...

Friday 24th October 2025

एसएसपी खनालको माघेसंक्रान्ति

पूजा बोहरालाई एसएसपी खनालको ५ हजार पुरस्कार

एसएन रिपोर्टर
१ माघ ०७२, काठमाडौं । आपराधिक समूहहरु विरुद्ध कडा एक्सनका कारण चर्चित एसएसपी सर्वेन्द्र खनाल आफैँमा कडा, निर्मम र कठोर लाग्न सक्छ धेरैलाई तर उनी मनका अति दयालु र कोमल पनि छन् ।

एसएसपी सर्वेन्द्र खनाल

एसएसपी सर्वेन्द्र खनाल

एसएसपी खनालले यस पटकको माघे संक्रान्ति सामूहिक बलात्कारबाट पीडित पूजा बोहरा र उनीजस्तै पृष्ठभूमि भएका अरु धेरै बालबालिकाहरुसँग उनीमा साहस भर्न र हिम्मत बढाउनका लागि सँगै घीऊ चाकु खाएर, अनुभव बाँढेर र आफ्ना कुराहरु राख्दै उनीहरुका पनि कुरा सुनेर मनाए ।

पूजाले एसएलसी दिने क्रममा पनि विक्षिप्त अवस्थामा समेत विशिष्ठ श्रेणीमा उत्तिर्ण भई हिजो मात्र यस अनलाइनले पूजा प्लस टु को परीक्षामा समेत ७० प्रतिशत सहित प्रथम श्रेणीमा उत्तिर्ण भएको समाचार प्रकाशित भएपछि जानकारीमा लिएर उनलाई संरक्षण दिइरहेको संस्थामा पुगी सँगै माघेसंक्रान्ति मनाएका थिए ।

एसएसपी खनालले बालबालिकाहरु बीच सधैँ खुसी हुन र सकेसम्म अन्यायको विरुद्धमा उभिनुपर्छ भन्दै ढाडस दिए ।

साथै उनले पूजाको लगनशीलताको प्रशंसा गर्दै भविष्यमा प्रहरी र नेपाली सेनामा भर्ना हुने इच्छा रहेको बताउने बालबालिकालाई पनि शुभकामना दिए ।

खनालले पूजालाई प्रशंसास्वरुप रु. पाँच हजार व्यक्तिगत रुपमा पुरस्कार समेत घोषणा गरेपछि बालबालिकाले खनालसँग फोटो खिचाउँदै रमाएका थिए ।

आत्मरक्षा र अन्य बालबालिकाको पनि परेको खण्डमा सुरक्षा हुन्छ भनी लामो समयदेखि करातेको प्रशिक्षण लिइरहेका छोरीहरुले कराते नृत्य पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महिला प्रहरी निरीक्षक तुलसी खतिवडा र केही प्रहरी जवान पनि सहभागी थिए ।

रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले एसएसपी खनाललाई धन्यबाद दिँदै बालबालिकाले खनालजस्ता प्रहरी अधिकारीबाट आत्मविश्वास बृद्धि गर्न प्रेरणा प्राप्त गर्ने बताइन् ।

सो माघे सक्रान्ति विशेष कार्यकमको लागि समाजसेवि जापान बस्ने मनकारि नेपाली अनु गौचन शेरचनको सहयोग रहेको थियो ।

कार्यक्रममा बालबालिका बीच अपरान्हसम्म विभिन्न मनोरञ्नात्मक गतिविधिहरु पनि भएका थिए ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...