
Tuesday 5th December 2023
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं,
प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा, इतिहास संस्कृति गुमाएपछि कस्तो पीडाबोध गरिरहेका छन् भन्ने विषयमा सम्बन्धित मुलुकहरु पुगेर डकुमेन्ट्री निर्माणको एउटा ऐतिहासिक सिर्जनशील र चेतनामुलका कार्य शुरु भएको छ ।
यो कामको प्रथम चरणको छायांकन आमा अनलाइन टेलिभिजन र थाइ नेपाल एसोसिएसनको संयुक्त सहकार्यमा शुरुवात हुन लागेको हो ।
त्यसका लागि अनलाइनका संस्थापक पत्रकारद्वय टीकाराम नेति र प्रदीप बस्नेत तथा मञ्जु भट्टराई समेतको समूह आज थाइल्याण्ड तर्फ प्रस्थान गरेको छ ।
प्रथम चरणमा थाइल्याण्ड, सिंगापुर, इण्डोनेसिया, बर्मा लगायत देशहरुमा पुस्तौंअघि त्यहाँ पुगेर हामी नेपाली हौं रे, हाम्रो भाषा नेपाली हो रे र हाम्रो धर्म हिन्दू हो रे भन्ने मात्र थाहा पाएका व्यक्तिहरुको अवस्थाको बारेमा छायांकन गरिने पत्रकार नेतीले बताए ।
त्यसैगरी आफ्नो भाषा, साहित्य, परम्परा, संस्कृति, इतिहास र धर्म गुमाएपछिको पीडा के हुने रहेछ भन्ने डकुमेन्ट्रीमा उतार्न खोजिएको पनि सो समूहले जनाएको छ ।
अर्का पत्रकार बस्नेतका अनुसार नेपालभित्रै पनि सांस्कृतिक अतिक्रमणका कारण आफ्नो धर्म, भाषा, संस्कृति पलायन हुँदै गएको अवस्थामा यो डकुमेन्ट्रीबाट राष्ट्रिय संस्कृति रक्षाका लागि योगदान पुग्न सक्ने छ ।
यस डकुमेन्ट्री निर्माणमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालले पनि आफ्नो तर्फबाट साथ, समर्थन, सहयोग र शुभकामना रहने बचनबद्धता सहित सो टोलीलाई काठमाडौंबाट बिदाई गरेको थियो ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...