Monday 1st June 2026
कोइरालाको बिधुतिय दाहसंस्कार नहुने भयो
काठमाडौ ।
नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको बिधुतिय दाहसंस्कार हुने भनिए पनि सो नहुने भएको छ । यदि उहाको बिधुतिय दाहसंस्कार भएको भए हिन्दु परम्पराम राजकिय समानकासाथ त्यो नै पहिलो विद्युतीय दाहसंस्कार हुने थियो ।
अन्तत: बुधबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार नै दाहसंस्कार हुने भएको राससले जनाएको छ।
काँग्रेस केन्द्रीय समितिको निर्णयबमोजिम कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज पार्टी कार्यालय हुँदै मध्याह्न १२ बजेदेखि दशरथ रङ्गशालामा राखिएकोमा बुधबार अपराह्न २ बजेपछि रङ्गशालाबाट शवयात्रा गरी आर्यघाटमा अन्त्येष्टि गरिने सो पार्टी कार्यालयले जनाएको छ ।
स्व कोइरालाको दाहसंस्कार पार्टीले हालै आर्यघाटमा सञ्चालनमा आएको विद्युत् शवदाह गृहमा गर्ने भनेको थियो। तर राससका अनुसार परिवारजनको इच्छाअनुसार हिन्दू परम्पराअनुसार नै दाहसंस्कार गरिने स्व कोइरालाका भाइ अशोक कोइरालाले जानकारी दिए। स्व कोइरालालाई उहाँका भतिजा अतुल कोइरालाले दागबत्ती दिने परिवारजनले बताएको छ। आज रातभर रङ्गशालामा रहने स्व कोइरालाको पार्थिव शरीरलाई काँग्रेसले नेपाल सरकारको जिम्मा दिएको पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए। कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गर्दै सरकारले आज त्यसका लागि गृहमन्त्री शक्ति बस्नेतलाई जिम्मेवारी तोकेको छ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...