...

Monday 1st June 2026

भूकम्पबाट भग्न विद्यालय भवन पुननिर्माणपछि हस्तान्तरण

एसओएस बालग्रामको उदाहरणीय पुनर्निमाण अभियान

भक्तपुर, १३ बैशाख ।

विगत ४३ वर्षदेखि वालवालिकाको क्षेत्रमा कामगर्दै आएको अन्तर्राष्ट्रिय संस्था एस ओ एस वालग्राम नेपालले गत वर्षको बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पमा परि पूर्ण या आंशिक रुपमा क्षति भएका विद्यालयहरुको मर्मत, पुननिर्माण र नयाँ निर्माणको कामलाई निरन्तरता दिएको छ ।

Chalanntar school

एसओएस वालग्राम नेपालले काठमाण्डौको डाँछीस्थित श्री चलण्टार निमावि, साँखुस्थित श्री साँखु प्रावि, सिन्धुपाल्चोकको भिमटारस्थित श्री भमटार उमावि, श्री परोपकार निमावि र श्री वत्सलादेवी निमावि साँगाचोक, काभ्रे र।्यालेस्थित श्री शान्ति माविको भत्केको भवनको पुननिर्माण तथा मर्मतको कार्य गरिसकेको छ भने ती जिल्लाहरुमा थप ३ वटा नयाँ विद्यालय भवन बनाइदिँदैछ ।

सोही अनूरुप एसओएस वालग्राम नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा भर्खरै पुननिर्माण सम्पन्न भएको काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ डाँछीस्थित श्री चलन्टार निमाविको पुननिर्मित भवनको सोमबार सम्वन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएकोे छ ।

एसओएस वालग्राम नेपालले सो विद्यालय १३ लाख ६५ हजार रुपैयाको लागतमा पुननिर्माण गरिदिएको विद्यालयका निमित्त प्रधानाध्यापक रामजी खड्काले बताउनुभयो ।

काठमाण्डौ २ नं क्षेत्रका सांसद दिपकप्रसाद कुईकेल तथा एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्गले पुननिर्मित विद्यालयको एक समारोहका वीच संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा विद्यालयको तर्फबाट सासंद कुईकेलले एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक प्रधानाङ्गलाई सम्मान गर्नुभयो ।

तस्वीर : बलराम प्यासी

तस्वीर : बलराम प्यासी

कार्यक्रमा एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्गले गतवर्षको भूकम्पमा परि बाबुआमा गुमाएका ४१जना वालवालिकालाई वालग्रामले संरक्षणमा लिएको उल्लेख गर्दै घरवार गुमाएका वालवालिकाको लागि पनि आवश्यक शैक्षिक सहयोग गर्दै आएको बताउनुभयो ।

पिछडिएका जनसमुदायका छोराछोरी पढ्ने विद्यालयलाई लक्षित गर्दै वालग्रामले भूकम्पले भत्काएका जिल्लामा ३ वटा नयाँ विद्यालय बनाउने योजनाअनूरुप दोलखाको श्री सुर्के उमाविको निर्माण कार्य शुरु भईसकेको जानकारी दिनुभयो ।

सांसद दिपकप्रसाद कुइंकेलले भूकम्पका कारण आफुले कखरा सिकेको विद्यालय भत्किएपछि एसओएस वालग्राम नेपालले विद्यालय पुननिर्माणमा गरेको आर्थिक तथा प्राविधिक सहयोगको उच्च कदर गर्दै अब त्यस भेगका विद्यार्थीहरुले पढ्न पाउने वातावरण सिर्जना भएकोमा खुसी व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मुक्ता अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम अधिकारी, निमित्त प्रधानाध्यापक रामजी खड्का तथा शिक्षक उद्धव धिमाल लगायतले बोल्नुभएको थियो ।

२०१८ सालमा स्थापित सो विद्यालय विविध कारणले २०६८ सालदेखि बन्द भएकोमा स्थानीय महिला समूहको अगुवाईमा फेरी २०७० सालदेखि पुनः सञ्चालन भएको थियो । तर २०७२ को विनासकारी भूकम्पका कारण बन्द हुने अवस्थामा पुगेको थियो । विद्यालयमा एकजना स्थायी शिक्षक तथा ५ जना स्वयमसेवक शिक्षक छन भने ४५ जना विद्यार्थी अध्ययनरत छन् ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...