Politics – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Sat, 09 Sep 2017 14:05:02 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 ‘अलच्छिन’ र खतरनाक डिट्याच्मेन्टको लोकप्रियता : मेचीमहाकाली अभियान https://www.swagatnepal.com/2017/03/1759/ https://www.swagatnepal.com/2017/03/1759/#respond Sun, 12 Mar 2017 18:06:13 +0000 http://www.swagatnepal.com/?p=1759 – स्वागत नेपाल

भोट जितेपछि बेलाबेला एक्लैएक्लै पनि नेता जनताको वीचमा गाउँघर पुगिरहेको भए अहिले मेचीमहाकाली अभियानको नाममा हुल बाँधेर ‘आतंक’ मच्चाउने गरी भोटबैंक बचाउन जिल्ला जानै पर्दैनथ्यो ।


एक्लाएक्लै कहिल्यै जिल्ला नगएकाहरु अहिले उत्साहले होइन, डरले मेचीमहाकाली अभियानको नाममा जुलुस लिएर जिल्ला गएका हुन्, एक्लाएक्लै शुरुदेखि नै आफैँले भोट पाएको ठाउँमा किन गएनन् ती दलका नेताहरु जसको परिणाम आज जुलुसमा मात्र जनताकहाँ पुग्न सक्ने दिन आए । यो खतरनाक डिट्याच्मेन्टको लोकप्रियता हो ।

 

यसले जनतासँग नेता र पार्टीलाई संस्थागत रुपमै डिट्याच गर्ने क्रमलाई खतरनाक रुपमा शुरु गरेको छ । हुन पनि अब्राहम लिंकनको परिभाषा For the people होइन Far the people, By the people होइन Buy the people , र Of the people होइन Off the people भएको छ । त्यसले For को Far र of को off , by = buy भएपछि जनतासँग सधैँ नजाने डिट्याच हुने अनि जुलुस लिएर कामधाम रोकेर आतंक मच्चाउँदै पुग्ने क्रम अरु पार्टीले पनि गर्न सक्छन्, यस्तो क्रमलाई प्रोत्साहित गर्नु हुन्न ।

 

जनताकोमा पुग्न सधैँ पुगे भैगो नि के को अभियान ? बर्षामा खेताला गएजस्तो हो नेताले जनताकोमा पुग्ने काम ? यो त भोट जितेर सधैँ जान्न बेला बेला जुलुस लिएर देशैभर एकै पटकमा भ्याएर फेरि फर्केर राजधानीमै बस्छु भन्ने सोच हैन र ?

 

यस्ता अभियानको नाममा जनतामा नेतालाई व्यक्तिगत रुपमै नियमित पुगिरहने कुरालाई अल्छी बनेर रोक्ने र छुट दिने क्रम नयाँ नेपालमा शुरु हुँदैछ । यसलाई बढावा दिइनु हुन्न । हेर्दा सहसिक जस्तो लागे पनि यो अलोकतान्त्रिक र जनताबाट नेता पर पार्ने बेला बेला सेलिब्रेटीजस्तो देखिन मात्र आउने चरणको खेल हो यो । यो खेलमा झडपहरु भैरहन्छन् ती ‘अलच्छिन’ नेताकै कारण झडपमा सोझासीधाहरु मारिइरहन्छन् ।

]]>
https://www.swagatnepal.com/2017/03/1759/feed/ 0
ज्ञानेन्द्रलाई भ्रातृशोक पर्दा हत्याको शंका गर्नेहरुमाथि पनि शंका गर्न पाउनुपर्छ https://www.swagatnepal.com/2016/02/629/ https://www.swagatnepal.com/2016/02/629/#respond Tue, 09 Feb 2016 17:41:04 +0000 http://swagatnepal.com/?p=629 स्वागत नेपाल

काठमाडौ ।

सोझै भन्नुपर्छ बोल्नेहरुले, आफ्नै दाजुको शोक बारिरहेका तत्कालीन राजा ज्ञानेन्द्रमाथी हत्याको शंका गर्नेहरुका हकमा पनि सुशील कोइरलाका सन्दर्भमा समेत शंका गर्न पाउनु पर्छ ।

Sushil Koiralaधेरै कुरा गरिरहने भन्दा सोझै चुरो कुरो गरेर पुष्ठि गर्ने तथ्य चाहि पछि राख्ने मेरो बानी छ ।

पछिल्लो समयमा सुशील कोइरालाको निधन स्वभविक मृत्युु हो कि हत्या ? भन्ने प्रश्न उठेपछि त्यसका भरमा मिडिया अनावश्यक रुपमा हिरो हुन खोजिरहेको छ ।

कोइरालाको स्वस्थ स्थितिको बारेमा किन जानकारी गराइएन भन्ने प्रश्न गर्ने तर आफै कुनै फलोअप नगरी अरुको भरमा मात्र ‘बताउनुभयो’ ‘उल्लेख गर्नुभयो’ सन्जय उवाच शैलीको जागिरे पत्रकारिताले कति नैतिकता रख्छ ? कुनै दिन पत्रकार आफैले सुशील कोइरालाको पछिल्लो स्वस्थ्य अवस्था के च्ज भनेर आफै सोध्न गयो ? अनि मिडियाले स्वस्थ्य अवस्थाको बारेम किन जानकारी दिएनन् सम्बन्धितहरुले पत्रकारहरुलाई भनेर अल्छी प्रश्न गर्न मिल्छ ?

तर पत्रकारहरुले समयमै किन फलोअप गरेनन् भनेर यो प्रश्नबाट सम्बन्धितहरुलाई कुनै शंका नगरी छोड्नुपर्छ भन्न खोजिएको भने होइन ।

भ्रातृशोकमा परेका तत्कालीन राजा ज्ञानेन्द्रलाई पनि मध्यरातमा सुशील कोइरालाको जस्तै जनता बिच बिरामी परेर मृत्यु भएको भनिएको भए के सबै जनता चुप लागेर बस्थे होला ? वा, पत्याइदिनु पर्थ्यो होला अहिले सुशील कोइरालाको सवालमा जस्तै ?

त्यसैले गाठी कुर यत्ती हो, ज्ञानेन्द्रलाई भ्रातृशोक पर्दा हत्याको शंका गर्नेहरुमाथि पनि शंका गर्न जनताले र कार्यकर्ताले पाउनुपर्छ ।

]]>
https://www.swagatnepal.com/2016/02/629/feed/ 0
मागेको बेला पानी पनि खान पाउँदैनथे सुशील कोइराला ! अलविदा भन्दै गर्दा सुशील कोइराला तस्वीरमा !! https://www.swagatnepal.com/2016/02/605/ https://www.swagatnepal.com/2016/02/605/#respond Tue, 09 Feb 2016 01:36:55 +0000 http://swagatnepal.com/?p=605 स्वागत नेपाल, काठमाडौं ।

sk 1जीवनको अन्तिम अवस्थासम्म पनि अझै पनि पार्टी सभापति बन्छु भनिरहेका सुशील कोइरालाले राति नै इहलोक छोड्नु भएपछि मान्छेको जीवन के नै रहेछ र भन्ने सोच्न बाँकी सभापतिका आकांक्षी मात्र होइन सर्वसाधारणका लागि मनमा झस्का पसेको हुनुपर्छ ।

जीवनको अन्तिम अवस्थासम्म पनि उहाँ आफ्नै मनले पनि अभै पनि केही गर्छु भन्ने ठानिरहनु भएको थियो । जीजीविषा बाँकी नै थियो । जीवनप्रतिको आस्था र कर्तव्य परायणता रहिरहेको थियो भन्ने निश्कर्ष निकाल्न सकिन्छ भने केहीले जीवनको अन्तिम अवस्थासम्म पनि राजनीतिमा पदको आकांक्षा बाँकी रहने रहेछ पनि भन्लान् ।

अर्को भाषामा राजनीतिमा थकान भन्ने शब्द हुन्न भनेर मदन भण्डारीले भनेजस्तो पनि भन्न सकिन्छ । तर, त्यही वाक्यलाई राजनीतिले थाक्न दिँदैन पनि भन्न सकिएला ।

जे होस् भण्डारीको त्यो वाक्य सुशील कोइरालामा पनि लागू हुन्छ । जसजसले कोइरालामा चाहिँ पदको आकांक्षा अन्तिमसम्म पनि देख्छन् र भण्डारीमा थकान हुन्न भन्ने आदर्श मात्र भेट्छन् ती गलत बुझाइ भएका मान्छे हुन् किनकि कोइरालाई चाहिँ आफ्नो निधनको बारेमा थाहा भएको र भण्डारीलाई मात्र थाहा नभएको होइन ।

जे होस्,  व्यक्तिगत रुपमा सुशिल कोइरालाको जीवन सादगीपूर्ण रह्यो । सायद आफ्नो व्यक्तिगत साम्पत्तिक लालसा नभएकोले होला उनले धेरै कुरामा आफ्ना अडान छोडेनन् । अरुको त के आफ्नै पार्टी भित्रका अनसनसम्मलाई वेवास्ता गरेर आफ्ना अडानमा रहिरहे ।

12670580_1091984850846769_4343147440838211554_nअहिले भने सुशील कोइरालाजस्तो कम्तिमा व्यक्तिगत र पारिवारिक लालसा नभएका नेता मुलुकले सायदै पाउला ।

म निक्कै पटक कोइराला शक्तिमा नरहँदा उनको निवासमा पुगेको छु । उनीकहाँ कमै मात्र मान्छेहरु भेट्न जाने समयमा शक्तिमा नहँदा जब म जान्थे उनले आफ्नै कोठामा काममा सघाउ गर्ने व्यक्तिबाट मागेको समयमा पानी र चिया पनि पिउन नपाएको,  धेरै पटक मागेर पनि थाकेको समेत देखेको छु ।

 

जुन समयमा उनी आफूलाई भेट्न आउनेहरुलाई एक कम चिया मगाउदा पनि नआएपछि आफू पनि च्यूरा र दालमोठ खाइरहेको मैले भेटेको थिएँ, अहिले सम्झनामा आइरहेका छन् ।

मलाई त्यो बेला लाग्थ्यो कोइरालाको एक्लो जीवन मरणकालमा कस्तो दुःखद होला । बाहिरबाट ठाँटबाँठ र शक्तिमा रहेको देख्नेहरुले त्यो शक्तिमा नरहेको बेला ऊनी हेपिएको, एक्लै एक्लै राम्रा नराम्रा क्षणहरु बिताएको कमैले देखे होलान । परिवार विनाको उनको जीवन एकदम नराम्रोसँग अन्तिम अवस्थामा पुग्ला कि भन्ने मलाइ लाग्थ्यो । तर, उनी शक्तिमा पुगेपछि पूर्वप्रधानमन्त्रीको हैसियतमा पाउने सुविधाका कारण मैले सोचेजस्तो परिवार विहीन सर्वसाधारणजस्तो दुखी रुपमा नबित्ने भयो, देशलाई जे भए पनि उनको अन्तिम अवस्था उनकै लागि चाहिँ राम्रो हुने भयो भन्ने एक पलक सोचेको थिएँ ।

हुन पनि सुशिल कोइरालाले दुःखै लुकाए । अन्तिम अवस्थासम्म सक्रिय रहे । उनको सादगीबाट भने सबैले सिकौं । अलविदा सुशिल कोइराला ।

]]>
https://www.swagatnepal.com/2016/02/605/feed/ 0