Martyr – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Sat, 09 Sep 2017 14:01:47 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 खुट्टाले के दौडिन्छ ? विचारले दौडिन्छ देश (भिडियोसहित) https://www.swagatnepal.com/2016/01/485/ https://www.swagatnepal.com/2016/01/485/#respond Fri, 29 Jan 2016 14:09:37 +0000 http://swagatnepal.com/?p=485 काठमाण्डौ, १४ माघ २०७२ ।

]]>
https://www.swagatnepal.com/2016/01/485/feed/ 0
खुट्टाले के दौडिन्छ ? विचारले दौडिन्छ देश (भिडियोसहित) https://www.swagatnepal.com/2016/01/481/ https://www.swagatnepal.com/2016/01/481/#respond Fri, 29 Jan 2016 13:59:35 +0000 http://swagatnepal.com/?p=481 हरेक वर्ष प्रजातन्त्र दिवस र सहिद दिवसका दिन पुराना—पुराना ‘ब्ल्याक एण्ड ह्वाइट भिज्युअल’ सँगै दिनभरिजसो गुन्जिरहने एउटा गीत ः
हेर न सहिदहरुलाई नेपालीको अनुहारमा हाँसिरहेको
उनको बास स्वर्गे लोकमा जहाँ उनी बाँचिरहेको ।

प्रायः हामी सबैले सुनेको हुनुपर्छ । हरेक शब्दले श्रोता⁄दर्शकका आङ्ग सिरिङ्ग सिरिङ्ग हुन्छन् । ती पुराना ‘ब्ल्याक एण्ड ह्वाइट भिज्युअल’ सँगै बज्ने गीतमा स्वर भर्ने व्यक्ति को हुन् ? कसैले मतलब राख्दैन । त्यति अर्थ र ओजपूर्ण गीतहरु गाउने गायकलाई बाटोमा कसैले भेट्यो भने वास्ता पनि गर्दैन किनकि हावादारी गीतहरुका भरमा रातारात सेलिब्रेटी बन्नेहरुका भीडमा उनले मैले नै ती गीतहरु गाएको हुँ भन्दा पनि मान्छेहरु पत्याउन गाह्रो मान्छन् ।
गोलीहरु चल्दाहरु लासहरु ढल्दा भए
घोप्टो परेर काँचो रगत
शासकहरुले प्युँदा भए
पञ्चायती व्यवस्था विरुद्ध घन्किएको यो गीत माओवादीसम्मले प्रयोग गरे । आफ्नै शब्दमा लेखेर उनले गाएका र राष्ट्रको रेडियो टेलिभिजनदेखि माओवादीसम्मले प्रयोग गरेका उनका गीत नेपाली कांग्रेसका लागि आमसभाहरुमा ०४६ साल ताका झन् बढी प्रयोग भएको थियो,
बिर्सन्नौं हामी इतिहासका झरना
बगेका रगतका धाराले
पक्कै नेपाल ब्युँझन्छ्
जय नेपालको नाराले
पञ्चायती निरंकुशता अन्त्य भयो, गणतन्त्र आयो तर त्यस्ता गीतका गायक सर्जकलाई भने कसैले वास्ता गरेन, कसैले उनलाई सम्झिएन । उनी निक्कै लामो समय पञ्चायत हटे पनि गणतन्त्र आए पनि एउटा कुनामा कयौं वर्ष मोफसलमा एक प्रकारको पार्सियल प्यारालाइसिसबाट पीडित बनेर कुँजिएजस्तो भएर आफ्नो स्वर शब्दका गीत टेलिभिजनमा आफैँले हेर्दै लम्पसार परिरहेका थिए आफ्नो फैलिन नसकेको कला आफैँसँग बोकेर । उनले ती गीत गाउने मान्छे मै हुँ नि भन्दा पनि अरुले नपत्याउने नियति भोगिरहेका थिए ।

अब भने उनी फेरि पनि त्यस्ता गीतहरुको झन् आवश्यकता भएकोले नेपाली विचमा एकताको भावना बढाउन नयाँ आयाम बोकेर फेरि आउने भएका छन् । उनी बाटोघाटोमा बौशाखीमा आफ्नो यात्रा तय गरिरहेका पनि भेटिन्छन् । उनकै गीतलाई माध्यम बनाएर राजनीति गर्नेहरु भने उनैलाई नचिनिकन झण्डा हल्लउँदै उनैका छेउबाट अघि बढिरहेका हुन्छन् । उनी भने आफूले कुनै पार्टीका लागि होइन, समग्र जनताका लागि गीत गाएकोले कुनै पछुताउ नभएको बताउँछन् । उनै महान् कलाकारको नाम हो मनिष प्रसाईँ ।

जन्मिएपछि भर्खर खुट्टाले धर्ती टेकेर बल्लतल्ल राम्रोसँग हिँड्न सक्ने भएपछि तत्कालै कहिल्यै आफ्नो खुट्टाले आफैँ टेकेर हिँड्न नसक्ने गरी ‘अपांग’ बनेका प्रसाईको मनमा म अब कहिल्यै दौडिन, आफैँ हिँड्न सक्दिनँ भन्ने बुझ्ने भएपछि कस्तो भयो होला मन ? तर पनि मुलुक र मुलुकीलाई हिँड्ने मात्र होइन साहसपूर्वक जनताको व्यवस्था ल्याउनको लागि डटेर लड्न सक्ने हिम्मत भरिदिए साहसिक गीतहरु मार्फत ।

पोलियो माइलाइटिस रोगका कारण मनिष दुई वर्षको उमेरमा नै अपांग बने । परिवारको साथ र समर्थन राम्रै पाएका प्रसाइँले पढाइलाई उमेरसँगै निरन्तरता दिई नै रहे । २०४२ सालको एस. एल. सी. परीक्षा उत्तिर्ण गरी उच्च शिक्षाका लागि विराटनगर गए । उनी विराटनगरको महेन्द्र मोरङ्ग क्याम्पसमा अध्ययनरत थिए । पञ्चायत व्यवस्था विरोधी आन्दोलनले पनि २०४५ सालतिर चरम रुप लिँदै थियो । त्यसताका विद्यार्थी राजनीति अझै उन्मुक्त ढंगले अगाडि बढिरहेको थियो । नारा जुलुसमा सहभागी हुने, विभिन्न स्थानमा नारा लेख्ने, पम्प्लेट, पोष्टर टाँस्ने, व्यवस्थाविरोधी सांकेतिक चित्र बनाउने आदि त विद्यार्थी राजनीतिका क्रियाकलापहरु नै भए । प्रसाईँमा भएको शारीरिक दुर्वलताको कारण बैशाकीको भरमा नारा जुलुसमा जान अप्ठेरो थियो ।

उनी कोठामा बसेर आन्दोलनलाई सघाउन चित्र कोर्ने, पोष्टर, व्यानर लेख्ने काम गर्दथे । त्यही शिलशिलामा एक दिन भक्ति सिटौलाले उनलाई पक्कै नेपाल व्युँझन्छ जय नेपालको नाराले भन्ने पोष्टर लेख्न लगाए । उनलाई त्यो नारा मात्र होइन, गीतजस्तो लाग्यो । उनले पेन्टिङ्ग गर्दै गुन्गुनाउँदै गर्न थाले । त्यसरी गुनगुनउँदागुनाउँदै गीत पो तयार भएछ । यसरी उनलाई एउटा पेन्टिङ्ग बनाउन दिइएकोमा एउटै भावको थिममा एकै पटक शुरु गरेर गीत पेन्टिङ्ग, गीत र संगीत पनि एकै पटक पूरा गर्ने अदभुत् क्षमता भएका व्यक्ति मनिष प्रसाईँ बाहेक सायदै अरु कोही होला । त्यसको शब्द र धुन उनले एकैपटक पेन्टिङ्गसँगै तयार गरे । त्यो गीत त्यस समयको विद्यार्थी राजनीतिमा अत्यन्तै चर्चित बन्यो ।

थोरै तर गहकिला गीत गाएका प्रसाईँ त्यस बेला उपस्थित भएका कार्यक्रममा उनलाई हेर्न र उनका गीत सुन्न सबै राजनीतिक विचारका व्यक्तिहरु पैदल र साइकल चडेर टाढाटाढासम्म पुग्थे । त्यति मात्र होइन उनका गीत सुनेर मान्छेहरु धुृरुधुरु रुन्थे । घुँक्क घुक्क गर्थे । अझै पनि उनका गीतले मन ढक्क फुलेर आउँछ । जसले आफ्नी आमा र आफ्नो देशलाई माया गर्दैन उसले मात्र मनिषका गीत मन पराउँदैन । संख्यामा थोरै भएपनि उनका गीतले नेपालीको मन मस्तिष्कमा छाप पार्न सफल भएका छन् । उनले जुनसुकै ठाउँमा गीत गाए पनि श्रोता दर्शक नरोएको उनलाई संझना छैन ।

उनी नारा जुलुसमा जान सक्दैनथे । त्यहाँ भाग दौड गर्नु पर्ने हुन्थ्यो । उनको काम नै व्यानर लेख्ने पेन्टिङ्ग गर्ने हुन्थ्यो । तर उनलाई अहिले कुन कुन ठाउँमा कति साथी घाइते भए वा के के भयो भनेर समाचार खुब सुन्थे । समाचारमा आज फलानो ठाउँमा यो मर्याे यति जना मरे भनेर समाचार आए पछि उनी भाव विह्वल बन्थे । त्यो बेदनालाई शब्दमा व्यक्त गर्न खोज्दा उनको गीत तयार हुन्थ्यो । उनी भन्छन्,‘मेरा गीतमा शब्दालंकार वा केही साहित्यिक शब्दहरु प्रयोग भएका छैनन् ।’ उनकै शब्दमा उनी बिना मेहनत शब्द चुन्थे र संगीत पनि भर्दैजान्थे । उनको भनाइ मान्ने हो भने यस्तो लाग्छ वास्तविक र मार्मिक गीत बन्न शब्द चयनमा मेहनत भन्दा पनि मनबाट पीडा मिसिएर आउनु पर्ने रहेछ । त्यसरी नै तयार भएको थियो अर्काे गीत ः

‘आमा मरेँ भनेर छोरा छाती समाई ढल्यो
देखेर आमाको मुटु यहाँ टुक्रा टुक्रा भयो ।’

प्रसाइँ कोठमा बसेर समाचार सुनिरहेका थिए— काठमाडौँको दरबारमार्गमा गोली चल्यो धेरै हताहति भए । प्रहरीले लाससमेत उठाउन दिइएको छैन । त्यो दिन थियो, २०४६ साल चैत्र २४ अर्थात् पञ्चायती व्यवस्था अन्त्य हुनुभन्दा दुई दिन अघि । समाचारले उनको शरीर पुरै काम्यो । तैपनि उनी कोठाभित्रै यताउता बैशाखीको सहारामा हिँडे । मन आक्रोशित भयो । अनि खाटमा थचक्क बसे । हातबाट बैशाखी हटाएर कलम र कापी समाए । मनमा उर्लेको पीडा र आक्रोशको खहरे शब्द शब्दमा उन्दैजाँदा ‘गोलीहरु चल्दा भए लासहरु ढल्दा भए, घोप्टो परेर शासकहरुले काँचो रगत प्यूँदा भए । ’

यो गीत गाउँदा दर्शक श्रोता रोएर आफूलाई नै आफूले समेत सम्हाल्न नसकी उनी कयौँ पटक गाउनै छोडेर मञ्चकै अर्काेतिर पसेर आफ्नो आँशु पुछेका छन् र पुनः आफूलाई सम्हाल्दै गाएका छन् । मेची क्याम्पसमा रामथापाको हत्या भएको धेरै भएको थिएन । उनले गोलीहरु चल्दा भए लासहरु ढल्दा भए घोप्टो परेर शासकहरुले काँचो रगत प्यूँदा भए गीत गाउन थालेपछि उपस्थित आमाहरु डाको छोडेरै रुन थालेपछि आफूलाई सम्हाल्न नसकेर प्रसाइँले बीचैमा गीत रोकेका थिए । अनि केही समय पछि मास सम्हालिएपछि फेरि त्यो गीतलाई दोहो¥याएर पुरा गरेका थिए । दोहो¥याएर गाउँदा नरुने भन्ने हुँदैनथ्यो तर कम भने पक्कै हुन्थ्यो ।

त्यस्तै झापाको शनिश्चरेमा पनि ‘आमा मरेँ भनेर छोरा छाती समाइ भुइँमा ढल्यो’ भन्ने गीत गाउन थालेपछि आमाहरु धेरै नै रोएका थिए । तीमध्ये एकजना बूढी आमा अलि बढी नै रोइरहेकी थिइन् । त्यो कार्यक्रम खुला चौरमा भएकोले उनले रोकेनन् पछि ती आमा आएर उनलाई भेटेर समचाचारमा सुनेका सबै छोरा छोरी सहिद भएको कुरा गीतका शब्द शब्दमा संझिए बाबु भन्दै चाउरीपरेको मुहारमा आँशु र थरथर कापेका आमाका ओठदेखेपछि प्रसाइँ पनि भावुक भएछन् ।

यसरी प्रसाइँका गीतको लोकप्रीयता बढ्दै गएपछि गीतहरु जनतासमक्ष पु¥याउन गीत रच्ने, गाउने, बजाउने र सङ्गीत भर्ने सबै खालका साथीहरु मिलेर एउटा समूह नै गठन गरेका थिए । सो समुहमा स्वयम् मनिष प्रसाइँ, विश्वप्रकाश शर्मा, मेदनी गुरागाईँ, तुलसी बिमली लगायतका साथीहरुको सहभागिता थियो । २०४६ सालको प्रजातन्त्र प्राप्तिपछि अब देशमा दासत्व छैन भन्ने ‘अनकन्डिसनल’ कुराले युवाहरुमा जोस, जाँगर र उत्साह भरेको थियो । त्यसकारण देशभर प्रजातन्त्रको सन्देश पु¥याउने, सङ्गीत भनेको माया प्रेम मात्र नभएर यसलाई ‘मिसन ओरियन्टेड’ बनाउन सकिन्छ भनेर सो समूह गठन भएको थियो । सामाजिक, लैङ्गिक, जातीय, आर्थिक लगायतका विभेदलाई चिर्ने अभियानका रुपमा शुरु भएको सो समूहले एक वर्षसम्म मात्र निरन्तरता पायो । सो समूहको अभियान अन्तर्गत २०४६ सालको प्रजातन्त्र प्राप्तिपछि २० वर्षीय प्रसाइँले झापा, मोरङ्ग, सुनसरीका धेरै कलेज र विद्यालयमा गएर खुबै गाए । उनका ‘गोलीहरु चल्दा भए घोप्टो परेर काँचो रगत शासक हरुले पिउँदा भए ’ र ‘आमा मरेँ भनेर छोरा छाती समाइ भुइँमा ढल्यो’ बोलका गीतले धेरै आमा दिदी बहिनीहरुलाई रुवायो । तर त्यति बेलासम्म प्रसाइँका गीतहरु कुनै पनि एल्बममा संग्रहित भएका थिएनन् । जब २०४८ सालको आम निर्वाचन आयो अनि एल्बमको कुरो चल्यो । ने.वि.संघका तत्कालिन साथीहरु विश्वप्रकाश शर्मा, राजकुमार भट्टराई तथा म्युजिक नेपालले गीत रेकर्ड गर्न सघाए ।

मनिष भन्छन्, ‘ हाम्रो समुहको मकसद र राजनीति गर्ने व्यक्तिको मकसद मिलेन सायद । त्यसैले हाम्रा गीतहरु चुनावमा मात्र प्रयोग गर्न खोजियो । मञ्चबाट एक व्यक्तिले अर्काे व्यक्तिलाई गाली गर्दै हाम्रै गीतहरु गाइनु शोभनीय लागेन । सहयोग र नेतृत्वको अभावमा हाम्रो समूह भाँडियो तर पनि अझै संगीतमार्फत एक नयाँ नेपालको मिसन जरुरी छ, संङ्गीतलाई भुल्न र छाड्न सकेको छैन, अझै भित्रभित्रै काम गरिरहेको छु ।’ अहिले पनि उनी मदन गोपालका आधुनिक गीतमा संगीत भर्ने काम गरिरहेका छन् —‘लाग्दैन मन तिमी विना…

पोलियो माइलाइटिसले प्रसाइँका गोडा लुला छन् । विज्ञहरुका अनुसार पोलियो माइलाइटिसले बच्चा जन्मेदखि पाँच वर्षको उमेर भित्रमा जुन सुकै उमेरमा दुई हप्ता जति बेस्सरी ज्वरो आउने र कुनै न कुनै अङ्गलाई काम नलाग्ने बनाउँछ । त्यस्तै प्रसाइँको पनि दुबै गोडा पोलियो माइलाइटिस रोगका कारण बेकम्मा भए । तोते बोली बोल्दै टुकुटुकु गर्दै बा—आमाको पछि—पछि दौडने प्रसाइँ दुई हप्तासम्म आएको ज्वरोको कारण चारै हातपाउ टेकेर हिँड्न बाध्य भए ।

ताप्लेजुङ्गको हाङ्गपाङ्गमा जन्मेका प्रसाइँको पाँच वर्षसम्म पहाडमा नै वित्यो । त्यसपछि हजुरबुवा झापाको गौरीगञ्ज आउनु भएपछि उनलाई पनि पढाउन भनेर गौरीगन्ज ल्याइयो । त्यति बेला उनी त्यस्तै छ साढे छ वर्ष जतिका थिए होला । त्यहाँ पनि विद्यालय टाढा भएकाले विद्यालय जान सकेनन् ।

उनको मामाघर भने विराटनगरमा थियो । पुष्कर प्रसाइँ र विमला प्रसाइँको जेठो सदस्यका रुपमा जन्मिएका प्रसाइँलाई पढाइका लागि मामाघर विराटनगर ल्याइयो । उनलाई कोशी अञ्चल अस्पतालमा तत्कालीन समयमा कार्यरत डा. अन्जनी कुमार शाहलाई देखाइयो । उनले फिजियो थेरापीको विकल्प नरहेको भन्ने जनाएपछि फिजियो थेरापी गराइयो । नियमित रुपमा फिजियो थेरापी गराइरहँदा नौ वर्षको हुँदो बैशाकीको भरमा केही पाइला हिंड्न सके । उनी आफ्नो विगत स्मरण गर्छन्, ‘त्यतिखेर म जति ह्यापी भएँ आजपनि त्यति ह्यापी हुन सकेको छैनँ । त्यो दिनको ह्यापीनेसको कुनै सिमा छैन ।’

त्यसरी बैशाखी टेकेर एक दुई पाइला चाल्दैमा स्कुल जान सकिने अवस्था थिएन । तर उनका कान्छा मामा र उनको उमेर लगभग उस्तै भएकाले मामाले बोर्डिंगमा पढेका पुस्तकहरु उनी घरमा नै पढ्थे परिवार शिक्षाप्रति सचेत भएकोले । मामाले स्कुलमा जाँच दिन्थे भने प्रसाइँ घरैमा कान्छी सानिमालाई घरैमा तीनै प्रश्नपत्रको जाँच दिन्थे । पढेर लिने ज्ञानमा उनी र उनका मामामा कुनै फरक थिएन । तर स्कुल कस्तो होला ? सरले कसरी पढाउलान् ? साथीहरुसँग बस्न खेल्न पाए कस्तो न हुन्थ्यो भन्ने साना साना तर उनका लागि महान प्रश्नहरुले उनी अति नै भित्रभित्रै तड्पिन्थे ।

केही वर्षपछि ताप्लेजुङ्गको हाङ्गपाङ्ग छोडेर उनका बुवा पनि झापाको सुरुङ्गा आउनुभयो र त्यहाँको एक स्कुलमा पढाउन थाल्नुभयो । अब प्रसाइँले विद्यालय गएर पढ्ने धोको पुरा गर्न आमासँग कुरा राखे । आमाले धेरै फकाउनुभयो तिमीलाई गाह्रो हुन्छ । स्कुल टाढा छ नजाउ बाबु भनेर आमाले धेरै सम्झानुभयो । तर प्रसाइँको जिद्धी अगाडि आमाको केही चलेन । आमाले मामाघरबाट उनलाई सुरुङ्गा लिएर जानुभयो । तर त्यतिबेला पनि शैक्षिक शत्रको बीच भयो भनेर उनलाई त्यो विद्यालयले भर्ना लिन मानेन । फेरि पनि उही दैनिकी दोहोरियो । प्रसाइँले कक्षा ४ को पाठ्यपुस्तक घरैमा बसेर छिचोले । तर गणित विज्ञानजस्ता विषयमा भने उनलाई अप्ठ्यारो नभएको होइन । तैपनि कक्षा चारसम्मको पढाई स्वाध्ययनबाटै पुरा गरे ।

शैक्षिक शत्र शुरु भएपछि बल्ल झापा—सुरुंगाको लालपानीको धुले स्कुलमा कक्षा ५मा भर्ना भए । उनी जुन खुशी र उत्साह बोकेर विद्यालय गएका थिए त्यो धेरै दिन टिकाउन सकेनन् । उनलाई साथीहरुसँग समायोजन हुन धेरै गाह्रो भयो । उनीसँग कोही बोल्दैनथे । कसैकसैले त गिज्याउँथे पनि । अनि घरमा आएर बुबासँग स्कुल जान्न घरै बसेर पढ्छु पनि नभनेका होइनन् । बुबाले उनका कुरा ठाडै अस्वीकार गरिदिनुभयो । कुनै पनि समस्यासँग डराएर भाग्ने होइन सङ्घर्ष गर्न सिक । तिमीले स्कुलै गएर पढ्नुपर्छ समस्यासँग भाग्न होइन जुध्न सिक भन्नुभयो । आफ्नो घरैमा पनि आफ्नो कुराको सुनुवाइ भएन भनेर बुवासँग उनी धेरै रिसाए । त्यसपछि उनी बाध्य भएर विद्यालय जान थाले । बुबाले भने झँै सङ्घर्ष गर्न थाले । उनी स्मरण गर्छन् ‘जब टलरेन्स पावर (सहन क्षमता) बढ्यो तब बुवाले संझाउनु भएको ठीक रहेछ भन्ने लाग्यो ।’

त्यस्तै अरु घटना पनि उनी स्मरण गर्छन् —बुबा र म सँगै विद्यालय जान्थ्याँै । बैशाखीसँगै स्कुल व्याग पनि बोक्नु पथ्र्यो । मलाई गाह्रो भयो बुबा यो व्याग बोकी दिनुस् न भन्थेँ । बुबा तिम्रो व्याग तिमीले आफैँ बोक्नुपर्छ, आफँै बोक भन्नुहुन्थ्यो । यहाँसम्म कि स्कुल जाँदा बाटोमा खोला तर्नु पथ्र्याे त्यहाँ पनि बुवाले मेरो झोला नबोकिदिँदा मन साहै नै दुख्थ्यो । रुन खोज्दै बुबा झोला त बोकिदिनुस् न भन्थेँ । बुबाचाहिँ लड्यौ भने समाउँछु चिन्ता नगर न भन्नुहुन्थ्यो । म यति रिसाउँथेँ त्यसको सीमा नै छैन । तर बोल्न नमिल्ने म भित्र भित्रै मुर्मुरिन्थेँ । प्रसाइँ भन्छन् ‘बुबाले मलाई माया नगर्नु भाको होइन रहेछ उहाँले मलाई स्वाबलम्बी बनाउने प्रयत्न गर्नुभएको रहेछ । ममाथि दया देखाइएको भए म स्वावलम्बी बन्न सक्दििनथेँ होला । ’

यस्तै यस्तै व्यवहारबाट उनले समूह र समाजमा सङ्घर्ष गर्न र घुलमिल हुन पनि सिके । विस्तारै विस्तारै पढाइ पनि राम्रो हुँदै गयो । अनि साथीहरुले पनि उनलाई आफू जस्तै ठान्न थाले । हुँदा हुँदा कक्षामा उनको नेतृत्वदायी भूमिका देखिन थाल्यो । स्कुल कलेज गर्दै पढाइलाई निरन्तरता दिँदै जाँदा मास्टर डिग्री पढ्दै गर्दा नेविसंघले महेन्द्र मोरङ्ग क्याम्पसबाट उनलाई स्ववियु सभापतिमा उठ्ने टिकट पनि दियो । तर नेपाली कांग्रेस भित्रैको आन्तरिक कलहका कारण उनी स्ववियु सभापति बन्न सकेनन् । अरुले वा समाजले के भन्छ भन्दा पनि परिवारले के भन्छ भन्ने कुरा मुख्य हो भन्छन् प्रसाइँ । उनी आफूलाई परिवारले सपोर्ट नगरेको भए अहिले यो ठाउँमा नहुने कुरा ढुक्कसाथ भन्छन् ।

एस.एल.सी पछि राम्रो कर्पोरेट बन्ने सपना बोकेर विश्वविद्यालय छिरेका प्रसाइँ ०४६सालको प्रजातन्त्र पछि सामाजिक क्षेत्रमा क्रियाशील छन् । २०५३ साल ताका उनले विराटनगरको कम्युनिटी बेस्ड रिहाविलिटेसन सेन्टर (सि.बि.आर) मा काम गरे । २०५७ मा अपाङ्ग महासंघ, क्षेत्रीय समितिको सचिव भएर ४ वर्षसम्म काम गरे । त्यस्तै २०६० देखि ०६५सम्म राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा प्रोजेक्ट कोअर्डिनेटर भएर काम गरे । त्यसपछि आर.सी.आर.डी नेपालको भक्तपुरमा एडभोकेसी र इन्फरमेसन अफिसर भएर काम गरेका प्रसाइँ हाल भने अपाङ्ग महासंघको कार्यक्रम प्रमुख र प्रशासन प्रमुख भएर काम गरिरहेका छन् । हाल एक छोरा र श्रीमतीका साथ विजुलीबजारमा बस्छन् ।

राजनीतिमा जाने सोचचाहिँ सामाजिक कार्यमा लागेदेखि नै बदलिएको छ । राजनीति त धेरै भएछ तर जनताको लागि नै भनेर राजनीति नगरिएको उनलाई भान छ । हामी परनिर्भर मात्र भएनछौँ, हामी नराम्ररी लुटिएछौँ पनि । यो २० ⁄२५ वर्षभित्र भएको राजनीति नेपाली जनताको लागि नभएकाले हाम्रा नेताहरुले सार्वजनिक रुपमा जनता समक्ष माफि पनि माग्नुपर्ने प्रसाइँको तर्क छ ।

बैशाखीले बिस्तारै पाइला चाल्दै उनी भन्छन्— देश लुरे पाराले हिँडिरहेको छ तर दौडिनुपर्छ चेतना र प्रगतिको बाटोमा, द्रूत गतिमा अघि बढ्नुपर्छ । त्यसका लागि उनी पछिल्ला मुद्दामा केन्द्रित रहेर नयाँ नेपालको नयाँ मिसनको नयाँ सांगितिक समूह बनाएर नयाँ सांगीतिक अभियानका साथ हिँड्ने भएका छन् । त्यसका लागि उनलाई स्वागत नेपाल समेतका साथीहरुले होस्टेमा हैंसे गरिरहेका छन् । अब उनी नयाँ नेपालको नयाँ गीतसंगीतको मिसनबाट नयाँ समूह नै बनाएर अघि बढ्ने तयारी गरिरहेका छन् । उनको कुराबाट कन्भिन्स नै बनिन्छ— व्यक्ति र देशको जीवन खुट्टाले के दौडिन्छ विचारले दौडिन्छ ।

— लोचना शर्मा

]]>
https://www.swagatnepal.com/2016/01/481/feed/ 0