Successful life – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Tue, 13 Dec 2016 11:04:10 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 मध्यरातको मेरो अनुभव ! सबै युवालाई काम लाग्न सक्छ https://www.swagatnepal.com/2016/03/1138/ https://www.swagatnepal.com/2016/03/1138/#respond Thu, 24 Mar 2016 18:49:41 +0000 http://swagatnepal.com/?p=1138 © स्वागत नेपाल

Swagat nepalम प्राय रातको समय पनि अफिसमा काम गरेर घुप्लुक्क निदाउन मात्र आवास पुग्छु । विहान ५/ साढे ५ मा उठ्छु । कहिलेकाहीँ रात निक्कै मध्यबाट उत्तर लागेपछि अफिसमै पनि सुत्छु । अब धेरैलाई लाग्न सक्छ कि स्वागत नेपाललाई धेरै पैसा कमाउनु छ ।

तर हिजो आज यस्तो लाग्न थालेको छ कि धेरै काम गर्नु धेरै पैसा कमाउनका लागि होइन, जीवनलाई जस्टिफाइ गर्नका लागि हो ।

जीवन कमाउन भन्दा खर्च गर्न जति बढी सकिन्छ त्यसैमा सफल हुन्छ । कमाएको देखिनु खर्च धेरै गर्नु हो । हो, सुन, चाँदी, घर, गाडी प्राप्त गर्ने पैसा खर्च गर्न सक्ने बन्नु नै कमाउनु हो, कमाएको देखिनु हो । तर, त्यसैका लागि खर्च गर्न हामी सोझै पहिला पैसा खोज्छौं । के खर्च गरेर त्यो खर्च गर्ने पैसा आउँछ हामी त्यो चाहिँ भूल्छौं ।

घर, गाडी, सुन चाँदी वा अन्य आवश्यकताका लागि खर्च गर्ने पैसा पाउन आफैँसँग भएको पैसा नै नलाग्ने चीज परिश्रम आफैँले खर्च गर्नुपर्छ पहिला । तर हामी लोभ वा अल्छी गरेर परिश्रम खर्च गर्न तयार बन्दैनौं ।

पहिला परिश्रम खर्च गरौं अनि अरु चीजका लागि खर्च गर्ने पैसा आउँछ । हामी धेरैजसो छोटो समयमा परिश्रम खर्च नगरी अरु चीजका लागि खर्च गर्ने पैसा छिट्टै कमाउन खोज्छौं समस्या त्यसैमा छ ।

फास्ट फुडको असर परेको छ सबैलाई अनि हरेक कुरा फास्ट चाहिएको छ । जोगी बाबाहरुलाई भेटेर मन्दिरमा पुगेर वा नेता मन्त्रीलाई भेटेर भनसुन र सोर्स फोर्स लगाएर फास्ट फास्ट पैसा कमाउने ठाउँ र आइडिया चाहिएको छ । परिश्रम नगरी वा गरेजस्तो मात्र वा थोरै परिश्रम गरेर एकैपटक धेरै चाहिएको छ । त्यस्ता बाटा पनि छन् । तर धेरै सम्पत्ति कमाइयोस् भनेर प्रार्थना गर्नेहरु हामी छौं भने एउटै वाक्य बुझौं- परिश्रम नै बरदान पाउने प्रार्थना हो । ईश्वरले पनि हाम्रो परिश्रमसँग हरेक थोक हामीलाई बेच्छन् । उनी खुसी हुन्छन् हाम्रो परिश्रमसँग । उनी बरदान दिन होइन, परिश्रममा हरेक थोक बेच्न बसेका छन् ।

व्यस्त हुन र परिश्रम गर्न ठाउँ छैन, काम छैन भन्ने बहाना हुन सक्छ, समय मात्र छ टाइम कील गर्न गाह्रो छ भन्छन् मान्छेहरु । तपाईँ टाइम किल गर्न चाहनुहुन्छ ? मर्ने बेलासम्म काम गर्नुस् टाइम कील आफै हुन्छ, तपाईले थाहा नै पाउनु हुन्न । अनि जति व्यस्त हुनुभयो, व्यस्त मान्छेका लागि रिसाउने त के माया गर्ने पनि फुर्सद हुँदैन ।

धाराबाट नुहाउँदा, स्वीमिंग पुलमा पौडी खेल्दा बाहिरबाट सफा भइएला तर भित्रैबाट पखालिन त पसिना बगाउनु पर्छ । भित्र केही फोहोर र खराबी गरेका छौं भने पनि जब पसिना बगाएर कडा मेहनत गरिन्छ, बिस्तारै सबै भित्रैबाट पसिनाले पखालेर धोइदिन्छ ।

परिश्रम नगरीकन बस्दा केही बढ्दैन केवल औलाका नंगहरु बढछन् ।

हिजो आज म काम गर्दा जति थाक्छु होला त्यो भन्दा बढी मसँग बिना काममा कुरा गर्न अफिसमै भेट्नेहरुले कुराले धेरै गलाउँछन् । दिक्क पनि लाग्छ । कुरा नगर्न पनि मिल्दैन कतिपय अवस्थामा र कोही नआउने समय भएपछि काममा बस्ने पनि बानी परेको छ । बानीको दास पनि हुन्छ मान्छे, कुरा गरिरहेको मान्छेलाई मेरो काम छ गैहाल्नुस् भन्न पनि सक्तिनँ अत्यन्त विशेष अवस्था बाहेक ।

दाउरा चिर्दा मान्छे दुई चोटी तातिन्छ । एउटा दाउरा चिरिरहेको बेला अर्को त्यो दाउरा आगो बालेर तापेको बेला । परिश्रम नगरी वा कम मात्र गरेर पाएको आनन्द एक पटक मात्र र छोटो हुन्छ । तर, परिश्रम गजबले गर्दा दुई पटक आनन्द हुन्छ । एक, सबै कुरा भुलेर काम गरिरहेको बेला सबै नचाहिँदा कुरा भुल्ने आनन्द अर्को, त्यसको फल पाएको बेलाको आनन्द अर्को ।

ठीक छ, आज सबै काम सकिएन, भ्याइएन राती साढे बाह्र बज्दा पनि तर म खुसी छु किनकि आजै सबै काम सकियो भने भोलिको विहान निरस हुन्छ । भोलि फेरि स्याड मनिंग होइन, ब्याड मनिंग होइन, गुड मर्निंग हुनु छ । जब आजै राती सबै काम सकियो त विहान उत्साहपूर्ण हुँदैन, किन दुःखी हुनु ?

काम नसकिनुमा एउटा कारण छ, म एकै पटक धेरै काम गर्ने मान्छे हुँ । म एकै पटक धेरै काम थालेर केही गर्दै फेरि अर्को काम पनि वीच वीचमा गर्छु । किनकि, मलाई एउटा काम गर्दा गर्दै वीचमा रिफ्रेस हुन मन लाग्यो भने म अर्को काम गर्न थाल्छु । किताब पढ्ने काममा अल्छी लाग्यो भने मुद्दाका विषयका कथाहरुभित्र छिर्छु । त्यो अल्छी लाग्यो भने कलेजमा पढाउने विषयका बारेमा उदाहरणीय पक्षहरु खोज्न थाल्छु । त्यसमा अल्छी लाग्यो भने टेलिभिजनका कार्यक्रम उत्पादनदेखि परफरमेन्समा के नयाँ गर्न सकिन्छ भनेर त्यो विषयमा लाग्छु । अर्थात्, एउटा कामबाट बोर भयो भने काम छोडेर रिफ्रेस हुन्न बरु अर्को काम गर्न थाल्छु ।

तर संसारमा जस कसै गरी पाइन्न । त्यो सत्य हो । चित्त कसैगरी बुझाउन सकिँदैन सबैको । जब तपाई आफनै चित्त त कहिल्यै बुझाउन सक्नु हुन्न भने अरुको चित्त बुझाउने ठेक्का पनि तपाईको होइन । केवल लक्ष भेदन गर्न लागि रहनुस् । तपाई यस्तै हो भने तिनले आफ्नो चित्त आफैँ बुझाउँछन् । आजलाई यत्ति नै । शुभ रात्री भन्नु पर्ने शुभ विहानी हुन लागेछ । शुभ समय सबैमा । २०७२ चैत्र ११ रात्री १२:४३

]]>
https://www.swagatnepal.com/2016/03/1138/feed/ 0