...

Monday 22nd June 2026

अभिभावकत्वमा ग्रहण

कविता :
अभिभावकत्वमा ग्रहण

© स्वागत नेपाल

गोपाल प्रसाद रिमाल भन्थे–
आमा, त्यो आउँछ र ?
हो, बा त्यो आउँछ।
त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउँछ।

अहिले पति गुमाएकी तिनै आमा भनरिहेछिन्–
हो, त्यो आयो
त्यो रिमालले भनेझैँ गरेर आयो
सूर्यको ताप छर्दै आयो
सूर्यले पनि ग्रहण लिएर आयो
सत्तासँग मेरो गर्भे टुहुरो छोराको
अभिभावकत्व साट्न आयो
मेरो सन्तानको अभिभावकत्वमाथि
ग्रहण लिएर आयो ।

आइरहेछ ऊ आमातिर सोझिँदै
‘मसँगै आन्दोलनमा हिँड्दा
छातीमा गोली थापेर
मूर्खतापूर्वक मारिएको
तिम्रा पतिका सन्तानको
म अभिभावकत्व ग्रहण गर्छु’ भन्दै
तिनका लागि ललीपप र स्कूल फि को पैसा गन्दै
ऊ आयो
र, अभिभावकत्व आफैँ
ग्रहण गर्न भ्यायो
अभिभावकत्वमा
ग्रहण लाग्न थाल्यो ।

यो विश्वबजारको नेपाल हाटमा
सत्तामा अभिभावकत्व किन्न पाइन्छ
यो साम्यवादी पूँजीबजारमा
चुनावपछि अभिभावकत्व बेच्न पाइन्छ

अभिभावक बन्ने कुनै विश्वविद्यालय छैन
अभिभावक बन्ने कुनै शिक्षालय छैन
अभिभावक बन्न
बच्चाबाट सिक्नुपर्छ
अभिभावक बन्न
बच्चालाई गुरु मान्नुपर्छ
अभिभावक बन्ने तालिम
बच्चाबाटै लिनुपर्छ ।

तर तिनै बच्चालाई
अनैतिक गर्भ भन्दै
गर्भलाई अनैतिक बनाउँदै
आफू चाहिँ अनैतिक बन्दै
फेरि आफैँ महानतापूर्वक
आफैँले टुहुरा बनाएकाहरुको
अभिभावकत्व ग्रहण गर्दै
ऊ आइरहेछ
अभिभावकत्वमा ग्रहण लगाइरहेछ

युवाजति विदेश बेचेर
गाउँगाउँबाटै श्रमस्वीकृत गराउँदै
नवविवाहित/नवविवाहिताहरुलाई
आज विवाह गरेकोमा
भोलि विदेश धपाएर
नवविवाहित दम्पत्तिहरुलाई
सँगै सुत्नबस्न समेत नदिएर
दैनिक सात/सात वटा बाकसमा
युवाका लास भित्र्याएर
बाबुको पर्म तिर्दै
अभिभावकत्वमा ग्रहण लगाउँदै
गोपाल प्रसाद रिमालले भने झैँ
ऊ आइरहेछ
एउटा हातमा अरब, दुबई र कतारबाट
बाकसभित्र लास बोकेर
तिनै लासका सन्तानको
अभिभावकत्व ग्रहण गर्न
गोपालप्रसादकी आमा डराइरहेछिन्–
मेरा सन्तानको अभिभावकत्व ग्रहण होइन
अभिभावकत्वमा ग्रहण लाग्यो प्रभु !

 

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...