Wednesday 22nd October 2025
खेर गएका खुसीहरु अर्थात् स्वर्गतिर नाच्दैनाच्दै फर्कँदै गरेका आत्माहरु
कविता
खेर गएका खुसीहरु अर्थात् स्वर्गतिर नाच्दैनाच्दै फर्कँदै गरेका आत्माहरु
– स्वागत नेपाल

आफ्ना लागि सबै अमर छन्
आत्महत्या गर्नेहरु पनि अमर छन्
करोडौँ ताराहरुमा
एउटा तारा झरेर जान्छ
आकाशलाई के फरक पर्छ ?
जंगलको एउटा रुख सुकेर जान्छ
जंगललाई के याद हुन्छ ?
खोलामा कति पानी बगेर जान्छ
खोलालाई के थाहा हुन्छ ?
मृत्युको डरले जीवन बाँच्नै सकिन्न
साँचो जीवन उसले बाँच्छ
जो जतिबेला पनि मर्न तयार हुन्छ
कोही मृत्युदेखि यति डराउँछन्
कि तिनीहरु बाँच्नै शुरु गर्दैनन्
मृत्युले बुद्धिमान मान्छेलाई
सरप्राइज दिएर लाँदैन
बरु ऊ आफैँ गइदिन्छ
मृत्यु क्षति होइन
क्षति त
हामी ज्यूँदै छँदा
आफुभित्रबाट खेर गएका खुसीहरु हुन्
आत्महत्या ईश्वरलाई चेतावनी हो
कि तिमी मलाई वर्खास्त गर्न सक्तैनौ
जीवन प्रतिको सबैभन्दा
कडा आलोचना पनि आत्महत्या हो
मृत्यु स्वर्गतिर नाच्दैनाच्दै
फर्कँदै गरेको आत्मा हो
छोड्नु,
कुनै प्रिय चीज वा आफन्त छोड्नु
अम्मल वा माया छोड्नु
चौतारो वा छायाँ छोड्नु
जीवन वा बाँच्न छोड्नु
शरीर वा देह त्याग्नु
सधैँ कमजोरी मात्र होइन
हिम्मत पनि हो
डर होइन, साहस पनि हो ।
टुक्रिएर पनि उत्तिकै काम गर्ने
कुनै चीज संसारमा छ भने
त्यो मुटु हो,
मेरो भगवान
टुक्रिएको मुटुहरुमा बस्न चाहन्छ ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...