...

Friday 24th October 2025

दक्षिणकाली नगरपालिकामा उद्योग तथा पर्यटन बिकाशका लागी फागुवर्प

उद्योग तथा पर्यटन प्रवद्र्धका लागि फागुपर्व भन्ने मूल नाराका साथ दक्षिणकाली नगरपालिका र दीपश्री क्रिएटिभ मिडियाले संयुक्त फागुपर्व महोत्सव २०७४ सम्पन्न गरेको छ ।
प्रचारप्रसारको अभावमा वत्तिमुनको अध्यारो भनेझै एतिहासिक तथा पर्यटकिय सम्पदाले भरिपूर्ण रहेको यस नगरपालिकालाई सम्पन्न नगरपालिकाको रुपमा चिनाउन यो अभियान संचालन गरेको मुल आयोजक समारोहका संयोजक दिपक लामिछानेले बताए । यो अभियान दक्षिणकाली नगरपालिकामा मात्र नभई देशका विभिन्न नगरपालिका भित्र ओझेलमा रहेका सम्पदालाई सबैसामु चिनाउन निरन्तरता दिने लामिछानेले जानकारी दिनुभयो ।

वडा १ देखी वडा ९ सम्मको धार्मिक, प्राकृतिक, साँस्कृतिक तथा पर्यटकीय स्थानहरुका साथै नेपालमानै प्रख्यात नास्पाति खेती देखी एसियाको दोस्रो जलविधुत गृह चन्द्रज्योति पावरको समेत फोटो प्रदर्शनी गरिएको थियो ।
सत्यको जीतको उत्सवका रुपमा मनाउने यो पर्व होली ले झैं यस दक्षिणकाली नगरपालिकाबाट सत्यको जितको सुरुवात गरेको दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले बताउनु भयो । विशेष अतीथी उधोगपती सुमीत केडीया उधोगकाे बिकाशका लागि यस क्षेत्रमा अाफ्नाे सहयाेग सधैं रही रहने बताउनु भयो ।


दक्षिण क्षेत्रीय उद्योग तथा व्यवसाय प्रवद्र्धक प्रा.लि, दक्षिण क्षेत्रीय सहकारी समन्वय समिति, दक्षिणकाली क्षेत्र प्रबन्धक समिति र पि.आर.आर गु्रपको सहआयोजनामा सम्पन्न महोत्सवमा स्थानिय झाँकि सहित स्थानिय सरकारी तथा गैरसरकारी गरी ७२ वटा संस्थाको उपस्थिती रहेको थियो । कार्यक्रममा मूल समारोह समितिको तर्फबाट विरेन्द्र बलामीले नगरपलिकालाई उद्योग तथा पर्यटन प्रवद्र्धनमा सम्वृद्ध बनाउनका लागी २१ वुँदे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा चर्चित लोक गायक रामचन्द्र काफ्ले गायिका जुनु रिजालको गायन तथा डिजे प्रस्तुत गरिएको थियो ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...