Monday 1st June 2026
ओलीलाई किन मर्सिडिजमा चढाइयो ? अफिसियल स्टेट कार कस्तो हुनुपर्छ ?
शुरुमै सम्झनु पर्ने कुरा, इण्डियाका सबै प्रधान मन्त्रीले होस्ट कन्ट्रीको गाडी प्रयोग गर्ने गरेकोमा मोदीले त्यो तोडेर आफ्नै गाडी अरुका देशमा प्रयोग गर्न थाले किन … ?
नेपालमा भएको पछिल्लो सार्क सम्मेलनमा भारतबाट झिकाइएका गाडी बहिस्कार गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ नेपाल आउँदा आफ्नै कारमा हिँडेको प्रसंगसँग जोडिएको कूटनीति …
– स्वागत नेपाल-

नेपालमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले पदभार सम्हालेपछि नेपालमा नै एसेम्बल गरी तयार गरिएको मुस्ताङ्ग गाडीलाई आफ्नो अफिसियल स्टेट कार बनाएपछि अफिसियल स्टेट कारका सन्दर्भमा जे मन लाग्यो त्यही गर्नु हुन्न भनेर मैले नै त्यतिबेला एउटा राष्ट्रिय दैनिक पत्रिका लेख लेखेको थिएँ । केही चर्चा त्यो बेला विषयले पायो तर फेरि सेलायो ।
नेपालमा अफिसिलय स्टेट कार कस्तो तहको हुनु पर्ने भन्ने कुनै कानुनले निश्चित गरेको छैन । तर कुनै पति तहको भिजिटमा हुँदा अफिसियल स्टेट कारको सुरक्षाको तहका बारेमा भने राजकीय मान्यता स्थापित भइसकेको छ । तर पनि त्यस्तै हुनुपर्छ भन्ने स्थापित कानुन नभएका कारण प्रधानमन्त्री मात्र रहँदा र राष्ट्रप्रमुख समेतको जिम्मेवारीमा रहँदा पनि एउटै तहको सुरक्षा व्यवस्था तत्कालीन कार्यकारी प्रधानमन्त्री र राष्ट्रप्रमुख समेतको जिम्मेवारीमा रहँदा गिरिजाप्रसाद कोइरालाका हकमा लागु हुनु र प्रथम् राष्ट्रपति डा. यादव महोदयका लागि पनि केही समय निर्णयमा पुग्न नसक्नु त्यसका उदाहरणहरु थिए ।

तस्वीर : मोनी शर्मा, गेटेइमेज
अमेरिकी राष्ट्रपति सवार हुँदा उनी सवार हुने बाहेक २५ देखि ३० वटा सवारी साधन हुन्छन् । सँगसँगै एउटा एम्बुलेन्स पनि रहन्छ । स्टेट कार चालकको पनि सुरक्षा संयन्त्रले निश्चित कला, सिप र क्षमताको निर्धारण गरेको हुन्छ । सुरक्षा व्यवस्थाको सारा तालमेल बुझेको हुनुपर्छ । कसैले पनि आफू सत्तासीन हुनु पूर्वको आफ्नो चालकलाई नै कुनै पनि प्रधानमन्त्री राष्ट्रपतिले आधिकारिक चालक राख्न नहुने मान्यताको पछाडि पनि तर्क छन् । बाबुराम पछि मुस्ताङ्गलाई नै प्रयोग गरिएको थियो भने पनि सरकारी जागिरे चालकले मुस्ताङ्ग चलाएको हुन्छ कि हुन्न वा अभ्यस्त हुन्छ कि हुन्न भन्ने अर्को कुरा हुन्थ्यो ।
नयाँ गाडी प्रयोग गर्दा अमेरिकी राष्ट्रपति समेत सेक्रेट सर्भिसले हुन्छ भनेर अनुमति नदिएसम्म कुनै पनि गाडीमा चढ्दैनन् । सन् १९३० देखि अमेरिकी अफिसियल स्टेट कार सुरक्षा तह कायम गरिएकोमा २००९ जनवरी २० हालको लिमोजिन कार त्यहाँ चालू छ ।
जापानका सम्राट टोयोटा प्रयोग गर्छन् । बेलायतकी महारानी बेन्टली प्रयोग गर्छिन् त्यो आफ्नै देशको उत्पादन हो । १८ जनवरी १९१९ मा वाल्टर ओ बेन्टलीले शुरु गरेको सो कार विश्व युद्धमा पनि प्रयोग भएको थियो । राज्यले स्टेट कारको घोषित अघोषित रुपमा प्रयोग गर्दा त्यससँगको ऐतिहासिक सम्बन्ध पनि हेरिँदो रहेछ ।
इटालीका प्रधानमन्त्री माजेर्टी प्रयोग गर्छन् । क्यानाडामा अफिसियल स्टेट कारका रुपमा डेट्रोइट थ्री प्रयोगमा छ । त्यस कारको उत्पादक क्यानाडियन कम्पनीमा स्वयम् क्यानाडेली सरकारको समेत शेयर रहेको हुन्छ । अर्जेन्टिनामा आउदी ए ८ प्रयोग गर्छन् राष्ट्रपति । त्यहाँ राष्ट्रपति एडिएफ १ र प्रधानमन्त्री सी १ लेखिएको नम्बर प्लेट प्रयोग गर्छन् । अष्ट्रेलियाका गभर्नर जनरलको कारमा नम्बर प्लेटको सट्टा सेन्ट इडवार्डको श्रीपेच राखिएको हुन्छ ।
प्रधानमन्त्रीको गाडीमा लेखिएको सी वान को अर्थ कमनवेल्थ वान हो । बांलादेशमा पनि प्रथम नागरिकको आधिकारिक गाडी मर्सिडिज बेन्ज प्रयोगमा छ । तर प्रधानमन्त्रीले ह्वाइट बी७ प्रयोग गर्छन् ।
भूटानमा बोलिभियामाजस्तै जिग्मे सिंगे वांचुक टोयोटा ल्याण्ड क्रुजर चढ्छन् । ब्राजिलमा राष्ट्रपतिले राष्ट्रिय दिवसका दिन मात्र रोल्स रोयस सिल्भर राइथ प्रयोग गर्छन् तर अरु बेला फोर्डको फ्यूजन हाइब्रिड चढछन् । चीनमा राष्ट्रपति निशान सिभिलियन प्रयोग गर्छन् भने । राजीय समारोहबाहेक होंकी भन्ने कार चढ्छन् जुन हु जिन्ताओले प्रयोग गर्ने गर्थे ।
फ्रान्समा शक्तिमा आएपछि कार चुन्ने सुविधा छ तर अरु मुलुकमा त्यो व्यवस्था त्यति स्पष्ट छैन । उनीहरुलाई फ्रेन्च उत्पादन मध्येकै सित्रोएन सी ६, रेनाउल्ट भल साटिस र पेगुएट ६०७ मध्ये एक मात्र रोज्न छुट हुन्छ । निकोलास सार्कोजीको छनोटमा रिनाउल्ट परेको थियो भने ज्याक सिराकको सित्रोएन । जर्मनीमा आफ्नो क्षेत्रीय उत्पादन प्रयोग गर्ने रहर त्यहाँका राजनीतिज्ञहरुले देखाउने गरेका छन् । त्यहाँको ग्रिन पार्टीका नेताले त अरु कारहरु बहिष्कार नै गर्ने नीति पनि लिएका थिए ।
जापानमा सम्राटले टोयोटा सेन्चुरी रोयल राजकीय महत्वका साथ महत्वका साथ प्रयोग गर्छन् भने प्रधानमन्त्रीले टोयोटा सेन्चुरी मात्र । इण्डियामा राष्ट्रपतिले ब्ल्याक मर्सिडिज बेन्ज एस ६०० पुलमान गार्ड प्रयोग गर्ने र सँगसँगै मर्सिडिज बेञ्ज एम्बुलेन्स पनि रहने गर्छ । त्यहाँ उपराष्ट्रपति र प्रधानमन्त्रीले विएमडब्ल्यू सेरिज ७०० प्रयोग गर्छन् । विदेश भ्रमणमा जाँदा होस्ट कन्ट्रीले उपलब्ध गराउँदै आएको गाडी नै प्रयोग गर्ने गरेको भारतको अफिसियल स्टेट भिजिटको शृंखलालाई नरेन्द्र मोदीले तोड्दै आफैँले सेभेज सिरिज विएमडब्ल्यू साथै लिएर हिँडे । उनले नेपाल फिजी, मरिसर, तुर्कमिनिस्तान समेतको भ्रमणमा त्यसै गरेका थिए ।
डा. बाबुरामले प्रयोग गरेको मुस्ताङ्ग गाडीलाई अमेरिकामा द विस्ट पनि भनेर बुझिन्छ । फोर्ड मुस्ताङ्ग मोटर कम्पनीले बनाएको नर्थ अमेरिकाको फोर्ड फाल्कन को कम्प्याक्ट श्रेणीलाई नै मुस्तांग भनी १७ अप्रिल १९६४ देखि सार्वजनिक गरिएको हो । यो कुनै समयको मोडल ए को रुपमा सबैभन्दा बढी सफल गाडी हो । अहिले यस मोटरको पाँचौँ जेनेरेसन चलिरहेको छ । सन् १९६४, १९७४, १९७९ २००४ र फेरि २००५ मा सहित गरी यो मुस्ताङ्ग विश्वमा पाँचौ जेनेरेसनमा हिँडिरहेको हो तर नेपालमा नितान्त रुपमा नयाँ ढंगले मोडिफाइड म्यानुफ्याक्चर हुँदा यसलाई छैठौँ जेनेरसन माने पनि हुन्छ । यसको पहिलो पुस्ताको फाल्कोन अहिले पनि अष्ट्रेलियामा चलिरहेको छ । दोस्रो विश्व युद्धमा पीर ५१ मुस्ताङ्ग भन्ने फाइटर प्लेन एकदमै चर्चित थियो लडाकाहरु वीच । त्यसपछि जोहन नाजिरले त्यही शब्दलाई भजाए । त्यतिबेला युद्धमा प्रयोग गरिने घोडाहरुलाई पनि सम्मानपूर्वक त्यही मुस्ताङ्ग नामले बोलाइने हुनाले पनि यो एकदमै प्रिय नाम बन्यो ।
सन् १९६० मा जे फ्रान्क डोबेइले पनि आफ्नो पुस्तक द मुस्ताङ्गसमा यो प्रसंग उल्लेख गरेका छन् । सायद घोडाहरुको स्थान हाम्रो मुस्तांग पनि भएकोले त्यसको सम्बन्ध पनि यतातिर गासिन्छ कि त्यो खोजको विषय हो । जर्मनीमा मुस्ताङ्ग नामबाट विक्री हुन गाह्रो भएपछि टी ५ भनेर पनि बेचियो मुस्ताङ्ग बेचिएको थियो । तर अरुतिर यो नाम प्रिय थियो ।
फ्रि रोमिंग हर्स अर्थात स्वतन्त्र रुपमा जताततै घुम्ने घोडालाई पनि स्पेनिसहरुले अमेरिकनहरुले मुस्ताङ्ग भन्छन् । अमेरिकी कंग्रेसले १९७१ मा नै मुस्ताङ्ग अमेरिकीहरुको जीवन र राष्ट्रको विविधता, समृद्धी र भावनालाई बचाइ राख्न योगदान पुर्याउने एउटा जीवन्त प्रतीक हो भनेर मान्यता दिएकोछ । त्यसको सुरक्षाको लागि कंग्रेसले प्रस्ताव पारित गरेर कानुन १९७१ मा ल्याएपछि २०१० मा भएको गणनामा मुस्ताङ्ग (घोडा)को संख्या ३३,७०० रहेको तथ्य सार्वजनिक भएको थियो ।
जे होस् युद्धमा साथ दिने, जनताको भारी बोक्ने र तेज गतिमा यात्रा तय गर्ने इमानदार साथीको प्रतीक नै मुस्ताङ्ग थियो । भट्टराईले निक्कै जोर जुलुम गरेर मुस्ताङ्ग चढे पनिख । त्यो नेपालको अफिसियल स्टेट कार बन्न भने सकेन । तर, मुस्ताङ्ग अर्थात् युद्धक घोडाजस्तो कसैको लगामले एकहोरो नजानु पर्ने बाटोतिर पो हिँडायो कि ।
अब कुरा फेरि उही प्रधानमन्त्रीले विएमडब्ल्यू सेरिज ७०० प्रयोग गर्छन् ।
विदेश भ्रमणमा जाँदा होस्ट कन्ट्रीले उपलब्ध गराउँदै आएको गाडी नै प्रयोग गर्ने गरेको भारतको अफिसियल स्टेट भिजिटको शृंखलालाई नरेन्द्र मोदीले तोड्दै आफैँले सेभेन सिरिज विएमडब्ल्यू प्रयोग गर्ने गरेकोमा अफिसियल स्टेट भिजिटमा हाम्रा प्रधान मन्त्री के. पी. ओलीलाई किन मर्सिडिजमा हिँडाए ? जबकि सन् १९६६ अक्टोबर २५ मा तत्कालीन राजा महेन्द्र पेरिसको राजकीय भ्रमणमा जाँदाका राजाले आफू चढ्ने कारमा सवार गराएको स्मरणीय छ ।
अफिसियल स्टेट भिजिटमा होस्टको तह र गेस्टको तहको समान सवारी व्यवस्था मिलाइने चलन दोस्रो विश्वयुद्ध पछि नै चलनमा आएको हो । आफू अरु देशमा राजकीय भ्रमणमा जाँदा आफ्नै गाडी लिएर त्यसैमा सवार हुने र आफ्नो देशमा अरु मुलुकको राजकीय भ्रमण हुँदा आफ्नो तह भन्दा मातहतको स्तरका सवारी व्यवस्था उपलब्ध गराउने प्रवृत्ति पनि कूटनीतिक रुप भाषामा डिस्अनर नै हो । यसमा हामी भने त्यति सोच्ने अवस्थासम्म पुगिसकेका छैनौं किनकि हाम्रा सल्लाहकार, विज्ञहरुलाई पनि देशभित्रकै अफिसियल स्टेट कारको समेत मापदण्डका बारेमा कुनै जानकारी छैन र हालसम्मको त्यसलाई व्यवस्थित गर्ने कुनै दस्तावेज बनाएका छैनन् ।
गाडीको स्तरजस्तै सलामी तोपको गणना पनि सोही आधारमा हुन्छ बरु राणा प्रधानमन्त्री जंगबहादुरले यस्ता कुरा बुझेका थिए उनले आफूलाई दिने सलामी तोप बेलायती प्रधान मन्त्री सरह नभए भ्रमण नगर्ने बताए पछि उनलाई बेलायतमा उच्च राजकीय भ्रमणको हैसियत दिइएको थियो । यी यस्ता विषयमा पहिला त देशभित्रकै अफिसियल स्टेट कार, प्रेसिडेन्सीयल कारको मापदण्ड सम्बन्धी स्पष्ट व्यवस्था गरिनुपर्छ । अनि मात्र अरुसँग सम्बन्धित विषयमा बोल्न सकिन्छ । swagatpal@gmail.com
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...