hindu funeral – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Tue, 13 Dec 2016 11:04:19 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 छोरा नभएर के भयो ? https://www.swagatnepal.com/2016/03/1116/ https://www.swagatnepal.com/2016/03/1116/#respond Thu, 24 Mar 2016 10:58:07 +0000 http://swagatnepal.com/?p=1116 छोरीद्धारा बाबुको दागवत्ति र काजकिरीया
ललितपुर

12527844_1702557363354507_32703362_nछोरा छोरा भनेर मरिमेट्ने नेपाली समाजमा ललितपुर उपमहानगरपालिका वडा नं ४ धोविघाटकी छोरी ज्योति बस्नेतले बाँचुन्ेजल आफ्ना ८० वर्षिय बाबुको स्याहारसुसार मात्रै गरीनन उनको मृत्युपश्चात उनलाई बिहीबार छोराले झैं दागवत्ति (मुखाग्नी) दिइन् ।

त्यतिमात्रै होइन हिन्दुपरम्परा अनुसार बाबुको काजकिरीयामा समेत उनी आफ्नो श्रीमानको घर त्रिदेवीनगर, कोटेश्वरमा आफैं बसेकी छिन् ।

12894560_1702557353354508_48780439_o
ज्योतिका ८० वर्षिय बाबु भिमबहादुर बस्नेतको बुधबार राती ११ बजे मिनभवनस्थित निजामति कर्मचारी अस्पतालमा उपचाररत निमोनिया र पार्किन्सन रोगको कारण निधन भएको थियो उनी १२ दिनदेखि सो अस्पतालमाउपचाररत थिए ।
आफ्ना बुबाको करोडौं रुपैयाको सम्पत्ति आफ्ना सहोदर ठुलोबाबुले जालसाजी गरि हड्पिए्र बाबुलाई बेघर गरिदिएपछि उनले विगत लामो समयदेखि आफ्नो बाबुको हेरचाह, रेखदेख र स्याहार सुसार आफैंले गर्दै आएकी थिइन् ।

तस्वीरहरु : बलराम प्यासी

तस्वीरहरु : बलराम प्यासी

पशुपतिनाथस्थित बागमती किनारमा रहेको विद्युत्तिय शवदाह गृहमा ज्योतिले मृतक बुबालाई मुखाग्नी दिनुअघि हिन्दुधर्म परम्परा अनुसार एउटा छोराले गर्नुपर्ने सम्पूर्ण पक्रिया आफैं पुरा गरेकी थिइन् । उनले आफ्ना बाबुको सम्पत्ति हडपेर आजीवन दुख दिने सहोदर ठुलोबुबाका सन्तानलाई बुबाको मृत शरीरमा श्रद्धाञ्जली व्यक्त गर्न पनि दिइनन् ।
छोरा छोरा भनेर दौडिने नेपाली समाजलाई चुनौति दिन र बाँचुन्जेल चासो नदिने अनि मरेपछि किरीया गर्न मात्र जम्मा हुने नेपाली समाजलाई चुनौति दिन आफ्ना स्वर्गीय बुबाको अन्तेष्टि लगायतका सम्पूर्ण क्रियाकर्म आफैंले गरेको बताइन् ।
आफ्नो मृतक बुबाको काजकिरीयाको लागि ज्योति बस्नेतका पति, छोरा सजिवजङ्ग वन र तिम्ल्याहा छोरीहरु श्रद्धा, श्रेया र सृष्टिले पनि सहयोग गरेका थिए ।
अन्तिम संस्कारमा सहभागी भएका नेपाली राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाले समाजमा छोराकै पछि लाग्नेहरुका लागि यो गतिलो जवाफ भएको उल्लेख गर्दै छोरीहरु पनि छोरा बराबरनै हुन भन्ने सन्देश दिएको बताए ।

]]>
https://www.swagatnepal.com/2016/03/1116/feed/ 0