Prachanda – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Fri, 16 Dec 2016 13:26:36 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 गरिबी पनि कहिलेकाहीँ संगठित डकैती हुँदोरहेछ ! https://www.swagatnepal.com/2016/12/1589/ https://www.swagatnepal.com/2016/12/1589/#respond Fri, 16 Dec 2016 12:46:56 +0000 http://swagatnepal.com/?p=1589 एउटा ह्याण्डसम गरीवीबारे केही मनोविनोद

स्वागत नेपाल

  पहाडे प्रधानमन्त्रीको जमीन कठ्ठामा मधेसी गृह मन्त्रीको जमीन रोपनीमा मापन भएको देखेर म अचम्भित भएँ । यसको संकेत के हो ?

  मान्छेहरु सोच्दा हुन् – प्रधानमन्त्रीको जग्गा केवल एक कठ्ठा मात्र छ । तर,उनको जमीनमुनि धर्तीको केन्द्र भागसम्म मात्र नाप्ने हो भने ६ हजार ३ सय ७१ किलो मिटरसम्म र माथि त कति हो कति हुन्छ । खै त्यसको हिसाब किताब गरेको ?त्यसरी पनि नाप्न नपाउने कति छन् ? यस्तो ह्याडसम गरिवी कहाँ हुन्छ संसारमा ? यो संसारको कुनै एक टुक्रा जमीन कसरी कुनै मान्छेको भयो ? यो थिति कसरी बस्यो ?

ॐ  कहिलेकाहीँ गरिवी पनि संगठित डकैती हो । अहिलेको मन्त्री/प्रधानमन्त्रीहरुको गरिवी पनि संगठित डकैती हो ।

ॐ  कानुनमा बाहेक व्यवहारमा अझै पनि सम्पत्तिको अधिकार महिलालाई नभएको देश नेपालमा अरु महिलाका नाममा एक चपरी पनि हुन्न, मन्त्री/प्रधानमन्त्रीका चाहिँ श्रीमतिका नाममा कसरी त्यत्रो सम्पत्ति हुन्छ जसको आफ्नै कुनै कमाइ छैन, केवल तिनको पेशा सपिंग गर्ने मात्र हो ।

  घरजग्गालाई रियल स्टेट किन भनिन्छ ? किनकि कि स्टेट अर्थात् राज्य नै घरजग्गा हो भन्ने हामी ठान्छौं ।

  डाकाहरुले सम्पत्तिलाई सबैभन्दा बढी सम्मान गर्छन् । असलले त्यति वास्ता गर्दैनन् त्यसको ।

ॐ  निजी सम्पत्ति नै स्वतन्त्रताको पहिलो स्रोत हो । यदि इतिहासले कुनै कुरा सिकाउँछ भने त्यो निजी सम्पत्ति सभ्यतासँग अन्योन्याश्रित छ । त्यसैले जे जति भए पनि निजी सम्पत्ति राख्ने साम्यवादी नेताहरुको मूल चुरो अब पनि बुझिएन, हामीले राजनीति बुझ्दैनौं ।

ॐ मान्छे निजी हुनुबाट समाजमा किन प्रवेश गर्यो ? केवल व्यक्तिगत सम्पत्तिको रक्षाको लागि । व्यक्तिगत सम्पत्तिको रक्षाका लागि मान्छेले समाजलाई प्रयोग गर्यो, खासगरी कम्युनिष्ट राजनीतिले समेत । त्यसैले अबको कम्युनिज्म समाजवादी कम्युनिज्म हुनुपर्छ, हुन्न भने पनि भइसक्यो ।

ॐ  यदि ह्यूमन राइट र प्रोपर्टी राइटको वीचमा युद्ध हुने हो भने प्रोपर्टी राइटले जित्ने छ संसारभर । नेपालमा जिति नै सक्यो किनकि कम्युनिष्टले चुनाव जितेर सरकार बनायो भने आफ्नो नाममा जग्गा राख्न पाइन्न रे भनेर जग्गै नहुने गरीबमान्छेहरु कम्युनिष्टसँग सबैभन्दा बढी अचम्म लाग्ने गरी डराउने देश र समाज हो यो ।

ॐ  संसदको सत्र चलिरहेको बेलामा कुनै पनि मान्छेको जीवन, स्वतन्त्रता र सम्पत्ति सुरक्षित हुँदैन भन्थे बेलायतमा हो रहेछ नेपालमा पनि ।

ॐ सम्पत्तिवालले भन्छ म भनेको मेरो जे हो त्यो हुँ । मेरो जे छ त्यो नै म हुँ । हाम्रा नेता त्यही भन्छन् । व्यापारी र व्युरोक्र्याट्स पनि त्यसै भन्छन् ।

ॐ संसारको पहिलो मान्छेले कुनै जमीनमाथि उभिएर यो मेरो हो भनेर भन्यो होला, त्यतिबेला बाँकी अरु सबै उसको अनुहार छक्कै परेर हेरे होलान् र यो कसरी उसको भयो भनेर । हुनलाई त्यही बेला कथित सभ्यताको शुरुआत भयो । नेता पनि त्यहीँ जन्म्यो ।

ॐ रातारात रुपियाँ डबल गर्न केवल त्यसलाई फोल्ड गरेर राख्ने बाहेक अरु उपाय नभएका देशका जनताका नेता कसरी र चौबल मात्र होइन आठ गुणा गर्न सक्ने भए तुरुन्तातुरुन्ती ?

ॐ म कुरा बुझ्दििनँ किन पैसाले सबैथोक गर्छ भन्नेहरु नै पैसाका लागि सबैथोक गर्छन् ? किनकि यी नेताले मलाई सानै मुखले चाहिँ सानैदेखि पैसाले मात्र सबैथोक गर्दैन भन्थे । पैसाका लागि चाहिँ सबैथोक गर्नु पर्छ पो भनेका रहेछन् ।

ॐ  म चाहिँ पैसा कमाउनै लागि मात्र मेरो मूल्यवान् समय खेर फाल्न सक्तिनँ ।

ॐ  आफ्नो सम्पत्तिको खास मूल्य त्यो सबै हराउँदा महत्व कति थाहा हुन्छ त्यति नै हो ।

ॐ म धेरै पैसा भएको गरीब मान्छेसँग बाँच्न चाहन्छु । पाब्लो पिकासो भन्थे । हामी हाम्रा नेता बिना बाँच्नै नसक्ने कार्यकर्ता हौँ भने पाब्लो पिकासोजस्तै हामी धेरै पैसा भएका गरीबहरुसँग बाँचिरहेका छौँ ।

ॐ कुरा यत्ति हो कि तिमी जतिसुकै कसिलो हग गर तिम्रो सम्पत्तिलाई , त्यसले तिमीलाई कहिल्यै हग गर्दैन ।  तिनलाई कति भन्नू तिमी पैसालाई हग गर्दै राजनीति नगर, जनतालाई गर ।

ॐ  मैले अहिलेसम्म कुनै कात्रोमा गोजी देखेको छैन । न त कुनै सिरक डसनामा । सायद यी नेताका कात्रोमा हुनेछ गोजी र सिरक डसनामा पनि हुँदाहुन् पैसा राख्ने गोजी ।

ॐ  संसारमा गरीब मान्छे छैनन् । केवल दुई खालका मान्छे छन् । कि त पैसा भएका गरीब मान्छे छन् कि त धनी मान्छे छन् । त्यो सोचाइ पनि गलत नै रहेछ नेपालमा चाहिँ तेस्रो कोटीका पनि रहेछन् ।  पैसा पनि भएका गरीब मात्र होइन, पैसा नभएका गरिब पनि रहेछन् ।

 तिनको नाम जहिल्यै पनि रकमको रसिदमा लेखिएर बितोस् ।

ॐ  जब पैसाको कुरा हुन्छ तब संसारका मान्छे एउटै धर्मका र एउटै पार्टीका हुन्छन् । बर्तमान मन्त्री मण्डलमा हुने सबैको र जो जो रहे तिनको पनि मिलीजुली फरक फरक पार्टीको एउटै पार्टीको सरकार बन्यो, बनेको छ । धनवादी पार्टी ।

ॐ  निरास मान्छेसँग ऋण लिनुपर्छ जो उठ्छ भन्ने कुरामा कहिल्यै विश्वास गर्दैन । हाम्रा नेताले हामी निरास जनतालाई झन् निरास बनाएर ऋण लिएका छन् ।

ॐ चेक बुक संसारको उत्कृष्ठ पुस्तक भन्दा बढी र ध्यान पूर्वक पढिने बुक हो । प्रत्येक पृष्ठ एकदम ध्यानपूर्वक । यी नेताले सबैभन्दा बढी त्यही पढेका छन् ।

ॐ  हाम्रा नेता पैसा बाहेक अरु कुरा सुन्नै तयार छैनन्, यतिसम्म गरिब छन् कि तिर्ने वा ‘पे’ गर्ने कुरामा उनीहरु जनताका कुरा प्रति अटेन्सन मात्रै पनि पे गर्न तयार छैनन्, जबकि स्कुलहरुमा हरेक विहान पे अटेन्सन भनेर लाइनमा सुनाइन्छ ।

ॐ  यदि महिलाहरु हुन्नथे भने संसारमा कुनै पैसाको केही अर्थ हुन्नथ्यो भन्ने कुरा मन्त्रीका परिवारमा पनि महिलाका नाममा मात्र सम्पत्ति देखिनुले हो भन्ने लाग्यो ।

ॐ  यी नेताको गोजी मात्र खाली होइन खाली दिमाग पनि खाली छ त्यसैले गर्दैनन् गर्नै पर्ने काम चाहिँ, अनि खाली दिमाग भएपछि काम बिना खालिहात हुन्छ सबै ।

ॐ  लोकतन्त्रमा छौँ हामी त्यसैले हरेक मान्छेलाई गरीब हुने अधिकार छ, नेतालाई पनि छ । ती सधैँ गरिबै भइरहून् ।

]]>
https://www.swagatnepal.com/2016/12/1589/feed/ 0
Encounter at Anytime: Prachanda https://www.swagatnepal.com/2016/04/1177/ https://www.swagatnepal.com/2016/04/1177/#respond Wed, 06 Apr 2016 16:26:59 +0000 http://swagatnepal.com/?p=1177 TSN Reporter

April 8, 2016

Maoist Chairman Pushpa Kamal Dahal Prachanda has pronounced that the encounter for the national independency may explode at any time.

 

PRACHANDAAddressing to a program of inauguration of national summit of Nepal Women’s Association (Revolutionary) in Kathmandu today he said the country’s future is still uncertain.

 

‘Though the constitution is made lots of challenges are there to be implemented’ He added, ‘ At anytime the battle for the national independency may explode.’

 

He clearly asked the cadres to get set for arms struggle again, ‘ If the time comes for clash we should be ready for revolt, be ready for it.’

 

Prachanda stated that he will never be tired of unifying the Maoists. Similarly, he expressed his hope that Baidhya (Mohan Baidhya Kiran) group would come with positive decision by tomorrow.

Also he pointed out the need of unification of leftist parties and forming a wider forum of them.

Claiming that he had requested Prime Minister K. P. Sharma Oli to prepare for the talk with Madesh based parties Prachanda said,’ Let’s solve the problems through talk.’

]]>
https://www.swagatnepal.com/2016/04/1177/feed/ 0