osu game – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Tue, 13 Dec 2016 11:28:39 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 स्वर्णविजेता निमालाई ललितपुर स्काउटको नगद सम्मान https://www.swagatnepal.com/2016/02/784/ https://www.swagatnepal.com/2016/02/784/#respond Mon, 22 Feb 2016 14:02:27 +0000 http://swagatnepal.com/?p=784 ललितपुर, १० फागुन। भारतमा सम्पन्न १२ औं दक्षिण एशियाली खेलकूद अन्तर्गत उसु खेलमा नेपालको लागि पहिलो स्वर्णपदक विजेता स्काउटकी विद्यार्थी निमा घर्तीमगरलाई सोमबार ललितपुर जिल्ला स्काउटले नगदसहित सम्मान गरेको छ । उनले उसुको नानक्वानका सबै राउण्डमा उत्कृष्ट भएर स्वर्णपदक जितेकी थिइन ।

Wushuki Goldmedalist Nimalai lalitpur Scoutko sammanविश्व स्काउट अभियानका प्रवर्तक लर्ड बेडेन पावेल तथा लेडी बेडेनपावेलको जन्मदिन अर्थात २२ फेब्रुअरीको अवसरमा आयोजित स्काउट विचार दिवसको अवसरमा खेलाडी निमालाई सम्मान गरिएको हो ।

ललितपुरको सानागाँऊ सिद्धिपुरस्थित नेपाल डनबस्को स्कुलकी १० कक्षाकी छात्रा निमालाई ललितपुर जिल्ला स्काउटका जिल्ला आयुक्त एवम नेपाल स्काउटका निर्वतमान प्रमुख आयुक्त श्रीराम लामिछानेले जिल्ला स्काउटको तर्फबाट ५ हजार नगद तथा सांंसद मदन अमात्यले प्रशंसापत्र दिएर सम्मान गरे ।

कार्यक्रममा सांसद अमात्यले खेलाडी निमालाई व्यक्तिगत तर्फबाट १० हजार नगद पुरस्कार दिने पनि घोषणा गरे । त्यस अवसरमा जिल्ला आयुक्त लामिछाने र सांसद अमात्यले ह्याबिटयाट फर ह्युमाटिनीको लागि युवा सदभावनादूत ललितपुर जिल्लाका सिनियर टिममेट प्रकाशराज पाण्डेलाई पनि सम्मान गरे ।
कार्यक्रममा बैशाख १२ को भूकम्पमा उद्धार तथा राहत वितरणमाखटिएका स्काउटहरुलाई प्रशंसापत्र दिनुका साथैगतवर्षको प्रवेशिका परीक्षामा उच्च अंक ल्याएका ६ जना स्काउटलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा ललितपुरका अर्का सांसद चन्द्र महर्जनको पनि उपस्थिति थियो । यसैगरि स्काउटको विचार दिवसको अवसरमा आयोजित विविध कृयाकलापका विजयीहरुलाई पनि पुरस्कार दिइयो ।कार्यक्रममा हयाबिटयाट फर हयुमानिटीको तर्फबाट ललितपुर जिल्ला स्काउटलाई एकथान ल्यापटप उपहार प्रदान गरिएको थियो ।

]]>
https://www.swagatnepal.com/2016/02/784/feed/ 0