Monday 1st June 2026
१०६ जनालाई सुत्केरी सामग्री र मसला वितरण
काठमाण्डौ, २५ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मुलुकभरी विभिन्न कार्यक्रमको आयोजना गरिएझैं साझेदारी संस्था नेपालले जर्मनी संस्था एक्सन मिडिएरको सहयोगमा कोटेश्वर र आसपासका १०६ जना सुत्केरी तथा गर्भवती महिलाको लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री उपहार बाँडेको छ ।
उपहार सामग्रीमा एक÷एकजोर सुत्केरी लुगा, पछ्यौरा, स्यानेटरी प्याड, शिशुलाई एकजोर लुगा, डिटोल, साबुन, शरीरमा लगाउने तेल, ड्राई फ«ुट (काजु, किसमिस, नरिवल, छोगोडा आदि) लगायत जनही करीव ३ हजार रुपैयाँबराबरको सामग्री छ ।
साझेदारी संस्थाकी अध्यक्ष एवम् वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.पुष्पा भट्ट, एक्सन मिडिएर जर्मन संस्थाकी मार्गरेट मुलर, अर्का वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.इन्दिरा सत्यालले संस्थामा आयोजित एक कार्यक्रममा सुत्केरी तथा गर्भवती महिलालाई ती सामाग्री बाँड्का थिए ।
राजधानीको डल्लुमा स्वास्थ्य, परामर्श तथा अनौपचारिक शिक्षा दिँदै आएको साझेदारी संस्थाले सो स्वास्थ्य संस्थामा परीक्षण गर्न आएका महिलाहरुलाई लक्षित गरी स्वास्थ्य सम्वन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । साझेदारी संस्थाले डल्लु क्षेत्रमा हप्तामा ३ दिन गर्भवती तथा सुत्केरीका साथै सबै महिलाका लागि गर्भवती परीक्षण तथा शिशुहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षणको साथै सबैप्रकारको प्रयोगशाला परीक्षण र निशुल्क अल्ट्रासाउण्ड सेवा दिँदै आएको पनि अध्यक्ष डा. भट्टले बताइन् ।
कार्यक्रममा साझेदारी संस्था नेपालकी अध्यक्ष एवम् वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.पुष्पा भट्टले महिलाहरु आफ्नो स्वास्थ्य र अधिकारप्रति सजग हुनुपर्ने र घरेलु हिंसाबाट रोकथाम गर्न सक्षम हुनुपर्ने बताइन ।
अर्का वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.इन्दिरा सत्यालले गर्भवती महिलाले अपनाउनुपर्ने स्वास्थ्य सचेतनाको साथै सुत्केरी हुँदा अपनाउनुपर्ने सावधानी र शिशुको हेरचाहबारे महिलाहरुलाई जानकारी गराउँदै यसबारे समयमै सचेत भए गर्भवती महिला र नवजात शिशु दुबैको स्वास्थ्य सुदृढ हुने बताईन ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...