...

Friday 24th October 2025

सामूहिक बलात्कारकी शिकार पूजा बोहरा प्रथम श्रेणीमा उत्तिर्ण

 

रक्षा नेपाल अध्यक्ष मेनुका थापासँग पूजा

रक्षा नेपाल अध्यक्ष मेनुका थापासँग पूजा

२०६८ सालको एसएलसी परीक्षा चलिरहेको बेला गणित विषयको गेस पेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर– ३ को जगन्नाथ पुस्तक पसलका संचालक सागर भट्ट र बैतडी गुजर– २ को चादनी फोटो स्टुडियोको संचालक अमर अवस्थीबाट सामुहिक बलात्कारमा परेको विरुद्ध हाल सर्वोच्च अदालतसम्म पुगी न्याय मागिरहेकी पूजा बोहराले प्लस टु को एघार कक्षामा उच्च अंकको प्रथम श्रेणीबाट उत्तिर्ण गरेकी छिन् ।

पूजाले यस अनलाइनलाई प्रतिक्रिया दिँदै भनिन्, सोचेजति अंक आएन अचम्मित भएकी छु । तर, पनि खुसी नै छु ।

पूजालाई संरक्षण दिइएरहेको संस्थाले त्यस समयमा विक्षिप्त बनेकी पूजालाई सामान्य अवस्थामा फर्काउन धेरै नै मेहनतका साथ परामर्श र उपचार तथा अध्ययनका लागि समय र सबै कुरा लगानी गरेको थियो ।
उनको परीक्षाफल प्रकाशित भएपछि सो संस्थाका अध्यक्ष मेनुका थापा पनि निक्कै खुसी हुँदै आफ्नो फेसबुक पेजमा लेख्नुहुन्छ, प्रिय छोरी पूजा बोहरा ! ले प्रथम डिभिजन (७०%) मा ११ कक्षा पास गरिन्, हजुरहरु सबैलाई बधाई छ …………………धेरै धेरै धेरै धन्यवाद छ !
स्वदेश तथा बिदेशमा बस्नु हुने हजुरहरु सबैलाई धेरै धेरै धन्यवाद छ सामुहिक बलात्कारबाट मानसिक र शारीरिक रुपमा टुक्रिएकी तर हजुरहरुको माया र आसिर्बाद बाट पुनर्जन्म पाएकी सुदुरपस्चिमको पहाडी विकट गाउकी यौटी गरिबकी छोरी, पूजा बोहरा – एसएलसीमा बिशिस्ट श्रेणीमा पास हुन सफल भइन्, कोरियामा भएको अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको लागि गोल्ड मेडल लेराइन् अनि आज ११ कक्षामा पनि प्रथम डिभिजनमा पास हुँदा पनि मुहारमा थोरै मात्र हर्ष छ, किनकि उनको अपराधी जेल मुक्त भएका छन, आज १३ महिना भयो सर्बोच्च अदालतले पनि उनको मुद्दामा केहि चासो गरेको छैन !!!
तर हजुरहरुको साथ,माया र आशिर्बाद ले उनले एकदिन हाम्रै जीवन कालमा अवस्य न्याय पाउनेछिन् – छोरी पूजा तिमि पुजनीय छौ,,तिमि हाम्रो शान हौ !!! ……………….

२०६९ सालको पुष ९ गतेका दिन जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश श्री हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई सामुहिक बलात्कार गरेको ठहर गर्दै १३र १३ वर्ष कैद र जनही ५०/५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

बैतडी जिल्ला अदालतले गरेको सो फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले उल्टाउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो ।

‘पत्रिकामा त्यो समाचार पढेपछि मात्र थाहा पाएकी पूजा बोहोराले पूनः न्यायको माग गर्दै 2071 पौष १ गते कानुन तथा न्याय मन्त्रीलाई सञ्चारमाध्यम मार्फत खुला पत्र लेखिन् ” ‘ माननीय मन्त्री ज्यू, मेरो किटानी जाहेरीले पक्राउ परी दोषि साबित भई १३ वर्षका लागि जेल चलान भएका ति बलत्कारीहरु छुट्नु भनेको के उनीहरु निर्दोष अनी म चाहिँ दोषि हुँ त रु यदि म दोषि हुँ भने मलाई तुरुन्तै कार्वाहि गरियोस् हैन भने ति बलात्कारीहरुलाई पुन पक्राउ गरि फाँसीको सजाय सुनाईयोस् ।” उनको खुलापत्रमा जवाफ दिँदै कानुन मन्त्री नरहरी आचार्यले सञ्चारमाध्यम मार्फत जवाफ दिएका थिए ” ‘। बलात्कृत हुनु तपाईंको दोष होइन, पूजा १ तपाईं यसबाट लज्जित वा विचलित हुनुपर्ने कुनै कारण छैन । तपाईं आफ्नो लक्ष्यमा अघि बढ्नुहोस्, तपाईंलाई न्याय प्रदान गर्न म, सरकार र आफ्नातर्फबाट समेत सबै प्रयत्न गर्नेछु । तपाईंलाई अप्ठेरोमा आश्रय दिने समाजसेवी संस्था रक्षा नेपाललाई मेरो हार्दिक धन्यवाद छ ।”

त्यो समय इञ्जिनियर बन्ने सपना पाली एसएलसी दिने तयारीमा रहेकी पूजा बोहरा आफू बलात्कार पीडित भएपछि कानुन पढ्ने दृढतामा छिन् र उनी भविष्यमा न्यायाधीस बन्न चाहन्छिन् ।

 

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...