Mukunda Tapaliya – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Thu, 10 May 2018 06:19:49 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 मोदीज्युलाई के को लागी नागरिक अभिनन्दन प्रम ज्यु !!?? https://www.swagatnepal.com/2018/05/2288/ https://www.swagatnepal.com/2018/05/2288/#respond Thu, 10 May 2018 06:19:49 +0000 http://www.swagatnepal.com/?p=2288

मुकुन्द थपलिया

 

अत्यन्त महत्वपुर्ण समय खर्चेर हजुरलाई यो पत्र लेख्दै छु हल्का रूपमा नलिबक्सेला । यो अधिकांस नागरिकको प्रतिनिधी आवाज पनि हो यसरीनै बुझिबक्सेला । नेपालको लागी के त्यस्तो राम्रो कामगर्नु भएको छ के योगदान छ र भारतिय प्रम नरेन्द्र मोदीज्युको वहाँलाई नागरिक अभिनन्दन गर्नु प-यो …?

2072 साल बैसाख 12 गते गएको बिनासकारी महाभुकम्पले अकल्पनिय धनजनको क्षतिभई तहसनहस भएका नेपाली नागरिकहरू तङ्ग्रीन नपाउँदै दबाई लगायत मानबिय जिवनमा दैनिक आवस्यक पर्ने अति आवस्यक बस्तु सम्म पनि नेपाल छिर्न नदिएर 6/6 महिना नाकाबन्दि लगाई मानविय मुल्य र मान्यतानै बिर्सी भारतिय प्रम मोदिज्युले अमानबिय कार्य गर्नु भएको हैन र !! ग्याँस,पेट्रोल डिजलको लागि निद्रा,भोक,तिर्खा नभनि दिनरात भौतारियको हामी नेपाली नागरिकहरूले बिर्षेका छैनौ हजुरले बिर्सी सक्नु भयो र ? ग्याँसको अभाबमा हामिले चुलो बाल्न नपाएर खेतबारी डिल लगायतको जङ्गलको हरियो रूख काटेर दौरा बालेको अहिले बिर्सी सक्यौं ? के त्यसकै बदलामा नागरिक अबिनन्दन ?

गएको बर्ष ठिक 9 महिना अगाडि मात्र कोशी ब्यारेजको ढोका नखोली तराईको मोरङ सुनसरी लगायत तराईमा दशौ हजार हेक्टर जमिन डुबानमा परी मानबिय बिपती आइलागेको हामीले बिर्सी सक्यौं ? नेपाल-भारत सिमाक्षेत्रमा भारतिय पक्षले अन्तराष्ट्रिय मापदन्ड बिपरित बाँध बाँधी हजारौं हजार हेक्टर जमिन डुबानमा परी मानविय बिपती निम्तिएको हामिले बिर्सी सकेका हौं त ? त्यस्तै बर्षेनी दिनानु दिन अझ रातदिन नभनी भारतिय पक्षले नेपालको हजारौं हजार हेक्टर भु-भाग मिची आफ्नो गराएको कुरा चटक्कै बिर्सी दिनु पर्ने हो अथवा सहेर बस्नु पर्ने ? नेपालको कृषीजन्य बस्तु अदुवा,चिया,अकबरे खोर्सानी लागायतमा घातक बिषादी छ भनि भारत प्रबेसमा रोकलगाएको कुरालाई हामी नेपालीहरूले चुपचाप सहेर बस्नु पर्ने ? अहिले भर्खरै नेपालको अर्थोडक्स र सिटिसी धुलो चियालाई एकहप्ता देखि भारत प्रबेशमा रोक लगाइएको छ यसको बिषयमा सरकारले कुरा किन उठाई रहेको छैन ?

जेठमा पाक्ने आँपमा बिषादी मिसाएर चैत महिनामै कलिलो आँपलाई पहेलपुर पारेर पठाईएको छ त्यो चुपचाप बसेर खाइदिनु पर्ने त्यस्तै बिषादी युक्त तरकारी नेपालमा भित्रिनी गरेको छ यसको लागि हामी नेपालीहरू निरिहबनी टुलुटुलु हेरिबस्नु पर्ने ? सरकारले अनुगमण र जाँचबुझ गर्नु नपर्ने खुलम्खुल्ला नेपाल भित्र्याउने दिने ?

तराईको हुलाकी राजमार्ग बनाउने,पञ्चेस्वर आयोजना बनाउने,भुकम्प पिडितलाई आवास बनाउने लगायत नेपालमा बिकास गर्ने कुरामा भारत कहिले पनि सकारात्म देखिएको छैन उसको बक्र दृष्टी कायमै छ । अपर कर्णाली र अरूण तेस्रोको पनि त्यही हालत छ होल्ड गरेर राखिएको छ काम खासै भएको छैन । यस्तो हुँदाहुदै मोदिज्युलाई के को नागरिक अभिनन्दन प्र मज्यु !? कस्तो नौटकी र नाटक मंचन गर्दै हुनुहुन्छ प्रम ज्यु ? यि सबै कुराहरूलाई मोदीज्युको नेपाल भ्रमणका अवसरमा जोडदारका रूपमा कुरा उठान गरियोस ।

मोदीज्युलाई नागरिक अभिनन्दन गरेर हामी नेपाली नागरिकहरू लाई “ईख” नभएका मानिसहरू भनी अन्तराष्ट्रिय जगतसामु सिर झुक्ने काम नगरियोस । शाहसी,बहादुरी र बिर गोर्खाली भनेर अन्तराष्ट्रिय जगत बाट हामीले पाएको दर्जालाई अपमानित र धमिलो पार्ने काम नहोस। हामीले हजुर र हजुरको पार्टी नेकपा एमालेलाई अमुल्यमत दिएर जिताएका हौं हाम्रो मतको अवमुल्यान नगरियोस । अझै पनि हजुरले देशको लागि केही गर्नु हुन्छ भन्ने आशा अनि भरोसामा छौं त्यसमा तुसारापात नहोस । भिर लड्नेलाई राम राम बोल्न सकिन्छ काँध थाप्न सकिदैन अन्यथा हजुरको कद आफै होचिने छ बेलैमा बिचार गरिबक्स्योस । जय देश,जय नागरिक ।।

(अनुसन्धाता तथा कानुनविद् थपलियाको फेसबुक पेजबाट अनुमति सहित साभार)

]]>
https://www.swagatnepal.com/2018/05/2288/feed/ 0