Murder – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Sat, 09 Sep 2017 14:08:45 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 मेरो श्रीमानको हत्यारालाई कसरी आममाफी दिन सक्छु ? https://www.swagatnepal.com/2016/05/1375/ https://www.swagatnepal.com/2016/05/1375/#respond Wed, 18 May 2016 14:22:35 +0000 http://swagatnepal.com/?p=1375 ‘नौ बुँदे सम्झौताका तीन वटा बुँदा मानवअधिकार विरोधी’
sita deviकाठमाडौँ ,५ जेठ । बुधबार कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले प्रश्न गरिन्, ‘न्द्रिमैले मेरो श्रीमानको हत्यारालाई कसरी आममाफी दिन सक्छु ?’

सहिद पत्नी यादवको यो प्रश्न एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालतर्फ केत रहेका समाचार राससमा छ। एमाले र एमाओवादीबीच भएको नौ बुँदे सहमतिमा जनयुद्धका सबै मुद्धालाई आममाफी दिने उल्लेख गरिएकोप्रति यादवले कडा टिप्पटी गर्दै थपिन्, ‘म सहिद पत्नी हुँ । मेरो श्रीमान्को हत्यारालाई आममाफी दिने कानुन मलाई मान्य छैन ।’
उनले नौ बुँदे सहमतिले मानवअधिकारको गम्भीर उल्लङ्घन गरेकोसमेत बताइन ।

बुधबार आयोजित ‘‘नौ बुँदे सम्झौता र न्यायका लागि सङ्घर्ष द्वन्द्व पीडितको न्यायिक मुद्दा’ विषयको अन्तरक्रियामा बोल्ने अन्य सहभागीले समेत नौ बुँदे सम्झौता मानवअधिकार विारोधी भएको बताए ।

कार्यक्रमक वक्ताले सत्ता टिकाउन गरिएको सम्झौतामध्ये तीन, पाँच र सात नम्बरका बुँदा मानवअधिकार विरोधी भएको उल्लेख गरे ।

एमाले केन्द्रीय सदस्य एवम् सांसद गरिमा शाहले पीडितले आम माफी दिएमात्र आममाफी सम्भव हुने अन्यथा कानुनबमोजिम जानुपर्ने धारणा राखिन् । उनले दोषीलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने उल्लेख गरिन् ।

मानवअधिकारवादी चरण प्रसाईंले कानुनअनुसार अपराधीलाई कारबाही हुनुपर्नेमा जोड दिए । प्रसाईंले भने, ‘ज्यानमारालाई आममाफी दिने काम गर्नु हुँदैन ।’

द्वन्द्वपीडित राष्ट्रिय समितिका कार्यवाहक अध्यक्ष कल्याण बुढाथोकी, कामानवअधिरवादी भवानीप्रसाद खरेल, सुशील प्याकुरेल, डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, अधिवक्ता दिनेश त्रिपाठी, बेपत्ता परिवार समाज अध्यक्ष एकराज भण्डारी, मधेसी नागरिक समाजका अध्यक्ष गणेश मण्डल, अधिवक्ता गोविन्द बन्दी, द्वन्द्वपीडित राष्ट्रिय समितिका सदस्य फणिन्द्र लुइँटेल, गोपालबहादुर शाहलगायतले नौ बुँदे सम्झौताले न्यायको पर्खाइमा बसेका द्वन्द्वपीडितलाई मर्माहत बनाएको भन्दै यो सम्झौताभित्रका तीनवटा बुँदा खारेज गर्नुपर्नेमा जोड दिए ।

]]>
https://www.swagatnepal.com/2016/05/1375/feed/ 0
८ वर्षीया बालिकाको बालातकार पछि हत्या https://www.swagatnepal.com/2016/04/1211/ https://www.swagatnepal.com/2016/04/1211/#respond Wed, 20 Apr 2016 12:55:25 +0000 http://swagatnepal.com/?p=1211 ८ वैशाख ०७३ । पाल्पा तानसेन नगर पालिकाकी ८ वर्षीया बालिकाको बालातकार पछि हत्या भएको छ । बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा स्थानीय ४ जना युवालाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

वैशाख ५ गते बिहान १० बजे विद्यालय गएकी बालिका साँझ घर नफर्केपछि घरपरिवार, आफन्त र प्रहरी प्रशासनले खोजी गरेका थिए । बालिकाको वैशाख ६ गते बिहान मन्दिर छेउमा हत्या गरेर छाडिएको अवस्थामा लाश फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रमेशराज भेटवालले बताए ।  मृतकका परिवारले तेल्घा-१ का २१ वर्षीय दिपक न्यौपानेविरुद्ध उजुरी दिएपछि उनी लगायत चार जनालाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
तानसेन नगर पालिका स्थित सरस्वति उच्चमावि कक्षा ३ मा अध्ययनरत वर्षा दर्लामीको हत्या गरेर फालिएको अवस्थामा वैशाख ६ गते तानसेन नपा_११ प्रभास महादेव मन्दिर छेउमा लाश फेला परेको छ । लाशको वैशाख ६ गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमपछि जिल्ला अस्पतालका मेडिकल अधिकृत डा। भाष्कर हुमागाईंले बालिकामाथि बलात्कारपछि हत्या गरेको बताए ।

]]>
https://www.swagatnepal.com/2016/04/1211/feed/ 0
ज्ञानेन्द्रलाई भ्रातृशोक पर्दा हत्याको शंका गर्नेहरुमाथि पनि शंका गर्न पाउनुपर्छ https://www.swagatnepal.com/2016/02/629/ https://www.swagatnepal.com/2016/02/629/#respond Tue, 09 Feb 2016 17:41:04 +0000 http://swagatnepal.com/?p=629 स्वागत नेपाल

काठमाडौ ।

सोझै भन्नुपर्छ बोल्नेहरुले, आफ्नै दाजुको शोक बारिरहेका तत्कालीन राजा ज्ञानेन्द्रमाथी हत्याको शंका गर्नेहरुका हकमा पनि सुशील कोइरलाका सन्दर्भमा समेत शंका गर्न पाउनु पर्छ ।

Sushil Koiralaधेरै कुरा गरिरहने भन्दा सोझै चुरो कुरो गरेर पुष्ठि गर्ने तथ्य चाहि पछि राख्ने मेरो बानी छ ।

पछिल्लो समयमा सुशील कोइरालाको निधन स्वभविक मृत्युु हो कि हत्या ? भन्ने प्रश्न उठेपछि त्यसका भरमा मिडिया अनावश्यक रुपमा हिरो हुन खोजिरहेको छ ।

कोइरालाको स्वस्थ स्थितिको बारेमा किन जानकारी गराइएन भन्ने प्रश्न गर्ने तर आफै कुनै फलोअप नगरी अरुको भरमा मात्र ‘बताउनुभयो’ ‘उल्लेख गर्नुभयो’ सन्जय उवाच शैलीको जागिरे पत्रकारिताले कति नैतिकता रख्छ ? कुनै दिन पत्रकार आफैले सुशील कोइरालाको पछिल्लो स्वस्थ्य अवस्था के च्ज भनेर आफै सोध्न गयो ? अनि मिडियाले स्वस्थ्य अवस्थाको बारेम किन जानकारी दिएनन् सम्बन्धितहरुले पत्रकारहरुलाई भनेर अल्छी प्रश्न गर्न मिल्छ ?

तर पत्रकारहरुले समयमै किन फलोअप गरेनन् भनेर यो प्रश्नबाट सम्बन्धितहरुलाई कुनै शंका नगरी छोड्नुपर्छ भन्न खोजिएको भने होइन ।

भ्रातृशोकमा परेका तत्कालीन राजा ज्ञानेन्द्रलाई पनि मध्यरातमा सुशील कोइरालाको जस्तै जनता बिच बिरामी परेर मृत्यु भएको भनिएको भए के सबै जनता चुप लागेर बस्थे होला ? वा, पत्याइदिनु पर्थ्यो होला अहिले सुशील कोइरालाको सवालमा जस्तै ?

त्यसैले गाठी कुर यत्ती हो, ज्ञानेन्द्रलाई भ्रातृशोक पर्दा हत्याको शंका गर्नेहरुमाथि पनि शंका गर्न जनताले र कार्यकर्ताले पाउनुपर्छ ।

]]>
https://www.swagatnepal.com/2016/02/629/feed/ 0
कसरी भयो नेहाको हत्या ? https://www.swagatnepal.com/2016/02/581/ https://www.swagatnepal.com/2016/02/581/#respond Mon, 08 Feb 2016 08:36:09 +0000 http://swagatnepal.com/?p=581 नेहाका हत्या अभियुक्तको स्वीकारोक्ती बयान

पोखरा

मगर चलचित्र नायिका १९ वर्षीया योरुना पुन ‘नेहाको हत्या अभियुक्त शतिस भनिने कृतन खड्गीले हत्या अभियोगमा स्वीकारोक्ती बयान दिएको प्रहरीले जनाएको छ ।

Nehaहत्याको अभियोगमा पोखरा नयाँ सडकका सतिस खड्गीलाई प्रहरीले पक्राउ गरी बयान लिएकोमा खड्गीले अपराध स्वीकार गरेको एसपी हरिबहादुर पालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलय कास्कीका डि एस पी गजुसिद्धि बज्राचार्यको नेतृत्वको प्रहरी अनुसन्धान टोलिले हत्यामा सम्लग्न भएको आशंकामा खड्गीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

अभियुक्त खड्गीले बयानका क्रममा नेहाको हत्या गरेको स्वीकार गरेको बताउँदै प्रहरीले कारवाहीका लागि ज्यान मुद्दा दर्ता गर्ने भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शतिसले १८गते राती काम सकेर सँगै मोटरसाईकलमा घर फर्किने क्रममा हत्या गरेको बयानका क्रममा स्वीकारेका छन् । उनीहरु लेकसाइड हुदै घर फर्केको पनि उनले बताएको जनाइएको छ ।

सतिशले नेहासँग यौनप्रस्ताब गरेकोमा नेहाले अस्वीकार गर्दा उनीहरु वीच भनाभन हुने क्रममा, शतिशले जबरजस्ती गर्न खोज्दै हेलमेट नेहाको टाउकोमा प्रहार गरेपछि त्यहीँ ढलेकी नेहालाई छोडेर शतिस भागेको बताइएको छ ।

सतिशले ४ पटक टाउकोमा हेल्मेटले हानेपछि मात्र उनी त्यहाँ ढलेको र शतिस भागेको प्रहरीले बयानबाट निश्कर्ष निकालेको छ ।

माघ १९ गते मर्निङ् वाक गएका सर्बसाधारणले नेहाको शब देखेपछि प्रहरीमा खबर गरेका थिए ।

कलाकार नेहाको शब उनकै घरभन्दा ४ सय मिटर पर कालो पछ्यौराले छोपिएको अर्धनग्न अवस्थामा भेटिएको थियो ।

पहिलो चरणमा इन्द्रचोकमा नेहालाई छोडेको बताएका शतिसले अरुदिन घरमै लगेर छोड्ने सतिशले किन इन्द्रचोकमा लगेर छोडे । केटि मान्छे तेती राती एक्लै छोड्ने कारण के पर्यो भन्ने समेत प्रश्नबाट प्रहरीले अनुसन्धान थालेपछि प्रमाण जुट्दै जान थालेको र मुद्दा चलाउने तयारीमा रहेको प्रहरीले जनाएको छ । सबै प्रमाण जुट्दै गर्दा सतिशले एकपछि अर्को गर्दै सबै कुरा प्रहरी सामु खुलासा गरेका हुन् ।

प्रहरीले आज पत्रकार सम्मेलन गरी पक्राउ अभियुक्त र घटनाबारे जानकारी दिने कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिनुभयो ।

]]>
https://www.swagatnepal.com/2016/02/581/feed/ 0
कुमार घैंटेको मृत्युबारे कारण देखाउ आदेश : श्रीमति पिंकीको विलौना https://www.swagatnepal.com/2016/01/344/ https://www.swagatnepal.com/2016/01/344/#respond Mon, 18 Jan 2016 13:58:36 +0000 http://swagatnepal.com/?p=344 मृत्युपछि पनि छोडेन मुद्दाले

टिएसन रिपोर्टर
काठमाडौं, ४ माघ ०७२

चर्चित डन मानिने कुमार घैंटे श्रेष्ठको नामलाई मरिसकेपछि पनि मुद्दाले छोडेन । उनको प्रहरी कारवाहीमा भएको मृत्युपछि एकाएक उनको भाइ बताउने समूहले उनकी श्रीमति पिंकी शेर्पा किरियामा बसेको समयमा आफूलाई भाई बताउँदै सम्पत्ति खान वडा कार्यालयमा मृत्युदर्ता गरेपछि पिंकीले सो मृत्यु दर्ता बदर गरी आफू श्रीमतिको नामबाट मृत्यु दर्ता गरी पाउन पुनरावेदन अदालत पाटनमा उत्प्रेषणको रीट दायर गरेकोमा सोमबार अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

Kumar'Ghainte'Shrestha with Pinky

पिंकीले आइतबार पुनरावेदन अदालत पाटनमा आफूलाई श्रीमति होइन भन्ने प्रमाणित गर्न महानगरपालिका २९ नं. बडा कार्यालयमा सो समूहले मृत्यु दर्ता गराएको भन्दै बदर गराउन निवेदन दिएकोमा सो कार्यालयका कर्मचारीहरु समेतले राजनीतिक प्रभावका कारण बदर नगरेको दावीका साथ सो दर्ता उत्प्रेषणको आदेशबाट बदर गराउन माग गरेकी थिइन् ।

पुनरावेदन अदालत पाटनका न्यायाधीस दुर्गा दत्त भट्टको एकल इजलासले महानगरपालिका कार्यालय समेतका नाममा सो मृत्यु दर्ता बदर गरी पिंकीका नामबाट मृत्यु दर्ता किन नगर्ने भनी १५ दिनभित्र कारण देखाउन भनेको छ ।

पिंकीको तर्फबाट अधिवक्ताद्वय भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र हरिशरण जमकटेलले बहस पैरवी गरेका थिए ।

पिंकीका अनुसार आफू जीवितै छँदा उनका पनि कुमारले श्रीमति भनी विवाह दर्ता गराउँदा प्रहरीले खोजिरहेका कारण आफूले गर्दा श्रीमतिलाई पनि प्रहरीले दुःख दिन सक्ने भनी पछि विवाह दर्ता गराउने भनी आफ्नै घरमा आफ्नी सम्बन्ध विच्छेद भइसकेकी पहिली श्रीमतिको छोरीका साथ राखेका थिए ।

पिंकीले यस अनलाइनसँग भनिन्, मैले छोरीलाई सँगै राखी यतिका वर्षसम्म पढाई आएकोमा हाल आफूलाई भाइ बताउने काकाको छोरा भन्नेहरुले आफूलाई विभिन्न धाक धम्की दिँदै छोरीलाई समेत आफूबाट खोसेर लगे । मेरो श्रीमान्सँग मलाई यतिका वर्ष सँगै देख्ने स्थानीयहरु र फूपुले पनि प्रहरीसामू सबै बयान दिँदासमेत मलाई घरमा बस्न नसक्ने वातावरण बनाएका छन् ।

सबैभन्दा सुरुचीपूर्ण तथ्य त यो छ कि कुमारकी पहिली श्रीमतिले नै आफ्नी छोरी पिंकीलाई लालन पालन गर्न जिम्मे छोडेर विदेश बस्दै आएकी थिइन् । कुमारको लास बुझ्दा र किरिया गर्दा समेत सर्जमिन मुचुल्काबाट श्रीमति नै प्रमाणित भई उनी कुमारकै घरमा रहँदै आएकी थिइन् ।

अधिवक्ता द्वयले अदालतमा बहसका क्रममा कुनै व्यक्तिको पृष्ठभूमि जस्तोसुकै भए पनि उसको कारण कुनै एक महिलाले जीवनभर दुःख पाउन न्यायसंगत नहुने बताएका थिए ।

]]>
https://www.swagatnepal.com/2016/01/344/feed/ 0