...

Friday 24th October 2025

३८९ दिनसम्म पनि न्याय पाइनन् पूजाले

लोचना शर्मा

पौष २६, काठमाडौँ । मुद्दा दर्ता भएको ३ सय ८९ दिन वितिसक्दा समेत सामुहिक बलात्कारमा परेकी पीडित पूजा बोहोराको मुद्दामा सुनवाइको पालो आज पनि आएन ।

Puja-Bohora

पूजा बोहरा

नेपाल सरकारका तर्फबाट नायब महान्यायधिवक्ता बद्रीप्रसाद गौतमद्वारा मिति २०७१ साल मंसिर २१ गते सर्वोच्चमा पुनराबेदन गरेकोमा पौष २ गते सिआर ०६५९ नम्बरमा दर्ता भई २०७१  माघ ४ मा पहिलो पेशीमा चढेको सामूहिक बलात्कार पीडित पूजा बोहराको मुद्दा पुनः फागुन १० पछि असार २ गते र असार पछि साउन २७, साउन २७ पछि असोज १७, मङ्सिर १३  हुँदै  पौष २६ गते पनि उनको मुद्दामा सुनुवाइको पालो आएन ।

सर्वोच्च अदालतमा पूजाको मुद्दाको पेशी २५ नम्बरमा भएकोले समय अभावका कारण आज सुनुवाइ हुन नसकेको उनको मुद्दामा बहस पैरवी गरीरहेका अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत)ले बताए ।

इन्जिीनियर भई देशको सेवा गर्ने सपना बोकेर एस.एल.सी. परीक्षा दिँदै गर्दा सामुहिक बलात्कारमा परेकी पूजा बोहोरा भन्छिन् ‘बलात्कार हुँदाको पीडाभन्दा बलात्कारीहरू आँखैअघि निर्दोष सावित हुँदाको पीडा हजारगुणा बढी हुने रहेछ ।’ उनी अगाडि थप्छिन् अदालतले पनि पीडकलाई सजाय गर्नु भन्दा पीडितलाई नै पीडा दिँदोरहेछ । अब म न्यायको भिख माग्न कहाँ जाउँ ?  मेरो २०६८ सालदेखि निरन्तर खसेको आँसुको कुनै मुल्यांकन भएन ।अब म आँसु खसाउदिन , आफै सक्षम भएर एक्सन लिन्छु, पूजाले आक्रोश पोखिन् । भोलि भोलि भन्दा भन्दै मेरो मुद्दामा सुनवाईको पालो कहिल्यै आउदैन । म मिडियाको समाचार मात्रै बनिरहे  । ३ सय ८९ दिनमा पनि मुद्दामा सुनवाईको पालो नआउनु भनेको मसंग न्यायधीस किन्ने, वकिल किन्ने, सभासद किन्ने पैंसा नहुनु नै हो भन्दै पूजाले दुखेसो गरिन् ।

10603341_1233053106710716_4340570749593868233_n

मेनुका थापा ,अध्यक्ष, रक्षा नेपाल

पूजालाई संरक्षण दिइरहेको  संस्था रक्षा नेपालकी अध्यक्ष मेनुका थापा ढिलो न्याय दिनु भनेको न्याय नै नदिनु हो भन्छिन् र उनी अगाडि थप्छिन, न्यायालयको काम अन्यायमा परेकालाई न्याय दिनु हो तर ३ सय ८९ दिनमा ८/८ वटा पेसी तोकिंदा पनि छोरी पुजाको मुद्दाको सुनुवाइको पालो नआउनु भनेको न्यायालयले पनि उनीमाथि न्याय भन्दा थप पीडा दिनु हो  र ढिलो न्याय दिनु भनेको न्याय नै नदिनु भन्ने विषय न्यायिक क्षेत्रमा परापूर्वकालदेखि नै मानिआएको कुरा हो ।

न्यायिक काम कारवाहीमा ढिला सुस्तिको अन्त गरी छिटो छरितो न्याय प्रदान गर्ने उद्देश्यले सीघ्रकारवाही अदालतको अवधारणा पनि विश्वका कतिपय मुलुकमा विकसित भइसकेको छ ।  हाम्रो न्यायालयले पनि जबर्जस्ती करणीजस्ता मानवता बिरोधि जघन्य अपराधमा द्रुत न्याय प्रणालीको अवधारणा अन्तर्गत रही छिटो र छरितो ढंगले न्याय सम्पादन गरेमा यस्ता पिडित छोरीहरुले छिट्टै पुनर्स्थापित हुने र न्यायको अनुभूति गर्न पाउने थिए ।

२०६८ सालको एस.एल.सी परीक्षा चलिरहेको बेला गणित विषयको गेश पेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर– ३ को जगन्नाथ पुस्तक पसलका संचालक सागर भट्ट (वर्ष २३)र बैतडी गुजर– २ को चादनी फोटो स्टुडियोको संचालक अमर अवस्थी(वर्ष ३०)ले सामुहिक बलात्कार गरेको पूजाको भनाइ छ । २०६९ सालको पुष ९ गतेका दिन जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश श्री हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई सामुहिक बलात्कार गरेको ठहर गर्दै १३/ १३ वर्ष कैद र जनही ५०/५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

बैतडी जिल्ला अदालतले गरेको सो फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले उल्टाउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो ।

‘पत्रिकामा त्यो समाचार पढेपछि मात्र थाहा पाएकी पूजा बोहोराले पूनः न्यायको माग गर्दै यही पाैष १ गते कानुन तथा न्याय मन्त्रीलाई सञ्चारमाध्यम मार्फत खुला पत्र लेखिन् ” ‘ माननीय मन्त्री ज्यू, मेरो किटानी जाहेरीले पक्राउ परी दोषि साबित भई १३ वर्षका लागि जेल चलान भएका ति बलत्कारीहरु छुट्नु भनेको के उनीहरु निर्दोष अनी म चाहिँ दोषि हुँ त रु यदि म दोषि हुँ भने मलाई तुरुन्तै कार्वाहि गरियोस् हैन भने ति बलात्कारीहरुलाई पुन पक्राउ गरि फाँसीको सजाय सुनाईयोस् ।” उनको खुलापत्रमा जवाफ दिँदै कानुन मन्त्री नरहरी आचार्यले सञ्चारमाध्यम मार्फत जवाफ दिएका थिए ” ‘। बलात्कृत हुनु तपाईंको दोष होइन, पूजा ! तपाईं यसबाट लज्जित वा विचलित हुनुपर्ने कुनै कारण छैन । तपाईं आफ्नो लक्ष्यमा अघि बढ्नुहोस्, तपाईंलाई न्याय प्रदान गर्न म, सरकार र आफ्नातर्फबाट समेत सबै प्रयत्न गर्नेछु । तपाईंलाई अप्ठेरोमा आश्रय दिने समाजसेवी संस्था रक्षा नेपाललाई मेरो हार्दिक धन्यवाद छ ।”

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...