...

Monday 1st June 2026

बालगृहको उद्देश्य आर्थिक होइन सामाजिक हुनु पर्ने

ललितपुर, ९ फागुन । ललितपुर जिल्ला वाल कल्याण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले वालवालिकाको संरक्षण तथा हेरचाहका लागि भनेर स्थापना गरिएका बालगृहहरु आर्थिक उद्धेश्यबाट नभई विशुद्ध सामाजिक भावनाबाट सञ्चालन गरिनुपर्ने बताएका छन् ।

News Photoएसओएस वालग्राम नेपाल तथा महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयले प्रकाशित गरेको ललितपुरका आवाशिय वालगृहहरुको अध्ययनको सारांश प्रतिवेदन ललितपुरमा आईतबार सार्वजनिक गर्दै प्रजिअ शर्माले वालगृह सञ्चालन गरेर आर्थिक लाभ लिने कसैले उद्धेश्य राखेको छ भने त्यो गैरकानूनी हो भने ।

उनले आर्थिक लाभको लागि विभिन्न क्षेत्र र व्यापार भएकोले गरीव, आमाबाबु र परिवार गुमाएका वालवालिकाको संरक्षणबाट कसैले लाभ र नाफाको उद्धेश्य राख्न नहुने बताए ।
गरीवी, प्राकृतिक विपत्ति, द्धन्द सामाजिक कारण आदिका कारण धेरै वालवालिका घरवारवीहिन भई वालगृहमा बस्नुपरेको र सडकमा पुगेको कटु यथार्थ औंल्याँउँदै प्रजिअ शर्माले तीनीहरुलाई सकभर उनीहरुकै परिवार या आफन्तमा पुर्नस्थापन गर्न जोड दिनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्मा तथा एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशंकर पधानाङ्गले सो प्रतिवेदन सार्वजनिक गरेका थिए ।
ललितपुरका २० वटा वालगृहहरुको अध्ययन गरि एसओएस वालग्रामद्धारा तयार गरिएको सारांश प्रतिवेदनले वालगृहहरुको कमी कमजोरी र सुधार्नुपर्ने कुका साथै सरकारले पनि निभाउनुपर्ने कर्तव्यबोध गराएको बताए ।

त्यस अवसरमा एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशंकर पधानाङ्गले ललितपुरमा अध्ययन गरिएका २० वटा वालगृहहरुमध्ये आधाजसोले मात्रै वालगृह सञ्चालनकोआचारसंहिता मानेको र आधाजसोले वालअधिकार संरक्षण नीति अनुशरण गरेको पाइएको बताए ।

विशुद्ध सामाजिक उद्धेश्यले खोलिएका वालगृहहरुको अनुगमन गर्न सरकारी निकायका प्रतिनिधि आउँदा डराउन नपर्ने बताउँदै यस्ता अनुगमनले वालगृह सञ्चालनमा भएगरेका त्रुटीहरु समयमै औलिन सक्ने कुरामा जोड दिए ।

उनले जिल्लामा रहेका सबै वालगृहहरुमा वालअधिकारको संरक्षण गर्दै वालक्लव खोल्न पनि सुझाव दिए ।
वालगृहहरुको सञ्जाल सिनेट नेपालका महासचिव रविन नेपालीले वालगृहमा आश्रीत वालवालिकालाई सकभर घरमा आफ्ना वालवालिकालाई माया, ममताका साथ हुर्काएजस्तै हुर्काउनुपर्ने कुरामा जोड दिए ।
एसओएस वालग्राम नेपालकी नायव निर्देशक तथा वालग्रामले अभियानको रुपमा सञ्चालन गरेको मेरो हेरविचार गर्नुहोस् अभियानकी संयोजक सुष्मा पोखरेलले नेपालमा एसओएस वालग्राम सञ्चालन भएका १० वटा जिल्लाका वालगृहहरुको स्थलगत अध्ययन गरि त्यहाँको वस्तुस्थिति समेटेर हरेक जिल्लाको प्रतिवेदन बनाइएको बताईन ।

जिल्ला वालकल्याण अधिकृत नविन घिमिरेले ललितपुरका वालगृहहरुको बारेमा जानकारी दिएका थिए ।

साथै आइतबारदेखि जिल्लाका वालगृहहरुलाई लक्षित गरि वालगृहहरुको गुणस्तरीय हेरचाहका लागि वालगृह सञ्चालकहरुका लागि २ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ जसका जिल्लाका २ दर्जन वालगृह सञ्चालकहरुको सहभागिता रहेको छ ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...