Kunti Shahi – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Thu, 27 Oct 2016 12:36:05 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 राज्यमन्त्री शाही नाजवाफ https://www.swagatnepal.com/2016/07/1488/ https://www.swagatnepal.com/2016/07/1488/#respond Wed, 06 Jul 2016 11:02:28 +0000 http://swagatnepal.com/?p=1488 13570007_1140848325966457_578888118_oसंचारकर्मीको आफ्नै प्रश्न , आफ्नै उत्तर
टिकाराम नेति झापा
एउटा सामान्य नागरिकलाइ आफ्नो देशको भौगोलिक अवस्था , राज्यको वाँडफाँड र विषयगत मन्त्रालयको बजेटको विषयमा जानकारी नहुनु सामान्य कुरा हो तर नेपाल सरकार कै प्रतिनिधित्व गरेको कुनै पनि मन्त्रालयको मन्त्रीलाई नै यो विषयमा जानकारी छैन भन्दा तपाइलाई पत्यार नलाग्न सक्छ । तर वर्तमान नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयकी राज्य मन्त्री कुन्ती कुमारी शाहीलाई यो विषयमा कत्तिपनि जानकारी छैन ।

आइतबार झापा पुगेकी राज्य मन्त्री शाही र सूयोदर्य टेलिभिजनको सिधा कुरा कार्यक्रम संचालक विच यस्तो पनि दृष्य देखियो । नेपालमा कति उपमाहानगर पालीका छन् ? यो प्रस्न गर्न नपाउँदै उनले उत्तर दिइन् ५ । त्यसपछि पुन अर्को प्रश्न गरियो नेपालको गावीसको संख्या चाहि ? हिचकिचाउँदै उत्तर दिइन ३ हजार समथिड्ग । पुन अर्को प्रश्न गरियो तपाईको मन्त्रालयको आर्थिक वर्ष ७३।७४ को वजेट चाही कति नि ? उनले प्रश्नकर्ता लाइनै प्रति प्रश्न गर्दै भनिन् तपाइ नै भनिदिनोस न ।

यो सवाल जवाफ थियो नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयकी राज्यमन्त्री कुन्ती कुमारी शाही र झापाको सूर्योदय टेलिभिजन विचको । राज्यमन्त्री शाही झापा पुगेपछि त्याहाँको सूर्योदयले उनलाई आफ्नो मन्त्रलयको विषयमा प्रश्नहरु गरेको थियो । तर उनीलाई गरिएका सवै प्रश्नको उत्तर गलत आएको थियो भने धेरै जिज्ञासाको समाधान गर्न सकेकी थिइनन् ।
स्थानीय सूर्योदय टेलिभिजनले आयोजना गरेको कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयकी राज्य मन्त्री कुन्ती कुमारी शाहीले चालु संसोधित बजेट १ खर्व भन्दा धेरै भएको बताएकी थिइन् तर चालु संसोधित भने ६८ अर्व १३ करोड ७८ लाख ५१ हजार रुपैयाँ मात्र रहेको छ ।यसैगरि राज्य मन्त्री शाहीले निर्ढुक्क भएर दिएको उपमाहानगर पालिकाको संख्या ५ वताएपनि नेपालमा १२ वटा उपमाहानगर पालिका छन् । उनले आर्थिक वर्ष ७३ ७४ को संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको वजेट समेत आफुले ख्याल नगरेको वताएकी थिइन् । उनीलाइ संचारकर्मीले नै तपाइको मन्त्रालयको वजेट १ खर्व १६ अर्व ७३ करोड ७९ लाख ८ हजार रुपैयाँ हो भनेर संझाएका थिए ।

आफुलाई संचारकर्मीले आफ्नो मन्त्रालयको विषयमा सोधिएको प्रश्नको उत्तर दिन नसकेको दःुख व्यक्त गर्दै यस्ता विषयमा मन्त्रीले जानकार लिनुपर्ने स्वीकार गरेकी थिइन् । उनले कार्यक्रममा भनिन् मलाई मेरै विषयमा संझाई दिनुभएको छ । खुसीलागेको छ । मन्त्रीहरुले विषयगत मन्त्रालय र आफ्नै मन्त्रालयको विषयमा जानकारी राख्नुपर्ने तर त्यसबाट आफू चुकेको भन्दै गल्ती स्वीकार गरेकी थिइन् ।

आगामी ७४ साल भदौसम्ममा नेपालमा भएका तुइन् प्रधानमन्त्रीको घोषण अनुरुप हटाइसक्ने बताए पनि नेपालमा कति तुइन् छन् भन्ने तथ्याड्क दिन सकेकी थिइनन् । नेपालमा सार्वजनिक १ सय ५५ वटा तुइन् छन्भने यति नै संख्यामा निजि रहेको अनुमान गरिएको छ ।

राज्यमन्त्री शाही राप्रपा नेपालको तर्फबाट दैलेख जिल्लाकी समानुपातिक सांसद् हुन् ।

]]> https://www.swagatnepal.com/2016/07/1488/feed/ 0