Thursday 23rd October 2025
अख्तियारले हद गर्यो : सर्वोच्च
काठमाडौं, २८ पुस ०७२ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो सीमाहद नाघेर अपरिपक्व र काँचो अनुसन्धानका आधारमा छापा मार्ने गरेको भन्दै तत्काल सो प्रवृत्ति रोक्न सचेत गराएको छ ।

शम्भु थापा
सर्वोच्च न्यायपालिकीय अंग सर्वोच्च अदालतले आफ्नो अधिकार क्षेत्रको सीमाभित्र रहेर मात्र अनुसन्धान गर्नू पनि भनेको छ ।
नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता शम्भु थापा विरुद्ध अख्तियारले यसअघि राजश्व छलेको भन्ने मुद्दाका सन्दर्भमा थापाले अख्तियार समेतका विरुद्ध दायर गरेको उत्प्रेषण रीटमा अन्तिम फैसला गर्दै सोमबार अख्तियार र प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सचेत गराएको हो।
अख्तियारले वरिष्ठ अधिवक्ता थापाको ल फर्म लिगल एडभाइजर्स फोरममा छापा मारेपछि थापाले रीट दायर गरेका थिए । सो रीटमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले फैसला सुनाएको हो।
कुनै आधिकारिक निर्णयबिना नै अख्तियारको पत्रका आधारमा राजश्व अनुसन्धान विभागले २१ भदौ २०७० मा आफ्नोमा छापा मारी कम्प्युटर र अन्य कागजात कब्जामा लिनु स्वतन्त्र रुपमा पेशागत संलग्नताको अधिकार र गोपनीयताको हक विरुद्ध रहेको भन्दै थापाले त्यसविरुद्ध सर्वोच्चमा गत भदौ २३ गते रिट दायर गरेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक राजश्व विभाग लगायतलाई विपक्षी बनाइएको सो रीटमा सर्वोच्चले न्यूनतम अनुसन्धान र निष्कर्ष वेगर व्यक्तिको व्यवसायीक विशेषाधिकार, मर्यादा र गोपनियतालाई उल्लंघन गर्ने गरी अनुचित हस्तक्षेप गर्ने कार्य नगर्न भनेको छ ।
‘कति कर र राजश्व वुझाउन बाँकी थियो ? कति राजश्व चुहावट गरिएको हो ? भन्ने सामान्य अनुसन्धान समेत नगरी खानतलासी लिएको र कम्प्युटर र कागजपत्र नियन्त्रणमा लिँदा कानून व्यवसायी र सेवाग्राहीबीच कानूनले दिएको गोपनीयताको अधिकार समते हनन भएको देखिएको’, सर्वोच्चले आफ्नो फैसलामा उल्लेख गरेको छ।
कानुन व्यवसायीहरुले सर्वोच्चको यो फैसलालाई कानुन व्यवसायको मौलिक पक्षको सन्दर्भमा हक स्थापित गर्ने एउटा कोशेढुंगाको रुपमा विश्लेषण गरेका छन् ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि यस अनलाइनसँग यो फैसला आफ्नो लागि मात्र नभएर सबै कानुन व्यवसायीका लागि र यस क्षेत्रका लागि मात्र नभएर न्यायको शरणमा पुगेका सर्वसाधारणको समेत गोपनीयताको हक रक्षाका लागि महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...