Don – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Sat, 09 Sep 2017 14:10:53 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 Show cause on Kumar Ghaite’s Death https://www.swagatnepal.com/2016/01/348/ https://www.swagatnepal.com/2016/01/348/#respond Mon, 18 Jan 2016 14:49:48 +0000 http://swagatnepal.com/?p=348 Case against the Death notice

TSN Reporter

18 January 2016, kathmandu:

Even after the death of a defamed name as a ‘Don’ Kumar Ghainte Shrestha couldn’t get rid of a new case at the procedural of the court of justice.

KumarPinky Shrepa, widow of Kumar issued a writ of certiorari against the Kathamndu Metropolitan office and some persons for registering the death information notice by the unknown new arrival chap who claimed to be younger brother of Kumar.

Taking her writ in hearing Judge Durga Dutta Bhatta from the single bench of the appellate court Patan ruled Monday the show cause in the name of the Metropolitan Office Kathmandu.

In the show cause order the Court has asked why not to declare defunct the death information notice registered by the unknown persons and register the new one by the name of Kumar’s widow Pinky.

Pleading the case on behalf of Pinky’s writ petition advocate duo Bhadra Prasad Nepal alias Swagat Nepal and Hari Sharan Jamakatel demanded the security of Pinky’s life. Both of them marked that the background of any one shall not be the cause of ruining of any women’s’ life.

Kumar was defamed as notorious gangster was shot dead in a gun battle at Kapurdhara, Samakhusi in Kathmandu by police squad of the Metropolitan Police Crime Control.

]]>
https://www.swagatnepal.com/2016/01/348/feed/ 0
कुमार घैंटेको मृत्युबारे कारण देखाउ आदेश : श्रीमति पिंकीको विलौना https://www.swagatnepal.com/2016/01/344/ https://www.swagatnepal.com/2016/01/344/#respond Mon, 18 Jan 2016 13:58:36 +0000 http://swagatnepal.com/?p=344 मृत्युपछि पनि छोडेन मुद्दाले

टिएसन रिपोर्टर
काठमाडौं, ४ माघ ०७२

चर्चित डन मानिने कुमार घैंटे श्रेष्ठको नामलाई मरिसकेपछि पनि मुद्दाले छोडेन । उनको प्रहरी कारवाहीमा भएको मृत्युपछि एकाएक उनको भाइ बताउने समूहले उनकी श्रीमति पिंकी शेर्पा किरियामा बसेको समयमा आफूलाई भाई बताउँदै सम्पत्ति खान वडा कार्यालयमा मृत्युदर्ता गरेपछि पिंकीले सो मृत्यु दर्ता बदर गरी आफू श्रीमतिको नामबाट मृत्यु दर्ता गरी पाउन पुनरावेदन अदालत पाटनमा उत्प्रेषणको रीट दायर गरेकोमा सोमबार अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

Kumar'Ghainte'Shrestha with Pinky

पिंकीले आइतबार पुनरावेदन अदालत पाटनमा आफूलाई श्रीमति होइन भन्ने प्रमाणित गर्न महानगरपालिका २९ नं. बडा कार्यालयमा सो समूहले मृत्यु दर्ता गराएको भन्दै बदर गराउन निवेदन दिएकोमा सो कार्यालयका कर्मचारीहरु समेतले राजनीतिक प्रभावका कारण बदर नगरेको दावीका साथ सो दर्ता उत्प्रेषणको आदेशबाट बदर गराउन माग गरेकी थिइन् ।

पुनरावेदन अदालत पाटनका न्यायाधीस दुर्गा दत्त भट्टको एकल इजलासले महानगरपालिका कार्यालय समेतका नाममा सो मृत्यु दर्ता बदर गरी पिंकीका नामबाट मृत्यु दर्ता किन नगर्ने भनी १५ दिनभित्र कारण देखाउन भनेको छ ।

पिंकीको तर्फबाट अधिवक्ताद्वय भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र हरिशरण जमकटेलले बहस पैरवी गरेका थिए ।

पिंकीका अनुसार आफू जीवितै छँदा उनका पनि कुमारले श्रीमति भनी विवाह दर्ता गराउँदा प्रहरीले खोजिरहेका कारण आफूले गर्दा श्रीमतिलाई पनि प्रहरीले दुःख दिन सक्ने भनी पछि विवाह दर्ता गराउने भनी आफ्नै घरमा आफ्नी सम्बन्ध विच्छेद भइसकेकी पहिली श्रीमतिको छोरीका साथ राखेका थिए ।

पिंकीले यस अनलाइनसँग भनिन्, मैले छोरीलाई सँगै राखी यतिका वर्षसम्म पढाई आएकोमा हाल आफूलाई भाइ बताउने काकाको छोरा भन्नेहरुले आफूलाई विभिन्न धाक धम्की दिँदै छोरीलाई समेत आफूबाट खोसेर लगे । मेरो श्रीमान्सँग मलाई यतिका वर्ष सँगै देख्ने स्थानीयहरु र फूपुले पनि प्रहरीसामू सबै बयान दिँदासमेत मलाई घरमा बस्न नसक्ने वातावरण बनाएका छन् ।

सबैभन्दा सुरुचीपूर्ण तथ्य त यो छ कि कुमारकी पहिली श्रीमतिले नै आफ्नी छोरी पिंकीलाई लालन पालन गर्न जिम्मे छोडेर विदेश बस्दै आएकी थिइन् । कुमारको लास बुझ्दा र किरिया गर्दा समेत सर्जमिन मुचुल्काबाट श्रीमति नै प्रमाणित भई उनी कुमारकै घरमा रहँदै आएकी थिइन् ।

अधिवक्ता द्वयले अदालतमा बहसका क्रममा कुनै व्यक्तिको पृष्ठभूमि जस्तोसुकै भए पनि उसको कारण कुनै एक महिलाले जीवनभर दुःख पाउन न्यायसंगत नहुने बताएका थिए ।

]]>
https://www.swagatnepal.com/2016/01/344/feed/ 0
एसएसपी खनालको माघेसंक्रान्ति https://www.swagatnepal.com/2016/01/271/ https://www.swagatnepal.com/2016/01/271/#respond Fri, 15 Jan 2016 10:12:00 +0000 http://swagatnepal.com/?p=271 पूजा बोहरालाई एसएसपी खनालको ५ हजार पुरस्कार

एसएन रिपोर्टर
१ माघ ०७२, काठमाडौं । आपराधिक समूहहरु विरुद्ध कडा एक्सनका कारण चर्चित एसएसपी सर्वेन्द्र खनाल आफैँमा कडा, निर्मम र कठोर लाग्न सक्छ धेरैलाई तर उनी मनका अति दयालु र कोमल पनि छन् ।

एसएसपी सर्वेन्द्र खनाल

एसएसपी सर्वेन्द्र खनाल

एसएसपी खनालले यस पटकको माघे संक्रान्ति सामूहिक बलात्कारबाट पीडित पूजा बोहरा र उनीजस्तै पृष्ठभूमि भएका अरु धेरै बालबालिकाहरुसँग उनीमा साहस भर्न र हिम्मत बढाउनका लागि सँगै घीऊ चाकु खाएर, अनुभव बाँढेर र आफ्ना कुराहरु राख्दै उनीहरुका पनि कुरा सुनेर मनाए ।

पूजाले एसएलसी दिने क्रममा पनि विक्षिप्त अवस्थामा समेत विशिष्ठ श्रेणीमा उत्तिर्ण भई हिजो मात्र यस अनलाइनले पूजा प्लस टु को परीक्षामा समेत ७० प्रतिशत सहित प्रथम श्रेणीमा उत्तिर्ण भएको समाचार प्रकाशित भएपछि जानकारीमा लिएर उनलाई संरक्षण दिइरहेको संस्थामा पुगी सँगै माघेसंक्रान्ति मनाएका थिए ।

एसएसपी खनालले बालबालिकाहरु बीच सधैँ खुसी हुन र सकेसम्म अन्यायको विरुद्धमा उभिनुपर्छ भन्दै ढाडस दिए ।

साथै उनले पूजाको लगनशीलताको प्रशंसा गर्दै भविष्यमा प्रहरी र नेपाली सेनामा भर्ना हुने इच्छा रहेको बताउने बालबालिकालाई पनि शुभकामना दिए ।

खनालले पूजालाई प्रशंसास्वरुप रु. पाँच हजार व्यक्तिगत रुपमा पुरस्कार समेत घोषणा गरेपछि बालबालिकाले खनालसँग फोटो खिचाउँदै रमाएका थिए ।

आत्मरक्षा र अन्य बालबालिकाको पनि परेको खण्डमा सुरक्षा हुन्छ भनी लामो समयदेखि करातेको प्रशिक्षण लिइरहेका छोरीहरुले कराते नृत्य पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महिला प्रहरी निरीक्षक तुलसी खतिवडा र केही प्रहरी जवान पनि सहभागी थिए ।

रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले एसएसपी खनाललाई धन्यबाद दिँदै बालबालिकाले खनालजस्ता प्रहरी अधिकारीबाट आत्मविश्वास बृद्धि गर्न प्रेरणा प्राप्त गर्ने बताइन् ।

सो माघे सक्रान्ति विशेष कार्यकमको लागि समाजसेवि जापान बस्ने मनकारि नेपाली अनु गौचन शेरचनको सहयोग रहेको थियो ।

कार्यक्रममा बालबालिका बीच अपरान्हसम्म विभिन्न मनोरञ्नात्मक गतिविधिहरु पनि भएका थिए ।

]]>
https://www.swagatnepal.com/2016/01/271/feed/ 0