदको नाममा सपथ लिइन्छ र त्यहाँ केवल सपथ लिइन्न आफूले लिएको सपथअनुसार काम नगरेमा आफूमाथि सजायको मागको प्रस्ताव पनि आफैँ गरिन्छ ।

ग्रेसो रोमन परम्परामा भने सपथका लागि वा अरु बाचा बन्धनका लागि समेत स्थापना गरिने जुपिटर स्टोन अगाडि सपथ गरिन्छ । ‘ओथ स्टोन’ भनिने प्रतिमा अगाडि लिइने उनीहरुको सपथ सकेसम्म समूहमा म नभनी हामी भनेर लिइन्छ । हामीकहाँ समूहमा भए पनि एक्ला एक्लै म भनेर सपथ लिइन्छ । त्यसले समूहमा सपथ लिँदा समेत सामूहिक भावनामा बाँधिन नसकेको र व्यक्तिवादी भएको प्रमाण दिन्छ ।

१८८० मा चाल्र्स ब्राडलाफले बेलायतमा पहिलो पटक व्यवहारमा कार्यान्वयन नहुने सपथ इश्वरका नाममा लिन्न भन्ने अडान लिएका थिए । तर उनले सपथको सट्टा आफ्नो प्रतिवद्धताको प्रस्ताव सार्वजनिका रुपमा प्रस्तुत गरेका थिए । बरु हामीले त्यति मात्रै पनि पाठ सिके हुने हो ।

जर्मनी परम्परामा पहिलो पटक रोनाल्डले चार्लि म्यागनलाई ‘चान्सन डे गेस्ते’ भनिने एक प्रतिज्ञापत्रको पाठ पढाएर सपथ गराएको इतिहास अहिलेसम्मै एकले अर्कोलाई पाठ पढाएर सपथ गराइने क्रममा सुधार हुन सकेन । विश्वव्यापी रुपमा नै सपथलाई ‘अफर्मेटिभ स्टेटमेन्ट’का रुपमा लिइन्छ र यसमा नकारात्मक होइन सकारात्मक रुपमा हेरिन्छ भन्ने एउटा सम्प्रदाय छ भने अर्को सम्प्रदायले यसैवीचमा यदि कार्यान्वयन नभए के हुने भन्ने पनि उल्लेख गर्ने गरेका छन् । त्यो शब्दमा सकारात्मक नभए पनि व्यवहारमा सबैभन्दा बढी सकारात्मक हो बरु । आजसम्म हामीकहाँ सकारात्मक सपथ गरेर गरेका सपथ कति पुरा गरे । नयाँ नयाँ सपथ भन्दा त्यसको लेखाजोखातिर पनि लाग्ने हो कि बरु ?

बेलारुसमा राष्ट्रपतिले सपथ लिँदा यसपछिका सम्पूर्ण कर्तव्यको जिम्मेवारी म लिन्छु भन्ने उल्लेख गर्छन । ब्राजिलमा त्यहाँका राष्ट्रपतिले जनताको, देशको र कानुनको अक्ष्क्षुणता र अखण्डाको रक्षा तथा कल्याण गर्नेछु भन्ने वाचा गर्छन् । त्यहाँ सपथको वैधानिकता सुप्रिम फेडेरल कोर्टले पुरा गर्ने गर्छ । त्यहाँ सपथ गरेका व्यक्तिको काममा प्रभावित गर्ने कुनै पनि व्यक्तिलाई छुट दिइदैन । तर हामीकहाँ सपथ एउटाले लिने र सरकार तथा मन्त्रीलाई अरुले नै चलाउने चलन पुरानै हो । छिमेकी चीनमा राष्ट्रपतिले त्यहाँको संविधानको धारा ४८ अनुसार इश्वरका नाममा नभनी म व्यक्तिगत रुपमा जनताका अगाडि जनताको विश्वासमा घात नगर्ने वाचा गर्छु र यदि उल्लंघन भयो भने राज्यबाट सजायको भागिदार बन्नेछु भन्ने प्रतिबद्धता जनाइन्छ ।

भारतमा पनि जापानको जस्तै सपथमा इश्वरको नाममा वचन लिइन्छ तर मलाई सहयोग गर भनिन्न । बरु आफ्नो क्षमताले भ्याएसम्म गर्छु भन्ने सपथको पाठ प्रयोगमा छ । त्यहाँ वैज्ञाानिक पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामलो भविष्यका सामु कसम खान्छु भनेर ४० हजार बालबालिका अघि सपथ लिएको हामीलाई याादै हुनुपर्छ । तर, हाम्रा बालबालिका सबैभन्दा बढी राजनीतिज्ञलाई अविश्वास गर्छन् । किन होला ? वचन दिएर तोड्ने, जनताको साथ नछोडने सपथ खाएर छोड्नेहरुका कारण नै त्यस्तो भएको हो ।

कमन वेल्थमा अरुले गर्ने भन्दा फरक तरिकाले महारानीले बाइबललाई किस गरेर सपथ लिन्छिन् भने अरुहरु सबैले गड हेल्प मि भन्दै राज्य राष्टिय एकता सेवा गर्ने वचन दिन्छन् । समान सपथ सबैका लागि बाढिन्छ भने पनि हुन्छ । अष्ट्रेलियामा एउटा कमन वेल्थको र अर्को आफ्नो सपथ लिइन्छ । तर उनीहरुकहाँ राष्ट्रिय एकतामा सबैभन्दा बढी विश्वस्त सपथको पाठ र व्यवहारमा पनि देखिन्छन् । इजिप्टमा भने न त इश्वर भन्छन् नत मोहम्मद नै उनीहरु सपथमा राज्य , कानुन र जनताको मात्र रक्षा गर्छु भन्ने कसम खान्छन् । सपथले मात्र केही गर्दैन रहेछ भन्ने त इजिप्टले नै पनि देखाइसकेको छ । सबैभन्दा बढी घानामा आफना देशका जनतालाई सबैभन्दा माथि राख्ने प्रतिबद्धता सपथमा व्यक्त गरिन्छ ।

हामीकहाँ पनि पूर्ण रुपमा जनताका नाममा सपथ त्यो पनि पद तथा गोपनियताको होइन पारदर्शिता र जनताको नाममा मात्र व्यवहारमै कार्यान्वयन हुने दिन कहिले आउँछ होला ? अब यस्तै सपथ चाहिँ जो सुकैले जतिसुकै पटक लिए पनि केही हुनेवाला छैन । यसमा हामी सबै ढुक्क भए हुन्छ । तर ढुक्क यसमा पनि हुनुपर्छ कि यस्तै चलन भने अब धेरै समय टिक्नेवाला छैन ।

]]>
https://www.swagatnepal.com/2016/08/1495/feed/ 0